शेयर बजार

ग्रीन डेभलपमेन्टको संस्थापक शेयर बिकेन, शेयर नबिकेपछि फेरि लिलामीमा

Posted: 2018-06-10 09:55:55

सुनाखरी न्युज/ काठमाडौं - ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर नबिकेपछि फेरि लिलामीमा राखिएको छ । यो बैंकले गत जेठ १७ देखि आवेदन खुलाएको सर्वसाधारण र संस्थापक शेयरमा संस्थापक बिकेन । बैंकले ३ लाख ७५ हजार ५०० कित्ता संस्थापक शेयरको यस अघि नै लिलामी गर्दा हाल बजारमा डेढ सय पर्ने शेयर एक सयमा पनि नबिकेको पाइएको छ । यो बैंकले जेठ १७ देखि खुला गरेको आवेदनमा नबिकेको ३ लाख ७५ हजार ५ सय कित्ता शेयरमध्ये जम्मा ३८ हजार कित्ता मात्रै बिक्री भएकोले फेरि ३ लाख ३७ हजार ५ सय कित्ता शेयरको लिलामी गरेको छ ।यो बैंकले न्युनतम १ सय रुपैयाँ कबोल गर्ने गरी यही असार ३ देखि १० गतेभित्र आवेदन दिन सुचना जारी गरेको छ । यो बैंकको शेयर खरिद गर्न लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर, र बैंकको कार्यालयबाट आवेदन माग गरेको छ । संस्थापक शेयरको लागि भने लक्ष्मी क्यापिटल मार्केट नयाँबानेश्व र ग्रीन डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय वाग्लुङबाट मात्रै आवेदन दिन पाइने छ ।
 
 
यो बैंकले गत माग २ गतेबाट फागुन २३ सम्म खुला गरेको हकप्रद शेयरको बिक्रीमा आवेदन नपरेको यो शेयर लिलामीबाट दोस्रोपटक बेच्न लागेको हो ।यसको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड हो । यो बैंकको पछिल्लो पटक नेपाल स्टक एक्चेन्जमा प्रतिशेयर १४८ रुपैयाँमा कारोबार भएको छ ।
 



More News



नेपाल क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश दिने

Posted: 2018-10-14 10:10:43

सुनाखरी न्युज/ काठमाडौं - नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले २० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । शुक्रबार सम्पन्न भएको कम्पनीको सातौ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । बैठकले कम्पनीको आ.व.


दुई हाइड्रो पावर कम्पनीको साढे ५३ लाख कित्ता आईपिओ आउँदै

Posted: 2018-10-12 12:38:12

सुनाखरी न्युज/ काठमाडौं - माउण्टेन हाइड्रो नेपाल र युनियन हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि आईपिओ निष्काशनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन गरेका छन् । दुई कम्पनीले ५३ करोड ५० लाख ४५ हजार रुपैयाँ बराबरको ५३ लाख ५० लाख ४५० कित्ता सेयर निष्काशन गर्न लागेका हुन् । ...


एनआइबिएल एस क्यापिटलको साधारण सभा सम्पन्न, उक्त अवसर पारि रक्तदान कार्यक्रमको आयोजना

Posted: 2018-10-10 12:19:46

सुनाखरी न्युज/ काठमाडौं - एनआइबिएल एस क्यापिटल लिमिटेडले मिति २०७५ साल आश्विन २३ मंगलबारको दिन छैठौ साधारण सभा सम्पन्न गरेको छ उक्त साधारण सभाबाट नगद १५प्रतिशत लाभाशं पारित गरिएको छ उक्त ...


एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं - सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले ...


आँखुखोला जलविद्युत कम्पनीको आईपीओ आजदेखि, ६ हजार कित्तासम्म आवेदन दिन पाइने

Posted: 2018-10-09 10:10:00

सुनाखरी न्युज/ काठमाडौं - निजी क्षेत्रबाट प्रवद्र्धित आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले मंगलबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १३ करोड ७६ लाख रुपैयाँ ...


Advertisements