शेयर बजार

सहकारी क्षेत्रको अधिकांस पूँजी लगानी अनुत्पादक क्षेत्रमा

Posted: 2018-06-10 09:31:03

 
सुनाखरी न्युज/
काठमाडौं-
पछिल्लोपटक सहकारी संस्थाको लगानी घरजग्गा खरीद बिक्री, वैदेशिक रोजगार र अध्ययन, यातायात क्षेत्रमा सीमित हुन पुगेको छ । जुन लगानीबाट राज्यलाई उल्लेखनीय प्रतिफल प्राप्त हुदैन । चर्को ब्याजमा सहकारीसँग ऋण लिएर मोटरसाइकल खरीद गर्नेको संख्या पनि ह्वात्तै बढेको छ ।
 
 रुपैयाँलाई उचित रुपमा आवश्यकता अनुसार परिचालन गर्न सकिएन भने त्यस प्रकारको रकमले राष्ट्रिय उत्पादकत्वमा सहयोग पु¥याउँछ भन्नु अर्थशास्त्रको नियम विपरीत हुन्छ । अहिले नेपालको अर्थतन्त्रमा सहकारी संस्थासँग भएको पूँजी उत्पादनका क्षेत्रमा भन्दा उपभोगका क्षेत्रमा धेरै लगानी भएको देखिन्छ । जसले नत पूँजी निर्माण, रोजगारी र उत्पादकत्व नै वृद्धि गरेको छ ।
 
सञ्चालनमा आएका ३४ हजार पाँच सय विभिन्न सहकारी संस्थामध्ये १८ हजार भन्दा बढीले प्रत्यक्ष वित्तीय कारोबार गरेका छन् । नीति, विधि र प्रविधिको अभावमा सहकारीसँग भएको रकम ढुकुटीमा ढुसीलाएर बसेको छ भन्दा फरक पर्दैन ।
 
अर्थ्विज्ञ गम्भीरबहादुर हाडाले सहकारी क्षेत्रको पूँजी अनुत्पादक क्षेत्रमा लगानी भएको दाबी गर्छन् । गाउँका सहकारीले छोराछोरीलाई विदेश पढाउन, रोजगारीमा पठाउन, विवाह, व्रतबन्ध र खेतबारी खरीद गर्न कार्यका लागि लगानी गर्ने गर्छन् । शहर बजारका सहकारीले भने ऋणीको सम्पत्तिको मूल्यका आधारमा मागअनुसारको कर्जा उपलब्ध गराउँदै आएको बुझिन्छ ।
 
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि।(नेफ्स्कून) ले उपलबध गराएको तथ्यांकअनुसार १८ हजार सहकारी संस्थाले वित्तीय कारोबार गर्छन् । उनीहरुसँग रु तीन खर्ब भन्दा बढी पूँजी छ । जुन पूँजी सरकारको कूल बजेटको ३० प्रतिशत भन्दा बढी हो ।
 
अर्थशास्त्रको परिभाषामा बचत गरेर धनी भइदैन । बचत रकमलाई आवश्यकता अनुसार परिचालन गर्न सकियो भने कूल ग्राहस्थ उत्पादानमा योगदान पुग्न गई अर्थतन्त्र बलियो हुन्छ भनिन्छ । अर्थतन्त्र बलियो भएमा मात्र रोजगारी सिर्जना हुन गई जनता धनी हुन्छन् ।
 
अर्थमन्त्री युवराज खतिवडाद्वारा आगामी आर्थिक वर्ष ०७५र७६ का लागि संघीय संसद्मा पेश भएको  बजेट मार्फत मुलुकको ब्यापार घाटा रु ६ खर्ब ७१ अर्ब २० करोड पुगेको बताएका थिए । तर, ब्यापार घाटा कम गर्न सहकारीले किन कृषिमा लगानी गर्देनन् भनिन्छ ।
 
कृषिमा देखिएको परनिर्भरता सहकारीमा थन्किएको पूँजीले घटाउन सकिन्छ । तर, त्यसतर्फ सहकारी क्षेत्रका अगुवा र नीति निर्माताको ध्यान त्यसतर्फ देखिएको छैन । थोरै लगानीबाट सिमित प्रतिफल प्राप्त हुँदैमा सहकारीको लगानीले प्रतिफल दियो भन्न मिल्दैन ।
 
अहिले देखिएको सहकारीको लगानी जस्तै–गाई बाख्रा, माछा, बंगुर र कुखुरापालन तथा तरकारी र फलपूmल खेतीको लगानी बालुवामा पानी हालैजस्तै हो ।
 
सहकारी विज्ञ–केशव सापकोटाले सहकारीको पूँजी नेपालको कृषि क्षेत्रमा लगानी हुने हो भने दुई वर्ष्भित्र नेपाल कृषिमा पूर्ण आत्मनिर्भर हुने बताए । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल सहकारी ऐन र राज्यले ठूला लगानीका क्षेत्र जस्तै –जलस्रोत, पर्यटन र पूर्वाधारमा लगानीमा रोक लगाएको बताउँछन् ।
 
शहर बजारका सीमित टाठाबाठाले बैंकबाट थोरै ब्याजमा कर्जा लिने र सोही रकम सहकारीमा जम्मा गरी, बीचमा बसेर नाफा कमाउने प्रवृत्ति (बिचौलिया) को रकमले सहकारीलाई प्रभाव पारेको देखिन्छ ।
 
कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले सहकारीलाई कुनै पुराना ऐन, नीति, कानून, संरचना र अभ्यासले अप्ठेरो पारेको भए संशोधनका लागि सहयोगी बन्ने बताए । झन्डै तीन दशकदेखि बचत तथा ऋण सहकारीको अभियानमार्फत समुदायको सामाजिक, आर्थिक, सांस्कृतिक, जीवनस्तर उठाउन बचत तथा ऋण सहकारी संस्थाले पु¥याएको योग्दान सह्रानीय छ ।
 
नेपालको संविधान–२०७२ ले जनताको जीवनस्तर उकास्न सहकारीलाई अर्थतन्त्रको प्रमुख आधार मानेको छ । समाजवाद उन्मुख अर्थतन्त्रलाई स्वीकार गरेको संविधानले निजी, सार्वजनिक र सहकारीलाई तीन खम्बे अर्थनीतिको रुपमा परिभाषित समेत गरेको छ ।



More News



कालिका पावर कम्पनीले पायो सेयर निष्काशनको अनुमति

Posted: 2018-08-21 10:32:29

सुनाखरी न्युज/ काठमाडौं - कालिका पावर कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले भदौ तिन गते कालिका पावरलाई सेयर निष्काशन गर्न अनुमति दिएको हो । कालिकाले अब प्रतिकित्ता १०० ...


एनसीसी बैंकको ५० प्रतिशत हकप्रद आजदेखि खुल्यो, असोज ७ गतेसम्म भर्न पाइने

Posted: 2018-08-20 11:25:26

सुनाखरी न्युज/ काठमाडौं - नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले चुक्ता पुँजी वृद्धि गर्नका निम्ति भदौ ४ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँका दरले २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शयर बिक्री खुला गरेको हो । ...


आईसिएफसि फाइनान्सले ८ प्रतिशत नगद लाभांश दिने

Posted: 2018-08-19 13:13:15

सुनाखरी न्युज/ काठमाडौँ - आईसिएफसि फाइनान्स लिमिटेडले ८ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव राखेको हो । ...


एसियन लाइफ इन्स्योरेन्स हकप्रद शेयर जारी गर्दै, बिक्री प्रबन्धकमा एनआईबिएलएस क्यापिटल नियुक्त

Posted: 2018-08-17 13:39:52

सुनाखरी न्युज/ काठमाडौं - एसियन लाइफ इन्स्योरेन्स कम्पनीको १०औं वार्षिक साधारणसभाबाट पारित १० बराबर ६ को अनुपातमा ७५ करोड ४० लाख बराबरको हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएलएस क्यापिटललाई धितोपत्र ...


एनएलजी इन्स्योरेन्सको नाफा २ करोड ६० लाख, प्रति शेयर आम्दानी ४० रुपैयाँ

Posted: 2018-08-17 11:01:46

सुनाखरी न्युज/ काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७४र७५ मा २ करोड ६० लाख रुपैयाँ खुँद नाफा कमाएको छ । यो बिमा कम्पनीले गत वर्ष बिमा शुल्क आर्जनबाट १ अर्ब ५१ करोड रुपैयाँ संकलन ...


Advertisements