शेयर बजार

जोशी हाइड्रोपावरले जेठ ८ गतेदेखि आइपिओ निष्काशन गर्ने, अधिकांस हाइड्रोका शेयर जोखिममा

Posted: 2018-05-13 11:58:43

 
सुनाखरी न्युज/
काठमाडौं-
 
जोशी हाइड्रोपावर कम्पनी (व्ज्म्ऋी) ले आयोजना प्रभावित क्षेत्रका स्थानीबासीका लागि जेठ ८ गतेदेखि आइपिओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्ला, इलाम नगरपालिका वडा नं १, ३ र ४ का वासिन्दाहरुको लागि तीन लाख ७१ हजार चार सय कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको हो।
 
 इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले स्थानीयलाई ३ करोड ७१ लाख ४० हजार रुपैंया बराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो ।
 
कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीको आइपिओमा छिटोमा जेठ २२ र ढिलोमा असार ११ गतेसम्म आवेदन दिन सकिनेछ ।
 
लगानीकर्ताले इलाम जिल्लामा रहेको सिद्धार्थ बैंक, एक्सेल डेभलपमेन्ट बैंक र कन्काई विकास बैंकमार्फत आवदेन दिन पाउनेछन् । उक्त आइपिओमा न्युनतम ५० देखि अधिकतम १ हजार ८ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको सिद्धार्थ क्यापिटलले जनाएको छ ।
 
कम्पनीको इक्रा रेटिङ ’इक्रा एनपि आइपिओ ग्रेड ५’ रहेको छ। यस सूचकले कम्पनीको वित्तीय अवस्था सबैभन्दा कमजोर रहेको जनाउँछ।
 
 
 
पहिलो आयोजनाको रुपमा ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा रहेको कम्पनीले २०७१ माघ १ गतेबाट उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ ।
 
आयोजना बनाउन ५५ करोड ३५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।कम्पनीको जारीपुँजी ३७ करोड १४ लाख रुपैयाँ छ ।
 
कम्पनीमा संस्थापकको ५१ र ४९ प्रतिशत सर्वसाधारणको लगानी हुनेछ । स्थानीयलाई १० प्रतिशत आइपिओ बिक्री गरेपछि सर्वसाधारणलाई ३९ प्रतिशत आइपिओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।



More News



नेपाल क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश दिने

Posted: 2018-10-14 10:10:43

सुनाखरी न्युज/ काठमाडौं - नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले २० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । शुक्रबार सम्पन्न भएको कम्पनीको सातौ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । बैठकले कम्पनीको आ.व.


दुई हाइड्रो पावर कम्पनीको साढे ५३ लाख कित्ता आईपिओ आउँदै

Posted: 2018-10-12 12:38:12

सुनाखरी न्युज/ काठमाडौं - माउण्टेन हाइड्रो नेपाल र युनियन हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि आईपिओ निष्काशनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन गरेका छन् । दुई कम्पनीले ५३ करोड ५० लाख ४५ हजार रुपैयाँ बराबरको ५३ लाख ५० लाख ४५० कित्ता सेयर निष्काशन गर्न लागेका हुन् । ...


एनआइबिएल एस क्यापिटलको साधारण सभा सम्पन्न, उक्त अवसर पारि रक्तदान कार्यक्रमको आयोजना

Posted: 2018-10-10 12:19:46

सुनाखरी न्युज/ काठमाडौं - एनआइबिएल एस क्यापिटल लिमिटेडले मिति २०७५ साल आश्विन २३ मंगलबारको दिन छैठौ साधारण सभा सम्पन्न गरेको छ उक्त साधारण सभाबाट नगद १५प्रतिशत लाभाशं पारित गरिएको छ उक्त ...


एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं - सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले ...


आँखुखोला जलविद्युत कम्पनीको आईपीओ आजदेखि, ६ हजार कित्तासम्म आवेदन दिन पाइने

Posted: 2018-10-09 10:10:00

सुनाखरी न्युज/ काठमाडौं - निजी क्षेत्रबाट प्रवद्र्धित आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले मंगलबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १३ करोड ७६ लाख रुपैयाँ ...


Advertisements