शेयर बजार

सेयर बजार सोचविचार गरेर मात्र लगानी गर्नुसः अर्थमन्त्री

Posted: 2018-05-09 21:03:48

 
सुनाखरीन्युज/
काठमाडौं-
अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार सोचविचार गरेर मात्र लगानी गर्नुपर्ने बताएका छन् । सेयर बजार आफैंमा जोखिमको व्यवसाय भएको उल्लेख गर्दै उनले सुझवुझपुर्वक लगनीपुर्व लगनीकर्ताहरुलाई सुझाए । 
काठमाडौंको भृकुटीमण्डपमा वुधबारदेखि सुरु भएको पुँजी बजार प्रदर्शनीको उद्घघाटन कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले सेयर बजारमा लगानी गर्नुअघि धेरै सोचविचार गरेर मात्र लगानी गर्न लगानीकर्तालाई आग्रह गरे ।  
पुँजीलाई बैंकको निक्षेपमा राख्दा उचित र सुरक्षित प्रतिफल पाउने उनको भनाई छ । ‘सेयर बजार जोखिमको लगानी हो । यसमा लगानी गर्दा नाफा अनुसार घाटा पनि ब्यहोर्न सक्ने क्षमता चाहिन्छ’ उनले भने ।
डा खतिवडाले लगानीकर्तालाई भेडो भएर सेयर बजारमा लगानी नगर्न आग्रह गरेका छरे । डा खतिवडाले भने, ‘भेडो प्रवृत्तिको कारण सेयर बजारमा जोखिम बढ्दै भएको छ । यसलाई न्यूनीकरण गर्न लगानीकर्ता आफैं सचेत बन्नुपर्छ ।’ 
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरिञ्जिवी नेपालले भने पुँजी बजारबिना मुलुकको विकास हुन नसक्ने बताए । उनले भने, ‘पुँजी बजारको विकासबिना मुलुकको विकास सम्भव छैन ।’ 
उनले हालसम्म जति मुलुक विकसित भएका छन, त्यो पुँजी बजारकै कारण भएको बताए । 
गभर्नर नेपालले पैसालाई व्यवस्थापन गर्ने र भविष्य सुरक्षित बनाउने आधार पुँजी बजार नै भएको दावी समेत गरे । गभर्नर नेपालले सेयरलाई जोखिम न्यूनीकरण र विकासको सूचक भएको दावी समेत गरे । उनले स–सानो रकम पुँजी बजारमा लगानी गरे सुरक्षित भविष्यको आधार तयार हुने बताए ।
कार्यक्रममा धितोपत्र वोर्डका अध्यक्ष रेवत वहादुर कार्की, प्रवक्ता निरज गिरी लगायतले शेयर बजारका विभिन्न पक्षबारे प्रकाश पारेका थिए । 
काठमाडौंको भृक्ुटिमण्डपमा वुधाबारदेखि शुरु भएको पूँजी बजार प्रदर्शनी विहिबारसम्म सञ्चालन हुनेछ । 
प्रदर्शनीमा नेपाल स्टक एक्चेन्ज, सीडिएस एण्ड क्लियरिङ्ग लि., धितोपत्र दलाल कम्पनी, मर्चेन्ट बैंकर, सामूहिक लगानी कोष, क्रेडिट रेटिङ्ग कम्पनी, डीपी र आस्वा सेवा प्रदान गर्ने कम्पनीहरु, सुचिकृत कम्पनीहरुका साथै नेपाल राष्ट बैंक, बीमा समिति तथा आइक्यानको सहभागितामा करीब १७० बटा स्टल छन् । बजार सहभागिहरुको आफ्नो आफनो स्टल मार्फत आफ्नो संस्था र संस्थाले प्रदान गर्ने धितोपत्र बजार सेवा बारे लगानीकर्ताहरुलाई जानकारी गराएको वोर्डका प्रवक्ता निरज गिरीले बताए । धितोपत्र बजार, सिडिएस तथा बजार पूर्वाधार व्यवस्था, मर्चेन्ट बैकिङ्ग व्यवसाय तथा धितोपत्र दलाल व्यवसाय सम्बन्धमा प्रस्तुती र अन्र्तकृया कार्यक्रमहरु संचालन हुने छन । धितोपत्र बजार सम्बन्धि अध्ययन सामाग्रीहरु निःशुल्क वितरण गरिएको छ । 
 



More News



नेपाल क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश दिने

Posted: 2018-10-14 10:10:43

सुनाखरी न्युज/ काठमाडौं - नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले २० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । शुक्रबार सम्पन्न भएको कम्पनीको सातौ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । बैठकले कम्पनीको आ.व.


दुई हाइड्रो पावर कम्पनीको साढे ५३ लाख कित्ता आईपिओ आउँदै

Posted: 2018-10-12 12:38:12

सुनाखरी न्युज/ काठमाडौं - माउण्टेन हाइड्रो नेपाल र युनियन हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि आईपिओ निष्काशनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन गरेका छन् । दुई कम्पनीले ५३ करोड ५० लाख ४५ हजार रुपैयाँ बराबरको ५३ लाख ५० लाख ४५० कित्ता सेयर निष्काशन गर्न लागेका हुन् । ...


एनआइबिएल एस क्यापिटलको साधारण सभा सम्पन्न, उक्त अवसर पारि रक्तदान कार्यक्रमको आयोजना

Posted: 2018-10-10 12:19:46

सुनाखरी न्युज/ काठमाडौं - एनआइबिएल एस क्यापिटल लिमिटेडले मिति २०७५ साल आश्विन २३ मंगलबारको दिन छैठौ साधारण सभा सम्पन्न गरेको छ उक्त साधारण सभाबाट नगद १५प्रतिशत लाभाशं पारित गरिएको छ उक्त ...


एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं - सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले ...


आँखुखोला जलविद्युत कम्पनीको आईपीओ आजदेखि, ६ हजार कित्तासम्म आवेदन दिन पाइने

Posted: 2018-10-09 10:10:00

सुनाखरी न्युज/ काठमाडौं - निजी क्षेत्रबाट प्रवद्र्धित आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले मंगलबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १३ करोड ७६ लाख रुपैयाँ ...


Advertisements