शेयर बजार

बैशाख २६ र २७ गते पूँजी बजार प्रदर्शनी

Posted: 2018-05-08 21:29:59

 
सुनाखरी न्युज/
काठमाडौं /-
काठमाडौंको भृक्ुटिमण्डपमा वुधाबारदेखि पूँजी बजार प्रदर्शनी हुने भएको छ । धितोपत्र बोर्ड २०७४ जेष्ठ २५ देखि आफ्नो स्थापनाको २५ औं वर्षमा प्रवेश गरी रजत जयन्ति वर्षमा प्रवेश गरेको अवसरमा पूँजीबजार प्रद्धर्शनीको आयोजना गर्ने वार्षिक कार्यक्रम रहे वमोजिम नेपालको धितोपत्र बजारको इतिहासमा नै पहिलो पटक पूँजीबजार प्रद्धर्शनीका आयोजना गरिएको हो । प्रदर्शनी २०७५ बैशाख २६ गते देखि २७ गते सञ्चालन हुनेछ । 
वोर्डका प्रवक्ता निरज गिरिका अनुसार उक्त कायक्रममा नेपाल स्टक एक्चेन्ज, सीडिएस एण्ड क्लियरिङ्ग लि., धितोपत्र दलाल कम्पनी, मर्चेन्ट बैंकर, सामूहिक लगानी कोष, क्रेडिट रेटिङ्ग कम्पनी, डीपी र आस्वा सेवा प्रदान गर्ने कम्पनीहरु, सुचिकृत कम्पनीहरुका साथै नेपाल राष्ट बैंक, बीमा समिति तथा आइक्यानको सहभागितामा करीब १७० बटा स्टल रहने छन् ।बजार सहभागिहरुको आफ्नो आफनो स्टल मार्फत आफ्नो संस्था र संस्थाले प्रदान गर्ने धितोपत्र बजार सेवा बारे लगानीकर्ताहरुलाई जानकारी गराउने छन ।धितोपत्र बजार, सिडिएस तथा बजार पूर्वाधार व्यवस्था, मर्चेन्ट बैकिङ्ग व्यवसाय तथा धितोपत्र दलाल व्यवसाय सम्बन्धमा प्रस्तुती र अन्र्तकृया कार्यक्रमहरु संचालन हुने छन ।धितोपत्र बजार सम्बन्धि अध्ययन सामाग्रीहरु निःशुल्क वितरण गरिने छ ।
 



More News



शेयर कारोबारको ओरालो यात्रा कायमै, लगानीकर्ता निरास

Posted: 2018-05-26 05:59:30

सुनाखरी न्युज/ काठमाडौं- शेयर कारोबारको ओरालो यात्रा कायमै रहेको छ । बजा शुधारकालागि विभिन्न पहलहरु भएपनि बजारले शुधारको गतिलिन नसकेको हो । नेपाल स्टक एक्स्चेञ्जका अनुसार यो साता स्टक एक्सचेन्जमा १८३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १९७१३ कारोबारबाट एक अर्ब ९२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरका ४१ लाख ३७ हजार चार सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । ...


दोहोरो अंकले घट्यो नेप्से, बढ्ने आशा सेलायो

Posted: 2018-05-25 07:08:32

सुनाखरी न्युज/ काठमाडौँ — सातामा कारोबारको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले घटयो । अघिल्लो दिनको तुलनामा ०.७६ प्रतिशतले घटे पनि नेप्से परिसूचक १ हजार ३ सय १८.२२ विन्दुमा बन्द भएको छ । उक्त दिन कारोबारमा आएकामध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक बढे । बाँकी सबै समूहको परिसूचक घटे । ...


ग्रीन डेभलपमेन्ट बैंकको साढे ६ लाख कित्ता लिलामी सेयर खुल्ला

Posted: 2018-05-24 14:03:24

सुनाखरी न्युज/ काठमाडौं- ग्रीन डेभलपमेन्ट बैंक ले जेठ १० गते बिहीबारदेखि हकप्रदमा बिक्री नभएको सेयरको लिलामी खुला गरेको छ । बैंकले चार सय प्रतिशत हकप्रदमा सबै सेयर बिक्री नभएपछि ६ लाख ५१ हजार २१३ कित्ता सेयर लिलाम बढाबढमा इच्छुक लगानीकर्तालाई आजदेखि विक्री गर्न लागेको हो । ...


सेयर बजारमा गिरावट, सोमबारको कारोबार साढे ३५ करोड

Posted: 2018-05-22 09:36:16

सुनाखरी न्युज / काठमाडौं- सोमबार दिनभरिमा १६३ वटा कम्पनीको आठ लाख सात हजार पाँच सय ३३ कित्ता सेयर तीन हजार नौ सय ८८ पटक खरिदविक्री हुँदा ३५ करोड ५४ लाख ५० हजार सात सय ९० रुपैयाँको कारोबार भएको छ । नागरिक लगानी कोषको दुई करोड तथा राष्ट्रिय बीमा कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक प्रोमोटर, सेञ्चुरी बैंक प्रोमोटर, स्वरोजगार लघुवित्त, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, गण्डकी विकास बैंक र साना किसान विकास बैंकको एक करोडमाथिको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको ७९ करोड नजिकको सेयर कारोबार भएको छ । ...


नयाँ स्टक एक्सचेञ्ज कम्पनीको आवश्यकता छैनः साउद

Posted: 2018-05-20 21:23:00

सुनाखरी न्युज/ काठमाडौं- नेपाल स्टक स्क्सचेञ्ज(नेप्से)का महाप्रबन्धक चन्द्र सिंह साउदले नेपालमा नयाँ स्टक एक्सचेञ्ज कम्पनीको आवश्यकता नपर्ने बताएका छन् । साउदले नेपाल स्टक एक्सचेञ्जले नै सेवा सुविधाहरु विस्तार गरेपछि अर्को स्टक एक्सचेञ्जको आवश्यकता नपर्ने बताए ।...


Advertisements