शेयर बजार

शेयर बजारले पत्याएन अर्थमन्त्री खतिवडालाई, लगानीकर्ताले एकैदिन धेरै गुमाए

Posted: 2018-03-26 15:58:47

 
सुनाखरी न्युज/
काठमाडौं    
विगत केही महिनादेखि निरन्तर ओरालो लागेको सेयर बजार सोमबार झनै प्रभावित भयो । सोमबार बजार खुल्दा सामान्य अवस्थामा कारोबार भए पनि ११.४० बजे नेप्से ३ अंकले घ्ययो । लगत्तै कारोबारमा नकारात्मक सर्किट ब्रेक लाग्यो । १५ मिनेट सर्किट बे्रक लागेर बजार खुलेपछि नेप्से निरन्तर आरालो झरिरह्यो । सोमबार ७ हजार ८ सय ८८ पटक कारोबार हुँदा ५१.८९ अंकले नेप्से घटेको छ । बजार बन्द हुँदासम्म नेप्से ११६८.५५ अंकमा रोकिएको छ । सोमबार सबैभन्दा बढी गुमाउनेमा बिमा र जलविद्युत समूह रहेका छन् । बिमा समूहको १ अर्ब २९ करोड २९ लाख ८ हजार रुपैयाँ कारोबार हुँदा करिब ३८४ अंक घटेको छ । यस्तै, जलविद्युत समूहको २ करोड ४७ लाख ६७ हजार रुपैयाँ कारोबार हुँदा ६९.४९ अकं घटेको छ । अर्थ मन्त्री युवराज खतिवडाले निरन्तर सेयर बजारलाई नकारात्मक असर पर्ने अभिव्यक्ति दिइरहँदा नेप्सेमा पहिरो नै गएको छ । उनले सुरूमा पुँजी बजार गैरउत्पादनमुलक क्षेत्र भनेका थिए । यसपछि लहडमा सेयरमा लगानी गर्न नहुने अभिव्यक्ति दिँदै आएका छन् ।
 



More News



सेयर किन्न र बेच्न अब दलालकोमा धाउने दिन गए

Posted: 2018-04-16 15:27:59

सुनाखरी न्युज/ काठमाडौं- नेपालमा पनि इन्टरनेटमार्फत सेयर खरिद बिक्री गर्न आदेश दिन सक्ने प्रणालीको अभ्यास सुरु भएको छ। क्रिस्टल कञ्चनजंगा सेक्युरिटी प्रालिमा आयोजित समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले उक्त प्रणाली शुभारम्भ गरेका हुन्। यो प्रणाली प्रारम्भसँगै सेयर लगानीकर्ताले सेयर खरिद बिक्रीका लागि ब्रोकर कार्यालय धाउनुपर्ने झन्झट अब अन्त्य भएको छ। ...


सेयर कारोबारमा एक अर्ब छुट दिइएको रकम असुल्न महालेखाको सुझाव

Posted: 2018-04-12 20:50:09

सुनाखरी न्युज/ काठमाडौं- ब्रोकरलाई लाग्ने कमिशन उठाउन तारम्तार प्रयास गरेर असफल भएको महालेखा परिक्षकको कार्यालयले सेयर कारोबारमा समेत एक अर्ब छुट भएको भन्दै असुल गर्नुपर्ने बताएको छ । महालेखा परिक्षकको कार्यालयले आव २०७२/७३ र २०७३/७४ सर्वसाधारण सेयरको बोनस र हकप्रदमा लाग्ने मध्ये पुँजीगत लाभकर ७७ करोड ९५ लाख रुपैयाँले कम दाखिला भएको उल्लेख गरेको छ ।...


बिपिसीको एफपीओ बाँडफाँड, ८५ हजार आवेदकले पाए २८ लाख ५९ हजार कित्ता

Posted: 2018-03-28 13:28:23

सुनाखरी न्युज / काठमाडौ- बुटवल पावर कम्पनीको एफपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले ८४ हजार आठ सय चार आवेदकलाई २८ लाख ५९ हजार १७० कित्ता एफपीओ बाँडफाँड गरेको हो। बाँकी रहेको १२ लाख २१ हजार ८३० कित्ता एफपीओ प्रत्याभूतिकर्तालाई प्रत्याभूत गरिएको छ ।...


शेयर बजारमा भइरहेको गिरावटबारे सरकारको ध्यानाकर्षण,

Posted: 2018-03-27 15:27:38

काठमाडौं - शेयर बजारमा निरन्तर आइरहेको गिरावटका विषयमा संसदमा कुरा उठेको छ । राष्ट्रिय सभाको मंगलवार बसेको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले शेयर बजारमा भइरहेको गिरावटबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । ...


शेयर बजारले पत्याएन अर्थमन्त्री खतिवडालाई, लगानीकर्ताले एकैदिन धेरै गुमाए

Posted: 2018-03-26 15:58:47

सुनाखरी न्युज/ काठमाडौं विगत केही महिनादेखि निरन्तर ओरालो लागेको सेयर बजार सोमबार झनै प्रभावित भयो । सोमबार बजार खुल्दा सामान्य अवस्थामा कारोबार भए पनि ११.४० बजे नेप्से ३ अंकले घ्ययो । लगत्तै कारोबारमा नकारात्मक सर्किट ब्रेक लाग्यो । १५ मिनेट सर्किट बे्रक लागेर बजार खुलेपछि नेप्से निरन्तर आरालो झरिरह्यो । सोमबार ७ हजार ८ सय ८८ पटक कारोबार हुँदा ५१.८९ अंकले नेप्से घटेको छ । ...


Advertisements