शेयर बजार

बजारमा सेयरको मूल्य घटेको घट्यै

Posted: 2018-12-09 14:32:58

 
सुनाखरी न्युज/
काठमाडौँ-
 चालु आर्थिक वर्षको पाँच महिनामा सेयरधनीको सम्पत्ति करिब १ खर्ब रुपैयाँले घटेको छ । गत साउनदेखि मंसिर २० सम्म सेयर मूल्यमा आएको गिरावटका आधारमा यस्तो विश्लेषण गरिएको हो ।
 
उक्त अवधिमा सेयर बजारको आकार कुल बजार पुँजीकरण करिब १ खर्ब रुपैयाँले घटेको छ । यसको अर्थ लगानीकर्ताको सम्पत्ति घटेको भन्ने हो ।
 
गत असारमा १४ खर्ब ३५ अर्ब रुपैयाँ कायम रहेको कुल बजार पुँजीकरण ९स्टक एक्सचेन्जमा सूचीकृत सबै सेयरको बजार मूल्य० बिहीबार ९मंसिर २० मा० सम्म आइपुग्दा १३ खर्ब ३७ अर्ब रुपैयाँमाझरेको छ ।
गत असारको तुलनामा हालको पुँजीकरण ९८ अर्ब रुपैयाँले कम हो । नेप्से परिसूचक हालसम्मकै उच्च विन्दु९१ हजार ८ सय ८१ विन्दु० र त्यतिबेलाको बजार पुँजीकरणसँग तुलनामा अहिले सेयर बजारको आकार करिब ७ खर्ब ३४ अर्ब रुपैयाँले खुम्चिएको छ । ०७२ साउन १२ गते नेप्से परिसूचक १ हजार ८ सय ८१ विन्दुमा पुग्दा कुल बजार पुँजीकरण२० खर्ब ७० अर्ब ९९ करोड रुपैयाँ पुगेको थियो ।
 
नेप्सेमा सूचीकृत कुल सेयरलाई ती सेयरको पछिल्लो बजार मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण निकालिन्छ । यसकारण कुल बजार पुँजीकरणलाई सेयर बजारको आकार भनिन्छ । सेयर मूल्य बढेको अवस्थामा कुल बजार पुँजीकरण पनि बढ्छ । घटेको अवस्थामा पुँजीकरण पनि घट्छ । हाल सेयर बजार घटदो क्रममा रहेकाले कुल बजार पुँजीकरण पनि निरन्तर रूपमा घटिरहेको देखिन्छ ।
 
स्थानीय तह र प्रदेशको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि सेयर बजार पनि बढ्ने अपेक्षा गरिएको थियो । त्यसपछि स्थायी सरकार पनि बन्यो । मुलुकको प्राथमिकता आर्थिक संवृद्धि भएको घोषणा पनि भयो । सेयर बजारमा अपेक्षाकृत तरंग आउन सकेन । बजारले निरन्तर अपेक्षा विपरीत प्रवृत्ति देखाउन थाल्यो । त्यसपछिका अधिकांश दिन बजार घटिरहयो । त्यो क्रम अहिले पनि जारी छ ।



More News



बजारमा सेयरको मूल्य घटेको घट्यै

Posted: 2018-12-09 14:32:58

सुनाखरी न्युज/ काठमाडौँ- चालु आर्थिक वर्षको पाँच महिनामा सेयरधनीको सम्पत्ति करिब १ खर्ब रुपैयाँले घटेको छ । गत साउनदेखि मंसिर २० सम्म सेयर मूल्यमा आएको गिरावटका आधारमा यस्तो विश्लेषण गरिएको हो । उक्त अवधिमा सेयर बजारको आकार कुल बजार पुँजीकरण करिब १ खर्ब रुपैयाँले घटेको छ । यसको अर्थ लगानीकर्ताको सम्पत्ति घटेको भन्ने हो ।...


सान्जेनको सर्वसाधारण र आयोजना प्रभावितका लागि सह निस्काशन कर्ता सम्झौता

Posted: 2018-12-07 10:51:17

सुनाखरी न्युज/ काठमाडौ - सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि शेयर बिक्री गर्न सह–निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्झौता भएको छ । विहीबार ...


चौतारी लघुवित्तको आइपिओ बिक्री खुल्ला

Posted: 2018-12-05 12:41:46

सुनाखरी न्युज/ काठमाडौ - चौतारी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपिओ) बिक्री खुल्ला भएको छ। संस्थाको ६ लाख कित्ता साधारण सेयर आजबाट बिक्री खुल्ला भएको हो।संस्थाले ६ लाख कित्तामध्ये ९ हजार ३ सय ...


नबिल बैंकले ३४ प्रतिशत लाभांश दिने

Posted: 2018-12-04 11:16:26

सुनाखरी न्युज/ काठमाडौ - नबिल बैंकको सञ्चालक समितिको बैठकले लगानीकर्ता लाई ३० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकले २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । सञ्चालक समितिले गरेको उक्त निर्णय ...


जोशी हाइड्रोपावरको आईपीओ आजदेखि खुल्ला

Posted: 2018-12-02 09:40:43

सुनाखरी न्युज/ काठमाडौ - जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइतबार देखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) आवेदन खुला भएको छ । हाइड्रोपावरले १६ करोड ९० लाख ४७ हजार बराबरका १६ लाख ९० हजार ४ सय ...


Advertisements