खेलकुद

विश्वकप टी- ट्वान्टी छनोटः भुटान विरूद्द नेपालको फराकिलो जित, भुटान ३३ रनमा सिमित

Posted: 2018-10-09 11:48:10

सुनाखरी न्युज/ काठमाडौं - मलेसियामा जारी विश्वकप टी–ट्वान्टी छनोट क्रिकेटमा नेपालले लगातार चौथो जित हात पारेको छ । मलेसियाको बांगी मैदानमा नेपालले मंगलबार भुटानलाई १ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्यो ।  नेपालले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको भुटान १६ ओभर ४ बलमा ३३ रनमा अल आउट भयो । भुटानका तेन्जिङ वाङचुकले ११ रन बनाउनुबाहेक अरु कुनैपनि व्याट्स्म्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । नेपालका ललित राजवंशी र सन्दिप लामिछानेले ३/३, बसन्त रेग्मीले २ तथा दिपेन्द्र सिंह ऐरी र शरद भेषावकारले भुटानको १/१ विकेट लिए ।  
 
 
यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धा्रित ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन बनायो । नेपालका लागि ओपनर प्रदिप ऐरीले अविजीत ७५ रन बनाए । अनिल शाहले २७ रन बनाउँदा आरिफ शेख र दिपेन्द्र सिंह ऐरी क्रमशः १३ र १५ रनमा आउट भए । करण केसी ११ रनमा अविजित रहे । बिनोद भण्डारी आज शून्यमै आउट भए ।  सात टोली सहभागी एसियाली समुह बि को छनोट प्रतियोगिताबाट शीर्ष तीन टोली अर्को चरणको छनौटका लागि जानेछन । पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियामाथि नेपालले ८ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा थाइल्याण्डलाई १ सय ४० रनले पराजित गर्न सफल भएको थियो । 
 



More News



बाबर हायातले छक्का हानेर आयोजकको गाडीको सिसा फुटाइदिए

Posted: 2018-12-14 14:45:36

सुनखरी न्युज/ काठमाडौ - विराटनगरका लागि हङकङका खेलाडी बाबर हायातले प्रहार गरेको छक्काको बल लागेर आयोजक इपिएलका प्रवन्ध निर्देशक आमिर अख्तरको गाडीको सिसा फुटेको छ। चितवनले दिएको १९७ रनको बिशाल लक्ष्य ...


आइजीपी रनिङ्ग ट्रफी फुटवल प्रतियोगिता सम्पन्न

Posted: 2018-12-14 09:47:23

सुनाखरी न्युज/ काभ्रेपलाञ्चोक - नेपाल प्रहरी स्कुल साँगामा संचालित २६औँ अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ्ग ट्रफी फुटवल प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिहीबार ...


पाँचौं सेन्ट जेभियर्स मिनी म्याराथन २०१८ सम्पन्न, नेपाल प्रहरीका निराजन गुरूङ प्रथम

Posted: 2018-12-09 14:40:13

सुनाखरी न्युज/ काठमाडौ - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा ‘Run for child education’ भन्ने नाराका साथ काठमाडौं महानगरपालिका(२८ माइतीघरस्थित सेन्ट जेभियर्स कलेजद्वारा आयोजित पाँचौ ...


२६ औं अन्तर विद्यालय आइजीपी फुटबल रनिङ ट्रफि २०७५ को उदघाटन

Posted: 2018-12-06 11:33:56

सुनाखरी न्युज/ काभ्रेपलाञ्चोक - नेपाल प्रहरी स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा सोही विद्यालयमा संचालन हुने २६औं अन्तर(विद्यालय आइजीपी फुटबल रनिङ ट्रफि २०७५ को प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले बुधबार ...


प्रथम टोखा मेयर कप वादो काई कराते च्याम्पिन्सिप २०१८ को आयोजना

Posted: 2018-12-04 09:12:35

सुनिल पाठक/ काठमाडौं - वादो काई कराते संघ गोङ्गबु डोजोले यही मङ्सिर २८ र २९ गते मेयर कप वादो काई कराते च्याम्पियनसिप २०१८ को आयोजना गर्ने भएको छ । २ दिने मेयर कप कराते च्याम्पियनसिप आफ्नै गोङ्गबु बानियाटरमा ...


Advertisements