खेलकुद

प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०७५ सम्पन्न

Posted: 2018-10-08 14:32:19

सुनाखरी न्युज/ काठमाडौं - ६३औं प्रहरी दिवस २०७५ को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०७५ सम्पन्न भएको छ । प्रतियोगिता समापनका अवसरमा आइतबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रहरी खेलकूद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रथम हुने टीम ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई रनिङ शील्ड, पदक, प्रमाणपत्र र पुरस्कार तथा सहभागी टिमलाई मायाको चिनो समेत प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले खेल जीवनको अभिन्न अंग रहेको बताउँदै खेलको माध्यमबाट सामूहिक भावना विकास हुने र उल्लासपूर्ण वातावरण सृजना भई प्रहरी संगठनको लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने चर्चा गर्नुभयो । खेलकूदलाई थप विकास गर्न संगठनले प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले ७ वटै प्रदेशमा खेलकूद टीमको निर्माण गर्नुपर्ने बताउनुभयो । प्रहरीले गरेको राम्रो कामबाट नागरिक खुसी भए प्रहरी पनि खुशी हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले यसका लागि सत्य, सेवा, सुरक्षणमको मूल मन्त्रलाई आत्मसात गरी काम गर्नुपर्ने बताउनुभयो । नेतृत्वले तय गरेको नीति पछ्याउँदै प्रहरी कर्मचारीले इमान्दारी,  निष्ठापूर्वक र दृढतापूर्वक नागरिकमैत्री काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
 
 
उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकूद समितिका सदस्य(सचिव प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले द्वितीय हुने टिमका खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै खेलको माध्यमबाट आपसी भाइचाराको विकास भई शारीरिक एवं मानसिक रुपमा सबल र सक्षम बन्न सहयोग मिल्ने बताउनुभयो ।    कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्नरमण शर्माले रेफ्रीहरुलाई प्रशंसापत्र वितरण गर्नुको साथै नेपाल प्रहरी खेलकूद समितिलाई ७ वटा बल हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमको सुरुमा प्रमुख अतिथि प्रहरी महानिरीक्षक खनालले खेलका रेफ्री बिजय केसीलाई भलिबल हस्तान्तरण गरी फाइनल खेलको उद्‍घाटन गर्नुभएको थियो । उक्त प्रतियोगिता अन्तर्गत ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा टीमबीच आजै भएको फाइनल खेलमा ५ नम्बर प्रदेश प्रहरी कार्यालय टीम विजय भएको हो । असोज १७ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो । 
 
 
सो प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमलाई क्रमश नगद ५० हजार र ३५ हजार तथा शील्ड, पदक, प्रमाणपत्र एवं सर्वोत्कृष्ट हुने खेलाडीलाई १० हजार र अन्य ५ विधामा उत्कृष्ट ५ खेलाडीलाई जनही नगद ७ हजार ५ सय प्रदान गरिएको थियो । सो अवसरमा खेलकूद कार्यक्रम उपसमितिका संयोजक प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
 



More News



बाबर हायातले छक्का हानेर आयोजकको गाडीको सिसा फुटाइदिए

Posted: 2018-12-14 14:45:36

सुनखरी न्युज/ काठमाडौ - विराटनगरका लागि हङकङका खेलाडी बाबर हायातले प्रहार गरेको छक्काको बल लागेर आयोजक इपिएलका प्रवन्ध निर्देशक आमिर अख्तरको गाडीको सिसा फुटेको छ। चितवनले दिएको १९७ रनको बिशाल लक्ष्य ...


आइजीपी रनिङ्ग ट्रफी फुटवल प्रतियोगिता सम्पन्न

Posted: 2018-12-14 09:47:23

सुनाखरी न्युज/ काभ्रेपलाञ्चोक - नेपाल प्रहरी स्कुल साँगामा संचालित २६औँ अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ्ग ट्रफी फुटवल प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिहीबार ...


पाँचौं सेन्ट जेभियर्स मिनी म्याराथन २०१८ सम्पन्न, नेपाल प्रहरीका निराजन गुरूङ प्रथम

Posted: 2018-12-09 14:40:13

सुनाखरी न्युज/ काठमाडौ - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा ‘Run for child education’ भन्ने नाराका साथ काठमाडौं महानगरपालिका(२८ माइतीघरस्थित सेन्ट जेभियर्स कलेजद्वारा आयोजित पाँचौ ...


२६ औं अन्तर विद्यालय आइजीपी फुटबल रनिङ ट्रफि २०७५ को उदघाटन

Posted: 2018-12-06 11:33:56

सुनाखरी न्युज/ काभ्रेपलाञ्चोक - नेपाल प्रहरी स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा सोही विद्यालयमा संचालन हुने २६औं अन्तर(विद्यालय आइजीपी फुटबल रनिङ ट्रफि २०७५ को प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले बुधबार ...


प्रथम टोखा मेयर कप वादो काई कराते च्याम्पिन्सिप २०१८ को आयोजना

Posted: 2018-12-04 09:12:35

सुनिल पाठक/ काठमाडौं - वादो काई कराते संघ गोङ्गबु डोजोले यही मङ्सिर २८ र २९ गते मेयर कप वादो काई कराते च्याम्पियनसिप २०१८ को आयोजना गर्ने भएको छ । २ दिने मेयर कप कराते च्याम्पियनसिप आफ्नै गोङ्गबु बानियाटरमा ...


Advertisements