खेलकुद

भारतलाई हराउँदै नेपाल फाइनलमा

Posted: 2018-10-06 06:57:05

 
सुनाखरी न्युज/
काठमाडौं-
   
साफ यू-१८ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ।
 
टाइब्रेकरमा ३-१ ले भारतको चुनौती पन्छाउँदै नेपाल उपाधि नजिक पुगेको हो। 
 
 
भुटानको थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा नेपालले उपाधिको दावेदार मानिएको भारतलाई निर्धा्रित समयमा १-१ को बराबरीमा रोक्दै ट्राइब्रेकरमा ३-१ ले पन्छाएको हो।
 
निर्धा्रित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि दुबै पक्षबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट गराइएको थियो।
 
रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई सुरूवाती अग्रता दिलाएकी थिइन्। रेखा पौडेलको थ्रु पासलाई सदुपयोग गर्दै उनले पेनाल्टी क्षेत्रभित्रबाट सहजै गोल गरेकी थिइन्। पहिलो हाफमा १-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा गोल खान पुग्यो।
 
दोस्रो हाफको ६२ औं मिनेटमा भारतले गोल फर्कायो। भारतकी कप्तान समिक्षाले बायाँ विङ्गसबाट आएको फ्रिकिकमा ६ यार्ड बक्सभित्रबाट हेडरमार्फत सहज गोल गरेकी थिइन्।



More News



बाबर हायातले छक्का हानेर आयोजकको गाडीको सिसा फुटाइदिए

Posted: 2018-12-14 14:45:36

सुनखरी न्युज/ काठमाडौ - विराटनगरका लागि हङकङका खेलाडी बाबर हायातले प्रहार गरेको छक्काको बल लागेर आयोजक इपिएलका प्रवन्ध निर्देशक आमिर अख्तरको गाडीको सिसा फुटेको छ। चितवनले दिएको १९७ रनको बिशाल लक्ष्य ...


आइजीपी रनिङ्ग ट्रफी फुटवल प्रतियोगिता सम्पन्न

Posted: 2018-12-14 09:47:23

सुनाखरी न्युज/ काभ्रेपलाञ्चोक - नेपाल प्रहरी स्कुल साँगामा संचालित २६औँ अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ्ग ट्रफी फुटवल प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिहीबार ...


पाँचौं सेन्ट जेभियर्स मिनी म्याराथन २०१८ सम्पन्न, नेपाल प्रहरीका निराजन गुरूङ प्रथम

Posted: 2018-12-09 14:40:13

सुनाखरी न्युज/ काठमाडौ - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा ‘Run for child education’ भन्ने नाराका साथ काठमाडौं महानगरपालिका(२८ माइतीघरस्थित सेन्ट जेभियर्स कलेजद्वारा आयोजित पाँचौ ...


२६ औं अन्तर विद्यालय आइजीपी फुटबल रनिङ ट्रफि २०७५ को उदघाटन

Posted: 2018-12-06 11:33:56

सुनाखरी न्युज/ काभ्रेपलाञ्चोक - नेपाल प्रहरी स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा सोही विद्यालयमा संचालन हुने २६औं अन्तर(विद्यालय आइजीपी फुटबल रनिङ ट्रफि २०७५ को प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले बुधबार ...


प्रथम टोखा मेयर कप वादो काई कराते च्याम्पिन्सिप २०१८ को आयोजना

Posted: 2018-12-04 09:12:35

सुनिल पाठक/ काठमाडौं - वादो काई कराते संघ गोङ्गबु डोजोले यही मङ्सिर २८ र २९ गते मेयर कप वादो काई कराते च्याम्पियनसिप २०१८ को आयोजना गर्ने भएको छ । २ दिने मेयर कप कराते च्याम्पियनसिप आफ्नै गोङ्गबु बानियाटरमा ...


Advertisements