खेलकुद

विश्वकप उपाधिका लागि फ्रान्स र क्रोएशिया भिड्ने, इंग्ल्याण्डको यात्रासकियो

Posted: 2018-07-12 07:06:26

 
सुनाखरी न्युज/
काठमाडौं-
विश्वकप फुटबल २०१८ को उपाधिका लागि फ्रान्स र क्रोएशिया भिड्ने भएका छन् । बुधबार राती भएको दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई हराउँदै क्रोएशियाले पहिलो पटक विश्वकपको फाइनलमा स्थान पक्का गरेको हो । क्रोएशिया विश्वकपमा सहभागी भएको यो पाँचौ पटक हो । फ्रान्ससँगको उपाधि भेट पक्का गर्न क्रोएशियाले इंग्ल्याण्डलाई २–१ गोलले स्तब्ध पार्यो । हारसँगै सन् १९६६ पछि पहिलो पटक फाइनल पुग्ने इंग्ल्याण्डको सपना साकार हुन सकेन । खेल सुरु भएको ५ मिनेटमै ग्यारेथ साउथगेटको टोलीका लागि केरियन  ट्रिपरले गोल गर्दै इंग्ल्याण्डलाई जीतको लोभ देखाएका थिए । उनले २० यार्डबाट गरेको फ्रिकिक प्रहार गोलमा परिणत भएको थियो । तर ६८ औँ मिनेटमा क्रोएशियाका लागि पेरिस्कले बराबरी गोल गरेपछि इंग्ल्याण्डको फाइनल यात्रा कठिन बन्यो । निर्धा्रित ९० मिनेटको समयमा थप गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलियो । थप गरिएको समयको १०९ औँ मिनेटमा इटालियन क्लब युभेन्टसका स्ट्राइकर मारियो मान्जुकीले क्रोएशियाका लागि निर्णायक गोल गर्दै टोलीलाई फाइनलसम्म डोर्याउन सफल भए ।  ह्यारी केन, जेसी लिंगार्डजस्ता भरपर्दा खेलाडिको प्रहारले जाली चुम्न नसक्दा इंग्ल्याण्डले इतिहास कोर्ने मौका गुमायो ।  इंग्ल्याण्डले अब तेस्रो स्थानका लागि बेल्जियमसँग खेल्नेछ । बेल्जियम सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो ।  फ्रान्स र क्रोएशियाबीचको फाइनल खेल आइतबार हुनेछ । 
 



More News



नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेटर शक्ति गौचनद्वारा संन्यासको घोषणा

Posted: 2018-07-18 14:30:56

सुनाखरी न्युज/ काठमाडौँ - नेपाली राष्ट्रिय टीमका स्पीनर शक्ति गौचनले क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेट खेलबाट सन्सास लिने घोषणा गरेका हुन्। नेपाली टीमले साउन १३ मा बेलायतको ...


एमसिसी र नेदरल्याण्ड्सविरुद्धको खेलका लागि १५ सदस्यीय किक्रेट टोली घोषणा

Posted: 2018-07-18 09:09:35

सुनाखरी न्युज/ काठमाडौँ - नेपालले अन्तर्रा्ष्ट्रिय मान्यता पाएपछिको पहिलो खेलका लागि १५ सदस्यीय किक्रेट टोलीको घोषणा गरिको छ। बेलायतमा हुने मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्सविरुद्ध र नेदरल्याण्ड्समा हुने ...


विश्वकप विजेता फ्रान्सलाई स्वदेशमा भव्य स्वागत, ५ लाख समर्थक सडकमा लामबद्ध

Posted: 2018-07-17 11:05:35

सुनाखरी न्युज/ पेरिस - रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सको फुटबल टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ। फूटबल प्रेमी, सरकार र सर्वसाधारणले मस्कोबाट विश्वकप जितेर स्वदेश फर्किएका फूटबल खेलाडीको भव्य स्वागत गरेका थिए । ...


२०२२ को विश्वकपका लागि मरुभूमि हरियालीमा रुपान्तरण गरिंदै

Posted: 2018-07-16 21:44:48

सुनाखरी न्युज/ दोहा– सडक बाटोमा जीपीएस नेभिगेसन प्रणालीले काम नगर्नसक्ला। यो शहर घुम्दा स्क्रीनमा देखिने हरियो सडक रेखा आपसमा अमिल्दोसँग गाभिदा झुक्याउन पनि सक्छ। अनि रोबोर्टले दिने निर्देशनले त झनै झुक्याउन सक्छ। मरुभूमिको देश कतारलाई आगामी विश्वकपका लागि हराभरा बनाइदैछ। आधुनिक प्रविधिको प्रयोग गरिएपनि ढंग पुर्याइएको छैन। ...


२०१८ फिफा विश्वकपमा, कति गोल, कति कार्ड, कुन टिमको प्रदर्शन कस्तो हर्नुस

Posted: 2018-07-16 09:38:59

सुनाखरी न्युज/ काठमाडौं - २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता आइतबार सकिएको छ। आइतबार भएको फाइनल भिडन्तमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै दोस्रोपटक उपाधि जित्यो। रसियाका विभिन्न ११ शहरका १२ वटा रंगशालामा ६४ वटा खेल संचालन भएका थिए। ...


Advertisements