खेलकुद

यसरी वन्यो इटालीबिनाको विश्वकप हुने अवस्था

Posted: 2018-06-10 09:24:59

 
सुनारखरी न्युज/
काठमाडौं-
 जुन १४ मा रुसमा हुने फुटबलको महाकुम्भ विश्वकपले अहिले बजार तताएको छ। विश्वकप खेल्ने टिमहरु रुस पुग्ने क्रम जारी रहेको छ। कुल ३२ देशले भाग लिने प्रतियोगितामा आठ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट अन्तिम १६ का लागि दुई टिम छनोट हुनेछन्। त्यसपछि अन्तिम आठका लागि नकआउट चरणका खेल हुनेछन्। केही फुटबलका महारथीहरु भने छनोट चरणबाटै बाहिरिएका छन्।  फुटबलको ६० वर्षे आफ्नो यात्रामा चार पटकको विश्व विजेत इटाली भने छनोट चरणबाटै बाहिरिन पुग्यो। फिफा र्‍याङ्किङको नवौं स्थानको चिली पनि विश्वकपमा छनौट नभएको चर्चा पनि त्यत्तिकै भइरहेको छ।  फिफा र्‍याङ्किङमा इटाली १९ औं स्थानमा रहेको छ। सन् १९३० बाट सुरु भएको विश्वकपको पहिलो संस्करणमा इटालीले सहभागिता जनाएन। तर, सन् १९३४ को दोस्रो संस्करणामा भाग लिएको उसले त्यही वर्ष विश्वकपको ट्रफी चुम्यो। त्यस लगत्तै १९३८ मा पनि विश्वकपको उपाधि आफ्नो पोल्टामा पार्‍यो। त्यसपछि भने उसलाई विश्वकप जित्न ४४ वर्ष लाग्यो। यस अवधिमा इटाली सन् १९५८ मा छनोटमा पर्न सकेन। उसले तेस्रो पटक विश्वकप १९८२ मा जितेको थियो। त्यसपछि सन् २०१४ सम्म लगातार छनोट हुँदै आएको इटालीलाई विश्वकप जित्न २४ वर्ष लाग्यो। उसले २००६ मा १९९४ को फाइनलमा फ्रान्ससँग हारको बदाल लिँदै उपाधि उचालेको थियो।  त्यसपछि भने लगातार ओरालो लागेको इटालियन फुटबल सन् २०१० मा समूह चरणबाटै घर फर्कियो। त्यो बेला इटाली २६ स्थानमा रहँदै घर फर्किंदा सन् २०१४ मा फेरि समूह चरण पार गर्न सकेन। इटाली अघिल्लो विश्वकपमा २२ औं स्थानमा रहँदै घर फर्किन बाध्य भयो। यो पटकको विश्वकपमा भने उसले छनोट चरण नै पार गर्न सकेन।   यसैगरी २०१५ तथा २०१६ को कोपा अमेरिका कप विजेता चिली पनि विश्वकपमा छनोट हुन नसक्दा उसका प्रशंसक निरास भएका छन्। २०१० मा फाइनलम पुगेको नेदरल्यान्ड पनि यस पटकको विश्व कपमा छनोट हुन सकेन।
 



More News



ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल पोखरा प्रिमियर लिग (पिपिएल) टी–ट्वान्टी क्रिकेटको मेडिकल पार्टनर

Posted: 2018-10-15 15:49:11

सुनाखरी न्युज/ काठमाडौं - ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल पोखरामा पोखरा प्रिमियर लिग (पिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनरका रुपमा रहने भएको छ ।ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा आज आयोजित पत्रकार ...


राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफ क्लबलाई

Posted: 2018-10-14 11:18:53

सुनाखरी न्युज/ बागलुङ - नेपाल भलिबल सङ्घद्वारा बागलुङको गलकोटमा आयोजित २२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।आज भएको फाइलन खेलमा नेपाल पुलिस ...


ए डिभिजन लिग : हिमालयन शेर्पा र एपिएफ बराबरीमा

Posted: 2018-10-12 14:29:09

सुनाखरी न्युज/ काठमाडौं - सहिद स्मारक ’ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लब र नेपाल एपिएफ क्लबले बराबरी खेल्दै अंक बाढेका छन। शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल गोलरहित बराबरीमका सकिएको हो । ...


नेपालको शानदार प्रदर्शन, दुई ओभरमै हार्‍यो चीन

Posted: 2018-10-10 10:32:53

सुनाखरी न्युज/ काठमाडौं - आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रिय छनोट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ। मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा चीनको २७ रनको चुनौती नेपालले दास्रो ...


विश्वकप टी- ट्वान्टी छनोटः भुटान विरूद्द नेपालको फराकिलो जित, भुटान ३३ रनमा सिमित

Posted: 2018-10-09 11:48:10

सुनाखरी न्युज/ काठमाडौं - मलेसियामा जारी विश्वकप टी–ट्वान्टी छनोट क्रिकेटमा नेपालले लगातार चौथो जित हात पारेको छ । मलेसियाको बांगी मैदानमा नेपालले मंगलबार भुटानलाई १ सय १७ रनको फराकिलो अन्तरले ...


Advertisements