खेलकुद

पत्रकार मञ्चले हरेक वर्ष गर्दै आएको पल्सर अवार्ड आज

Posted: 2018-05-17 17:09:32

सुनाखरी न्यज/ काठमाडौ - नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस अवार्ड आज आयोजना गर्दै छ। २०७४ मा खेलाडीले गरेको प्रदर्शनका आधारमा छनोटमा परेका खेलाडी तथा प्रशिक्षकमध्येबाट उत्कृष्टलाई मञ्चले सम्मान गर्न लागकेो हो। अवार्ड आज २स्४५ बजेबाट आर्मी अफिसर क्लब भद्रकालीमा एक प्रतिष्ठित कार्यक्रमबीच वितरण गरिनेछ। आर्मी अफिसर्स क्लब, भद्रकालीमा आयोजना हुने अवार्डको १५औँ संस्करणमा विभिन्न आठ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गर्ने मञ्चले जनाएको छ। मञ्चले लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट र स्पेशल अवार्डको घोषणा कार्यक्रममै गरिनेछ भने वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा पिपुल्स च्वाइस र प्रशिक्षक विधामा ५(५ खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक गरिसकेको छ। पिपुल्स च्वाइस विधामा क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङ, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र भलिबलका मान बहादुर श्रेष्ठ रहेका छन्। त्यस्तै,  क्रिकेटका पारस खड्का र सन्दीप लामिछाने, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंक बहादुर कार्की वर्षका उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा पर्दा वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ रहेका छन्।  उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्रदान गरिने छ भने अन्य विधाका विजेतालाई ५० हजार नगद सहित गिफ्ट हेम्बर प्रदान गरिने आयोजकले जनाएको  छ।
 
 
त्यसैगरी, युवा खेलाडीमा क्रिकेटका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल रहेका छन्। वर्षका उत्कृष्ट प्रशिक्षकतर्फ क्रिकेटका जगत टमाटा र विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापामगर मनोनयनमा परेका छन् ।



More News



शिरीष पनि हिट चरणबाटै बाहिरिए

Posted: 2018-08-21 14:54:54

सुनाखरी न्युज/ काठमाडौं - इन्डोनेसियामा जारी १८औँ संस्करणको एसियन गेम्स अन्तर्गत पौडीमा नेपालका शिरीष गुरुङ हिट चरणबाट बाहिरिएका छन्। अन्य खेलाडी जस्तै शिरीषले पनि कुनै चमत्कार गर्न सकेनन्। ब्राजिलको रियो ...


नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले भने भारत, पाकिस्तानसँग खेल्ने सुनौलो अवसर हो खेर फाल्दैनौ

Posted: 2018-08-20 14:05:21

सुनाखरी न्युज/ काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अगष्ट २९ देखि मलेसियामा हुने एसिया कप छनौटले भारत र पाकिस्तानसँग खेल्ने सुनौलो अवसर प्रदान गर्ने भएकाले नेपालले अवसर खेल नफाल्ने विश्वास व्यक्त गरेका छन। छनौटको तयारीका लागि आज ...


क्रिकेट खेलाडीलाई सभामुख कृष्णबहादुर महराको विदाई

Posted: 2018-08-20 13:09:34

सुनाखरी न्युज/ काठमाडौं - प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले मलेसियामा आयोजना हुने एसीसी कप छनौंट प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई विदाई गरेका छन । सभामुख महराले सोमबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा ...


एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

Posted: 2018-08-19 14:03:43

सुनाखरी न्युज/ काठमाडौँ - आगामी भदौ ११ गतेदेखि मलेसियामा हुने एसिया कपको छनोटको लागि नेपाली टोलीको घोषणा भएको छ।बिनोद भण्डारी र सागर पुनलाई समेट्दै नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस ...


एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन आज , ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी हुन

Posted: 2018-08-18 16:18:15

काठमाडौँ– एशियाड खेलको उद्घाटन आज शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ ।नेपाली समयानुसार साँझ ६ः१५ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने .........


Advertisements