खेलकुद

आइसिसी विश्व ११ मा परे सन्दीप, मोर्गनको कप्तानीमा विश्व( ११ बाट खेल्ने

Posted: 2018-05-16 16:31:56

सुनाखरी न्युज / 
काठमाडौं - नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने विश्व( ११ का तर्फबाट वेस्ट इण्डिजविरुद्ध खेल्ने टोलीमा परेका छन । यही मे महिनाको ३१ तारिखमा विश्व( ११ र वेस्ट इण्डिजबीच टी(ट्वान्टी खेल हुँदैछ । वेस्ट इन्डिजसँग दुई हप्तापछि हुने टि(ट्वान्टी अन्तर्रा्ष्ट्रिय म्याचमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आइसिसीको विश्व ११ टोलीटोली बाट खेल्ने छन जेठ १७ गते इंग्ल्याण्डको लर्डसमा हुने खेलका आइसिसीले वेस्ट इन्डिज बाहेकका देशहरुबाट खेलाडीहरु छानेको छ।
 
 
बंगलादेशका अलराउण्डर सकिब उल हसनले पारिवारिक कारणले नाम फिर्ता लिएपछि उनको साटो सन्दीपले मौका पाउने भएका हुन । सन्दीपले खेल्ने टोलीको नेतृत्व इंग्लिस कप्तान इयान मोर्गनले गर्नेछन । टोलीमा सन्दीप र मोर्गनका अलावा शाहीद अफ्रिदी, तमिम इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याकक्लायनघन, सोहेब मलिक, हार्दिक पाण्डेय, थिसेरा परेरा, लुक रंकीलगायतका विश्व चर्चित खेलाडीहरु सामावेश हुने छन । 
 
 
म वेस्टइन्डिजविरूद्धको खेलमा आइसिसी विश्व ११ का लागि छनौट हुँदा आफूलाई भाग्यमानी ठानेको छु यो सारा देश र नेपाली क्रिकेट प्रेमीको सम्मान हो। साथै हामीहरू अन्तर्रा्ष्ट्रिय स्तर बनाउँदै गरेको हैसियतको संकेत हो टिममा परेपछि सन्दीपले भनेका छन। सन्दीप हाल आईपीएल खेल्न दिल्लीमा छन ।



More News



फिफाले निकालेको नयाँ वरीयतामा फेरबदल, नेपाल यथास्थानमा

Posted: 2018-08-17 09:56:25

सुनाखरी न्युज/ काठमाडौं - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको अगष्ट महिनाको नयाँ वरियतामा नेपाल यथावत रहेको छ। फिफाले बिहिबार निकालेको नयाँ वरीयता अनुसार नेपाल १ सय ६१ औं स्थानमा यथावत ...


स्पेनिस सुपर कपको उपाधि एथ्लेटिको मड्रिडले जित्यो, रियल मड्रिड स्तब्ध

Posted: 2018-08-16 13:11:27

सुनाखरी न्युज/ काठमाडौं - रियल मड्रिडलाई हराउँदै एथ्लेटिको मड्रिडले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । एस्टोनियाको टेलिनमा गएराति भएको फाइनलमा एथ्लेटिको मड्रिडले छिमेकी क्लब रियल मड्रिडलाई अतिरिक्त समयमा ...


नेपाली क्रिकेटरलाई राष्ट्रपतिको बधाइ

Posted: 2018-08-15 10:47:45

सुनाखरी न्युज/ काठमाडौं - नेडरल्यान्डमा एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेको राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा भेट गरी मंगलबार बधाइ दिएकी छिन । भण्डारीले नेपाली क्रिकेटर लाई निवास मै बोलाएर दिवाभोजको आयोजना गरेकी हुन । ...


तीन नेपाली क्रिकेटर आईसीसी वान डे वरीयतामा समावेश

Posted: 2018-08-14 11:13:29

सुनाखरी न्युज/ काठमाडौं - पहिलो अन्तर्रा्ष्ट्रिय एकदिवसीय प्रतियोगिता खेलेलगत्तै नेपाली खलाडी वरीयतामा समावेश भएका छन्। अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिलले सोमबार सार्वजनिक गरेको वरीयतामा नेपालका युवा लेग स्पिनर ...


बार्सिलोनाले चुम्यो स्पेनिस सुपरकपको उपाधि

Posted: 2018-08-13 10:03:53

सुनाखरी न्युज/एजेन्सी - बार्सिलोनाले स्पेनीस सुपरकपको उपाधिमा १३ औं पटक कब्जा जमाएको छ। जितसँगै बार्सिलोनाले सिजनको पहिलो उपाधि समेत घरमा भित्र्याउन सफल भएको छ। सोमबार बिहान भएको खेलमा स्पेनिस जाइन्ट ...


Advertisements