खेलकुद

रंगशालामा ‘नेपाली म्याराडोना’को बिदाई, यसरी भक्कानिए शुभेच्छुक

Posted: 2018-05-15 16:20:26

 
सुनाखरी न्युज/
काठमाडौं– दिवंगत फुटबलर मणि शाहको आज पशुपति आर्यघाटमा अन्त्योष्टि गरिँदै छ । उनको उपचारको क्रममा सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।  
 
शाहको पार्थिव शरीर  श्रद्धाञ्जलीका लागि मंगलबार बिहान दशरथ रंगशालामा राखिएको थियो । नेपाली फुटबलमा ‘म्याराडोना’को छवि बनाएका शाहलाई अन्तिम श्रद्धाञ्जली दिन कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता माधव नेपाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्ट,  प्रदेश नम्बर तीनकी प्रदेश प्रमुख अनुराधा कोइरालासहित आफन्त र शुभेच्छुक रंगशाला पुगेका थिए । 
 
उनलाई अन्तिम श्रद्धाञ्जली दिने क्रममा शुभेच्छुक र आफन्त भावुक बन्न पुगेका थिए । 
 
५१ बर्षको उमेरमा शाहको निधन भएसँगै नेपाली फुटबलले एक ‘हस्ती’ लाई गुमाएको छ । 
 
सन् १९९३ मा बंगलादेशको ढाकामा भएको साफमा नेपाल विजयी भएको थियो । जसमा फरवार्ड मणिको भूमिका महत्वपूर्ण थियो । एशियाली खेलकुदमा सन् १९९८ मा राष्ट्रिय झण्डा बोकेर टिमकै नेतृत्व गरेर सहभागी भएका उनी एशियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने एकमात्र फुटबलर हुन् ।



More News



ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल पोखरा प्रिमियर लिग (पिपिएल) टी–ट्वान्टी क्रिकेटको मेडिकल पार्टनर

Posted: 2018-10-15 15:49:11

सुनाखरी न्युज/ काठमाडौं - ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल पोखरामा पोखरा प्रिमियर लिग (पिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनरका रुपमा रहने भएको छ ।ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा आज आयोजित पत्रकार ...


राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफ क्लबलाई

Posted: 2018-10-14 11:18:53

सुनाखरी न्युज/ बागलुङ - नेपाल भलिबल सङ्घद्वारा बागलुङको गलकोटमा आयोजित २२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।आज भएको फाइलन खेलमा नेपाल पुलिस ...


ए डिभिजन लिग : हिमालयन शेर्पा र एपिएफ बराबरीमा

Posted: 2018-10-12 14:29:09

सुनाखरी न्युज/ काठमाडौं - सहिद स्मारक ’ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लब र नेपाल एपिएफ क्लबले बराबरी खेल्दै अंक बाढेका छन। शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल गोलरहित बराबरीमका सकिएको हो । ...


नेपालको शानदार प्रदर्शन, दुई ओभरमै हार्‍यो चीन

Posted: 2018-10-10 10:32:53

सुनाखरी न्युज/ काठमाडौं - आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रिय छनोट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ। मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा चीनको २७ रनको चुनौती नेपालले दास्रो ...


विश्वकप टी- ट्वान्टी छनोटः भुटान विरूद्द नेपालको फराकिलो जित, भुटान ३३ रनमा सिमित

Posted: 2018-10-09 11:48:10

सुनाखरी न्युज/ काठमाडौं - मलेसियामा जारी विश्वकप टी–ट्वान्टी छनोट क्रिकेटमा नेपालले लगातार चौथो जित हात पारेको छ । मलेसियाको बांगी मैदानमा नेपालले मंगलबार भुटानलाई १ सय १७ रनको फराकिलो अन्तरले ...


Advertisements