खेलकुद

विश्वकपसम्म ठीक होलान् कि नहोलान नेमार ?

Posted: 2018-05-25 07:49:07

 
सुनाखरी न्युज/
 काठमाडौं -
विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका ब्राजिलियन स्टार स्ट्राइकर नेमार आगामी जुन १४ देखि रसियामा हुने विश्वकप फुटबलसम्म मैदान र्फकने कसरतमा लागेका छन् ।
 
फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट क्लब फुटबल खेल्ने नेमार गएको फेबु्रअरीको अन्तिम समयदेखि चोटका कारण मैदानबाहिर छन् । मैदानबाहिर लामो समय रहेर पनि फ्रेन्च प्लेयर अफ द इयर अवार्ड जितेका उनी विश्वकपका लागि ब्राजिलको अन्तिम २३ जनाको टोलीमा पनि संलग्न छन् ।
 
विश्वकपसम्म फिट हुने आशमा उनी अहिले हरेक दिन कडा मेहनत गरिरहेका छन् । उनको स्वास्थ्य प्रगति सोचेको भन्दा राम्रो भइरहेको ब्राजिल राष्ट्रिय टिमका फिजिकल ट्रेनरले बताएका छन् । उनले अलि अलि गर्दै नेमार फिट हुँदै गएको र यसमा सहज हुने गरी काम गरिरहेको बताएका छन् ।
 
स्वीट्जरल्याण्ड, कोस्टारिका, सर्बियासँगै विश्वकपको समूह ‘ई’मा रहेको ब्राजिलले पहिलो खेल १७ जुनमा स्वीट्जरल्याण्डसँग खेल्नेछ ।
 
गएको विश्वकपमा ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७(१ ले पराजित भएको थियो । यसपटक त्यो हारबाट बाहिर निस्किएर ऐतिहासिक उपाधि उचाल्न नेमार महत्वपूर्ण रहेका छन् । त्यसबेला क्वाटरफाइनलमा कोलम्बियालाई २–१ ले हराएको खेलमा नेमार घाइते भएका थिए ।



More News



विश्वकपसम्म ठीक होलान् कि नहोलान नेमार ?

Posted: 2018-05-25 07:49:07

सुनाखरी न्युज/ काठमाडौं - विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका ब्राजिलियन स्टार स्ट्राइकर नेमार आगामी जुन १४ देखि रसियामा हुने विश्वकप फुटबलसम्म मैदान र्फकने कसरतमा लागेका छन् । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट क्लब फुटबल खेल्ने नेमार गएको फेबु्रअरीको अन्तिम समयदेखि चोटका कारण मैदानबाहिर छन् । ...


’स्टार’ खेलाडीको जमघटले फ्रान्स पनि विश्वकपको प्रबल दाबेदार

Posted: 2018-05-24 15:55:18

सुनखरी न्युज/ काठमाडौं – मसान्तमा रुसमा यहीशुरु हुन गइरहेको फूटबल विश्वकपमा फ्रान्स पनि उपाधिको बलियो दाबेदार हो । यसका खेलाडीहरू निकै प्रतिभाशाली छन् । सन् १९९८ मा गृहमैदानमा फ्रान्स विश्वविजेता बनेको थियो भने सन् २००६ मा ऊ इटालीसँग फाइनलमा हार्न पुग्यो ।...


सन्दीपको अष्ट्रेलियाको ‘बिग बास’ मा खेल्ने

Posted: 2018-05-24 07:46:05

सुनाखरी न्युज/ अष्ट्रेलिया — इन्डियन प्रिमियर लिग (आईपीएल) लगत्तै क्यारेबियन लिगमा अनुबन्ध भएका सन्दीप लामिछानेले अष्ट्रेलियाको सबैभन्दा ठुलो क्रिकेट लिग ‘बिग बास’ मा आउने सम्भावना बढेको छ । आईपीएलमा देखाएको प्रदर्शनले सन्दीपलाई ठुलो फ्रेन्चाइज प्रतियोगिताहरुमा खेल्नलाई ढोका खोलिदिएको हो । ...


दिल्लीमा सन्दीपको ‘दस्तक’

Posted: 2018-05-21 17:04:33

सुनाखरी न्युज/ काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) मा छानिएर इतिहास रचेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आफूलाई उत्कृष्ट प्रमाणित गरेर फर्किँदै छन्। विश्व क्रिकेटको कुम्भमेलामा लामिछानेले आफूलाई मात्र उत्कृष्ट साबित गरेनन्, नेपाली क्रिकेटरको सीप र क्षमताबारे क्रिकेट जगतलाई नयाँ सन्देश दिए( नेपाल पनि क्रिकेटको उर्वर भूमि हो।...


सन्दीपआईपीएलमा लगातार तेस्रो खेल खेल्दै

Posted: 2018-05-20 20:51:10

सुनाखरी न्युज/ काठमाडौँ — नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार तेस्रो खेलमा सहभागिता जनाउँदै छन् । दिल्ली डेयरडेभिल्सले उनलाई मुम्बई इन्डियन्ससँगको खेलमा उतार्ने भएपछि सन्दीपले पछिल्ला तीन खेल खेल्न लागेका हुन् ।...


Advertisements