विशेष

शिभम् सिमेन्ट उद्योगको प्रदुषणविरुद्ध जाग्दै स्थानिय जनता

 
सुनाखरी न्युज/
काठमाडौं-
शिभम् सिमेन्ट उद्योग विरुद्ध स्थानिय वासी जाग्न थालेका छन् । सो उद्योगले स्थानियवासिको स्वास्थ्यमा समेत कुनै ख्यालनगरी जथाभावीरुपमा प्रदुषण गरेको भन्दै स्थानिय जनता उद्योग विरुद्ध उत्रन लागेका हुन्  । 
शिवम् सिमेन्ट उद्योगको हेटौडाको हटियामा विशाल फैक्ट्री छ, जसमा सिमेन्टको क्लीङ्कर तयार गर्ने तथा पिध्ने काम हुन्छ । सिमेन्ट उत्पादनको लागि यी दुई महत्वपूर्ण काम समेत हुन् । अब आफै विचार गर्नुहोला । दैनिक बार्षिक करोड बोराभन्दा बढि सिमेन्ट बिक्री गर्ने शिवम् सिमेन्टको हटियास्थित सो उद्योगमा दैनिक २५ हजार बोरा भन्दा बढि सिमेन्ट उत्पादन हुँदै आएको छ । रातिको समयमा सिमेन्टको क्लीङकर पिँध्ने काम हुँदा वरपरका बासिन्दा सुत्न नसकेको, धुलोका कारण प्राणघातक क्यान्सर जस्ता रोगहरुको सिकार हुन पुगेका छन् । पीडित स्थानीयबासीलाई सिमेन्ट उद्योगले प्रदुषण न्यूनिकरण गर्ने प्रतिबद्धता पटक पटक गर्दै आएको भएपनि राजनीतिक दल, स्थानीय युवाहरुलाई परिचालन गरेर वातावरण प्रदुषण सम्बन्धी आवाज उठाउन नदिई सेटिङ गर्दै आएको छ । 
स्थानीय गुण्डाहरु परिचालन गर्ने, सो बापत दैनिक भत्ता दिई कोही उद्योगका विरुद्धमा गाउँमा बोल्ने गरेको छ वा छैन भनि सुराकी गर्न लगाउने कार्य सो उद्योगका प्रबन्ध निर्देशक रघुनन्दन मारु सक्रिय छन् । वातावरण प्रदुषण गर्ने सिमेन्ट उद्योगको संरक्षणको लागि गुण्डा परिचालन गर्दै आएको शिवम् सिमेन्टलाई विभिन्न पार्टीको नेताहरुको  समेत साथ र सहयोग रहेको छ । सिमेन्ट उद्योगका अध्यक्ष सुरेन्द्र गोयल, प्रबन्ध निर्देशक मारुसहितको टोलीले नेताहरुलाई पटक पटक निर्वाचन खर्च बापत करोडौं रुपैयाँ चन्दा दिएको चर्चा हटियामा अझै सेलाएको छैन । हरेक राजनीतिक पार्टीहरुलाई प्रभावित पार्न माहिर बनेका सिमेन्ट उद्योगका सञ्चालक तथा प्रबन्ध निर्देशक मारुले केही पत्रकारहरुलाई विदेश भ्रमण समेत गराएर आफ्नो पक्षमा राम्रो प्रचार गर्न लगाउने गरेका छन् । 
आफ्नो गल्ती सुधार गरेर सर्वसधारणसँग नजिकको सम्बन्ध विकास गरेर निर्वाध उद्योग सञ्चालन गर्नुको साटो उल्टै गुण्डा परिचालन गर्ने, प्रहरीलाई पैसा खुवाएर आवाज उठाउनेलाई थुन्ने जस्ता कार्य गर्नुले हटियाको शिवम् सिमेन्ट उद्योग कुनै पनि बेला अप्ठेरोमा पर्न सक्ने पीडित स्थानीयबासीको भनाई छ । झण्डै एबक दशक अघि स्थापाना भएको उद्योगले स्थानीयबासीलाई चर्को प्रदुषणको मारमा पार्दै आएको भएपनि प्रदुषण नियन्त्रण सम्बन्धमा कुनै पनि काम गरेको छैन । स्थानीय सडकमा ठूला ट्रक गुडाएपछि उडेको धुलो नियन्त्रणको लागि दिउँसोको समयमा ट्याक्टरद्वारा पानी हाल्ने गरिएको भएपनि रातिको समयमा अत्याधिक मात्रामा धुलो उड्ने र सर्वसधारणलाई थप सास्ती हुने गरेको छ । 
सिमेन्ट उद्योगबाट दैनिक उत्सर्जन भइरहेको प्रदुषणका कारण स्थानीयबासीले सागसब्जीमा धुलो बसेर खानै नहुने समस्या भोगेका छन् भने पिउने पानी समेत प्रदुषित भएको छ । उद्योगबाट उत्सर्जन भएको कार्वनका कारण हटिया, हर्नामाडी, गंगटे, चुच्चेखोला, राजदेवीसम्मका स्थानीयबासी प्राणघातक क्यान्सरको जोखिममा परेका छन् । हटियास्थित सिमेन्ट उद्योगले गरेको प्रदुषण नियन्त्रण गर्नुको साटो उल्टै पीडितलाई राज्यको निकायहरुलाई आर्थिक प्रभावमा पारेर दमन गर्ने शिवम् सिमेन्टलाई कुन कानुनका धाराले छुट दियो गम्भिर प्रश्न चिन्ह खडा भएको छ । 
हालको आमभन्ज्याङमा रहेको खानी क्षेत्रको वनमा अबैध रुपमा रुख कटान गरेको फेला परेपछि जिल्ला वन कार्यालयले प्रहरीलाई पक्राउ गर्न पुर्जी जारी गरेको आधारमा प्रहरीले गत मंसिर २८ गते पक्राउ ग¥यो । तर, जिल्ला प्रहरी कार्यालय मकवानपुरले वनको पत्रको आधारमा पक्राउ परेका मारुलाई नियम अनुसार प्रहरी हिराशतमा राख्नुपर्ने थियो, तर त्यसो गरेन । रुख कटान जस्तो जघन्य अपराधका अभियुक्तलाई उन्मुक्ति दिइयो । हटिया क्षेत्रका उद्योगका कारण प्रदुषणका चेपटामा परेका जनताले कहिले न्याय पाउँछन् अनि वनको स्वीकृतिबिना रुख कटाउन गर्ने कार्यमा संलग्न अभियुक्तहरुलाई अपराध अनुसारको दण्ड सजाय नदिँदा कानुनी राज्यको उपहास भएको छ । सो सिमेन्ट उद्योगको  गुणस्तरको बारेमा परेका उजुरी सम्वन्धी सामाग्रि आमी अर्को इस्युमा पस्कने छौं । 
 



More Specials



शेयरमा गुम्यो ७ खर्ब २२ अर्ब, अव के होला ?

सुनाखरी न्युज/ काठमाडौं - पछिल्लो २८ महिनामा शेयर बजार लगातार ओरालो लागिरहेको छ । शेयर बजार परिसूचक (नेप्से) ४० प्रतिशतको हाराहारीमा घटेको छ र लगानीकर्ताले ७ खर्ब २२ अर्ब रुपैयाँ गुमाएका छन् । २०७३ साउन १३ गते हालसम्मकै उच्च २० खर्ब ७० अर्ब रुपैयाँ रहेको नेप्से १३ खर्ब ४८ अर्ब रुपैयाँमा झरेको छ । कारोबारले नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षमा ६ खर्ब ३७ अर्ब रुपैयाँ लगानी गर्ने ‘कर्पोरेट योजना’ तयार पारेको छ । यसमा ४ खर्ब ३७ अर्ब दाता र वित्तीय संस्थाको हुनेछ । ऊर्जाका विषयमा नेपाल र बंगलादेशबीच आज छलफल हुँदैछ । कारोबारले प्रदेश सरकार मातहतका १० करोड रुपैयाँ भन्दा माथिका आयोजनालाई र स्थानीय सरकार मातहतका ५० लाख रुपैयाँ भन्दा माथिका आयोजनालाई समपूरक र विशेष अनुदान दिइने गरी कार्य्विधि कार्यान्वयनमा आएको छ । ...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम अघि बढ्यो

सुनाखरी न्युज/ काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रिह्याबिलिटेसन’को प्रक्रिया अघि बढेको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पोरेसनसँग भोलि सोमबार निर्माण सम्झौता हुने भएको हो । उक्त आयोजनाबारे आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) उच्च अधिकारीबीच प्रस्तुतीकरण गरिएको थियो । मन्त्री अधिकारीसहित सञ्चारकर्मीको टोलीले क्यानअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले गरिरहेको कामको स्थलगत अवलोकनसमेत गरेको थियो । ...


शिभम् सिमेन्ट उद्योगको प्रदुषणविरुद्ध जाग्दै स्थानिय जनता

सुनाखरी न्युज/ काठमाडौं- शिभम् सिमेन्ट उद्योग विरुद्ध स्थानिय वासी जाग्न थालेका छन् । सो उद्योगले स्थानियवासिको स्वास्थ्यमा समेत कुनै ख्यालनगरी जथाभावीरुपमा प्रदुषण गरेको भन्दै स्थानिय जनता उद्योग विरुद्ध उत्रन लागेका हुन् । शिवम् सिमेन्ट उद्योगको हेटौडाको हटियामा विशाल फैक्ट्री छ, जसमा सिमेन्टको क्लीङ्कर तयार गर्ने तथा पिध्ने काम हुन्छ । सिमेन्ट उत्पादनको लागि यी दुई महत्वपूर्ण काम समेत हुन् । अब आफै विचार गर्नुहोला । दैनिक बार्षिक करोड बोराभन्दा बढि सिमेन्ट बिक्री गर्ने शिवम् सिमेन्टको हटियास्थित सो उद्योगमा दैनिक २५ हजार बोरा भन्दा बढि सिमेन्ट उत्पादन हुँदै आएको छ ।...


घोराही सिमेन्टको उत्पादन बन्द

सुनाखरी न्युज/ दाङ - घोराही सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ। गोग्लीस्थित घोराही सिमेन्ट उद्योगबाट उत्पादित ओपिसी सिमेन्ट ‘गुणस्तरहीन’ रहेको आरोप लागेपछि अध्ययनका लागि स्थानीय प्रशासनले उद्योगको उत्पादन बन्द गराएको हो। उत्पादित सिमेन्ट ‘गुणस्तरहीन’ रहेको भन्दै साउन १६ गते बिक्री बितरण रोक्न आग्रह गरी बर्दिया जिल्ला प्रशासन कार्यालयले दाङलाई पत्राचार गरेको थियो। जिल्ला प्रशासन कार्यालय दाङका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले तीन÷चार दिनदेखि उत्पादन रोकेको जानकारी उद्योगले दिएको बताए। गुणस्तर तथा नापतौल विभागका पदाधिकारी घोराही (सगरमाथा) सिमेन्टमा बुधवार आउने भएपछि उद्योगले मंगलबार मात्रै उत्पादन बन्द गरेको स्रोतले बताएको छ।...


वर्तमान सत्ता हिंसात्मक र घृणात्मक प्रवृत्तिप्रति नरम अनि स्वतन्त्रता र सत्याग्रहीहरुप्रति क्रूर बन्दै गएको छ 

कृष्ण पहाडी/ काठमाडौँ — कुनै एक विख्यात विद्वानसँग सुन्दर स्त्रीले विवाह प्रस्ताव राखिन् । विद्वानले कारण जान्न खोजे । ‘मेरो कोखबाट तपाईँजस्तो विद्वान र मजस्तो सुन्दर सन्तान जन्मिनेछ,’ सुन्दरीको यस्तो तर्क सुनेर विद्वानले अर्को सम्भावना औंल्याए । तर मेरोजस्तो रूप र तपाईको जस्तो विचार भएको सन्तान जन्मियो भने के गर्ने ? सन्दर्भ दुइटा कम्युनिष्ट पार्टीहरू एमाले र माओवादी केन्द्रको एकतापश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मूल चरित्रको हो । एकता पश्चात कसै–कसैले ठानेका थिए, एकीकृत पार्टी एमालेजस्तो लोकतान्त्रिक र माओवादीको जस्तो ऊर्जाले भरिभराउ हुनेछ ।...


Advertisements