विशेष

घोराही सिमेन्टको उत्पादन बन्द

 
सुनाखरी न्युज/
दाङ -
घोराही सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ। गोग्लीस्थित घोराही सिमेन्ट उद्योगबाट उत्पादित ओपिसी सिमेन्ट ‘गुणस्तरहीन’ रहेको आरोप लागेपछि अध्ययनका लागि स्थानीय प्रशासनले उद्योगको उत्पादन बन्द गराएको हो।
 
उत्पादित सिमेन्ट ‘गुणस्तरहीन’ रहेको भन्दै साउन १६ गते बिक्री बितरण रोक्न आग्रह गरी बर्दिया जिल्ला प्रशासन कार्यालयले दाङलाई पत्राचार गरेको थियो। जिल्ला प्रशासन कार्यालय दाङका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले तीन÷चार दिनदेखि उत्पादन रोकेको जानकारी उद्योगले दिएको बताए।
 
गुणस्तर तथा नापतौल विभागका पदाधिकारी घोराही (सगरमाथा) सिमेन्टमा बुधवार आउने भएपछि उद्योगले मंगलबार मात्रै उत्पादन बन्द गरेको स्रोतले बताएको छ।
 
दाङका निमित्त प्रमुख जिल्ला अधिकारी आचार्यले आफुले साउन १६ गते नै बर्दिया बाट पत्र प्राप्त हुनासाथ घोराही सिमेन्ट उद्योगलाई पत्रचार गरेको जानकारी दिए। तर उद्योगले भने यसअघि प्रशासनको पत्र नआएको भन्दै उत्पादन जारी राखेको थियो।
 
उद्योगले प्रशासनलाई अटेरी गर्दै आए पनि सिमेन्टबारे ‘गुणस्तर’ अनुसन्धान गर्न गुणस्तर विभागबाटै प्राविधिक टोली आउन लागेको थाहा पाएपछि मात्रै उद्योगले उत्पादन रोकेको हो।
 
सिमेन्ट ‘गुणस्तरहिन’ रहेको बारे अनुसन्धान गर्न बुधवार गुणस्तर तथा नापतौल विभागका निर्देशक मनोजकुमार उपाध्याय र मेकानिक ईञ्जिनियर उमेश यादवसहितको टोली दाङ आइपुगेको दाङका निमित्त प्रजिअ आचार्यले बताए।
 
‘बर्दियाबाट अचानक पत्र आउँदा हामीलाई पनि आश्चर्य लाग्यो, हामीले त्यसै दिन गृह मन्त्रालयलाई प्राविधिक पठाई दिन पत्राचार ग¥यौँ’ उनले भने ‘बुधबार निर्देशक सहितको टोली आएको छ।’
 
उनले घोराही सिमेन्ट बाट उत्पादित ओपिसी सिमेन्टको नमुना सुरक्षित राखेको जानकारी दिँदै विभागको अनुसन्धानबाट प्राप्त नतिजाको आधारमा अगाडि बढ्ने जानकारी दिए। ‘यदी गुणस्तरमा कमजोरी पाइएमा हामी एक्सनमा उत्रन्छौँ’ उनले भने।
 
जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार जेठ ३१ गते बजार अनुगमनको क्रममा सगरमाथा ब्राण्डको ओपिसी सिमेन्ट नमुना परिक्षणका लागि गुणस्तर तथा नापतौल विभागमा पठाएको र विभागबाट ‘गुणस्तरहिन’ भएको प्रतिवेदन आएको थियो। सो प्रतिवेदनपछि उत्पादन रोक्न भनिइएको थियो।
 
यसैबीच जिल्ला प्रशासन कार्यालय दाङलाई साउन १६ गते पत्र प्राप्त भएपनि साउन १७ गते उद्योगबाट उत्पादित सिमेन्टलाई उद्योग परिसरमै परीक्षण गर्ने तयारीका लागि शिलबन्दी गरेर राखेको छ।
 
‘हामी सिमेन्टका विषयमा जानकार निकाय हैनौँ, बाहिर राख्दा परीक्षणमै फेरि समस्या आउन सक्ने भएकाले उद्योगमै नमुना शिलबन्दी गरेर राखेका हौँ’ निमित्त प्रजिअ आचार्यले भने।
 
आचार्यले सिमेन्टको स्टक उद्योगमा नहुँदा दाङको तुलसीपुर क्षेत्रबाट साउन १७ गते बजारको सिमेन्टलाई उद्योगमै ल्याएर शिलबन्दी गरेको जानकारी दिए।
 
यसअघि परीक्षण भएको सिमेन्ट पुरानो स्टक हुन सक्ने वा भण्डारण गर्ने स्थान उपयुक्त नहुँदा गुणस्तर खस्किएको हुन सक्ने दाबीका साथ उद्योगले आफ्नो बचाउ गर्दै आएको छ।



More Specials



शेयरमा गुम्यो ७ खर्ब २२ अर्ब, अव के होला ?

सुनाखरी न्युज/ काठमाडौं - पछिल्लो २८ महिनामा शेयर बजार लगातार ओरालो लागिरहेको छ । शेयर बजार परिसूचक (नेप्से) ४० प्रतिशतको हाराहारीमा घटेको छ र लगानीकर्ताले ७ खर्ब २२ अर्ब रुपैयाँ गुमाएका छन् । २०७३ साउन १३ गते हालसम्मकै उच्च २० खर्ब ७० अर्ब रुपैयाँ रहेको नेप्से १३ खर्ब ४८ अर्ब रुपैयाँमा झरेको छ । कारोबारले नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षमा ६ खर्ब ३७ अर्ब रुपैयाँ लगानी गर्ने ‘कर्पोरेट योजना’ तयार पारेको छ । यसमा ४ खर्ब ३७ अर्ब दाता र वित्तीय संस्थाको हुनेछ । ऊर्जाका विषयमा नेपाल र बंगलादेशबीच आज छलफल हुँदैछ । कारोबारले प्रदेश सरकार मातहतका १० करोड रुपैयाँ भन्दा माथिका आयोजनालाई र स्थानीय सरकार मातहतका ५० लाख रुपैयाँ भन्दा माथिका आयोजनालाई समपूरक र विशेष अनुदान दिइने गरी कार्य्विधि कार्यान्वयनमा आएको छ । ...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम अघि बढ्यो

सुनाखरी न्युज/ काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रिह्याबिलिटेसन’को प्रक्रिया अघि बढेको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पोरेसनसँग भोलि सोमबार निर्माण सम्झौता हुने भएको हो । उक्त आयोजनाबारे आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) उच्च अधिकारीबीच प्रस्तुतीकरण गरिएको थियो । मन्त्री अधिकारीसहित सञ्चारकर्मीको टोलीले क्यानअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले गरिरहेको कामको स्थलगत अवलोकनसमेत गरेको थियो । ...


शिभम् सिमेन्ट उद्योगको प्रदुषणविरुद्ध जाग्दै स्थानिय जनता

सुनाखरी न्युज/ काठमाडौं- शिभम् सिमेन्ट उद्योग विरुद्ध स्थानिय वासी जाग्न थालेका छन् । सो उद्योगले स्थानियवासिको स्वास्थ्यमा समेत कुनै ख्यालनगरी जथाभावीरुपमा प्रदुषण गरेको भन्दै स्थानिय जनता उद्योग विरुद्ध उत्रन लागेका हुन् । शिवम् सिमेन्ट उद्योगको हेटौडाको हटियामा विशाल फैक्ट्री छ, जसमा सिमेन्टको क्लीङ्कर तयार गर्ने तथा पिध्ने काम हुन्छ । सिमेन्ट उत्पादनको लागि यी दुई महत्वपूर्ण काम समेत हुन् । अब आफै विचार गर्नुहोला । दैनिक बार्षिक करोड बोराभन्दा बढि सिमेन्ट बिक्री गर्ने शिवम् सिमेन्टको हटियास्थित सो उद्योगमा दैनिक २५ हजार बोरा भन्दा बढि सिमेन्ट उत्पादन हुँदै आएको छ ।...


घोराही सिमेन्टको उत्पादन बन्द

सुनाखरी न्युज/ दाङ - घोराही सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ। गोग्लीस्थित घोराही सिमेन्ट उद्योगबाट उत्पादित ओपिसी सिमेन्ट ‘गुणस्तरहीन’ रहेको आरोप लागेपछि अध्ययनका लागि स्थानीय प्रशासनले उद्योगको उत्पादन बन्द गराएको हो। उत्पादित सिमेन्ट ‘गुणस्तरहीन’ रहेको भन्दै साउन १६ गते बिक्री बितरण रोक्न आग्रह गरी बर्दिया जिल्ला प्रशासन कार्यालयले दाङलाई पत्राचार गरेको थियो। जिल्ला प्रशासन कार्यालय दाङका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले तीन÷चार दिनदेखि उत्पादन रोकेको जानकारी उद्योगले दिएको बताए। गुणस्तर तथा नापतौल विभागका पदाधिकारी घोराही (सगरमाथा) सिमेन्टमा बुधवार आउने भएपछि उद्योगले मंगलबार मात्रै उत्पादन बन्द गरेको स्रोतले बताएको छ।...


वर्तमान सत्ता हिंसात्मक र घृणात्मक प्रवृत्तिप्रति नरम अनि स्वतन्त्रता र सत्याग्रहीहरुप्रति क्रूर बन्दै गएको छ 

कृष्ण पहाडी/ काठमाडौँ — कुनै एक विख्यात विद्वानसँग सुन्दर स्त्रीले विवाह प्रस्ताव राखिन् । विद्वानले कारण जान्न खोजे । ‘मेरो कोखबाट तपाईँजस्तो विद्वान र मजस्तो सुन्दर सन्तान जन्मिनेछ,’ सुन्दरीको यस्तो तर्क सुनेर विद्वानले अर्को सम्भावना औंल्याए । तर मेरोजस्तो रूप र तपाईको जस्तो विचार भएको सन्तान जन्मियो भने के गर्ने ? सन्दर्भ दुइटा कम्युनिष्ट पार्टीहरू एमाले र माओवादी केन्द्रको एकतापश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मूल चरित्रको हो । एकता पश्चात कसै–कसैले ठानेका थिए, एकीकृत पार्टी एमालेजस्तो लोकतान्त्रिक र माओवादीको जस्तो ऊर्जाले भरिभराउ हुनेछ ।...


Advertisements