विशेष

कतै तपाँइँकोपनि दुईथरी ब्यालेन्स सीट त छैन ? शंकास्पद करदाताको यसरी गर्दैछ सरकारले अनुसन्धान !

 
सुनाखरी न्युज/
काठमाडौं-
 
नेपाल राष्ट्र बैंकको संयोजनमा कर कार्यालय र वित्तीय संस्थाबीच सूचना आदान प्रदान गर्ने ःवचालित संयन्त्र बनाउने योजना अर्थमन्त्री खतिवडाले अघि सारेका छन् । यसरी सूचना आदान(प्रदान गर्दा कम आकारको वासलातलाई बढाएर ठूलो बनाएर ऋण दिइने जोखिम न्यूनीकरण हुने र कर कार्यालयमा कमजोर वासलात देखाएर राजःव छली गर्ने प्रवृत्ति एकैपटक अन्त्य गर्ने गरी खतिवडाले अस्त्र चलाएका हुन्।
केही साताअगाडि पोस्ट बजेट डिस्कसन’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध एक व्यवसायीले भने, ’कर कार्यालय र बैंकबीच सूचना आदान-प्रदान गर्ने व्यवस्थाले व्यवसायीलाई अफ्ठ्यारोमा पार्छ। यो व्यवःथा हुन भएन।’
 
ड्यासमा बसेका राजःव सचिव शिशिरकुमार ढुंगानाले जवाफ फर्काए, व्यावसायिक प्रतिष्ठानले दुईथरी वित्तीय विवरण बनाउनै पाइँदैन। यदि कसैले त्यसको गरेको रहेछ भने अब सरकारले छाड्दैन। तपाईंहरु पनि तयार रहनुस्।
 
आफू नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा ’फ्लोर’ गरेको वित्तीय सूचना आदान(प्रदान प्रणाली ःथापित गर्न अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अघि बढाएर खतिवडाले बजेटमार्फत भनेका छन्, ’वित्तीय पारदर्शिताका लागि व्यवसायीहरुले कर प्रशासनमा पेश गरेको वित्तीय विवरण र बैंक तथा वित्तीय संःथामा पेश गरेको वित्तीय विवरणको सूचना आदान(प्रदान गर्ने ःवचालित प्रणालीको विकास गरिनेछ।’
 
कर कार्यालयमा नोक्सानको र बैंक तथा वित्तीय संःथामा नाफाको गरी दुई किसिमका वासलात बुझाएर राजःव छली भइरहेको आशंकामा अर्थमन्त्री खतिवडाले यो हतियार चलाएका हुन्। खतिवडाको यो ’एक्सन’ले सबै व्यवसायीलाई झःकाएको छ। व्यवसायीहरुले प्रत्यक्षरअप्रत्यक्ष रुपमा यो नीति कार्यान्वयन गराउन नहुने पक्षमा लबिङ थालेका छन्।
राजस्व प्रशासन र नेपाल राष्ट्र बैंकको उच्च नेतृत्वबीच यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा अनौपचारिक छलफल भइरहेको छ।
 
दुवै निकायका उच्च अधिकारीहरु संलग्न छलफलमा केन्द्रीय बैंकले राजःवलाई सूचना दिने कि राजःवले केन्द्रीय बैंकलाई सूचना उपलब्ध गराउने भन्ने टुंगो समेत लागेको छैन। ’बजेटमा आएको यो विषय कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर हामीले हेरिरहेका छौँ, छलफल पनि भइरहेको छ,’ एक अधिकारीले भने, ’कसरी सूचना दिने र कुन कुन किसिमका सूचना दिने भन्ने नै अझै यकिन भइसकेको छैन।’
 
आन्तरिक राजस्व विभागका अधिकारीहरुले सबै करदाताको विवरण लिने भन्दा पनि शंकाःपद करदाताबाट यसको परीक्षण अघि बढाउने योजना अघि बढाएको छ। करदाताले कर कार्यालयमा दिएको विवरणमा शंका लागेमा त्यसलाई विभागसमक्ष पठाउने र विभागले केन्द्रीय बैंकबाट थप वित्तीय विवरण मगाएर अनुसन्धान गर्ने गरी कार्यान्वयनको तयारी थालिएको स्रोतको दावी छ।
 
सम्पत्ति शुद्धिकरणको शंका निवारण हुन्छ?
सूचना आदान(प्रदान हुँदा गलत हिसाबबाट पैसा आर्जन गरी बैंक तथा वित्तीय संःथामा राख्ने व्यक्ति तथा संःथामाथि अनुसन्धान गर्न सजिलो हुने विश्वास अर्थ मन्त्रालयका अधिकारीहरुको छ।
 
अहिले पनि सम्पत्ति शुद्धिकरण र राजःव अनुसन्धान विभागले मागेको अवःथामा केन्द्रीय बैंकमार्फत व्यक्तिगत तथा संःथागत विवरण उपलब्ध गराइँदै आएकोमा स्वचालित सूचना प्रणालीले कारबाही प्रक्रिया थप सहज बनाउने विश्वास अर्थका अधिकारीहरुले गरेका छन्।
 
’बजेटमार्फत यो विषय सार्वजनिक भएपछिका व्यवसायीका अभिव्यक्तिले पनि यसको कार्यान्वयन आवश्यक छ भन्ने देखाएको छ। सबै व्यवसायीले गलत काम नगरे पनि केहीको कारोबारमा समःया छ,’ विभागका एक अधिकारीले भने, ’कार्यान्वयन हुनुपर्छ। यो जरुरी पनि छ। तर कसरी गर्ने भन्नेमा ठूलो समस्या अझै छ।’
 
सम्पत्ति शुद्धिकरणका मुद्दामा केही व्यक्ति र संस्थाहरुकै संलग्नता सार्वजनिक भइरहेकाले कर संकलनका अतिरिक्त थप वित्तीय अपराध नियन्त्रणमा पनि यसले सहज गर्ने सरकारी अधिकारीहरुको दावी छ। बैंक तथा वित्तीय संःथासम्बन्धि ऐनको दफा ५३ मा बैंक तथा वित्तीय संस्थाले शंकास्पद कारोबारको जानकारी सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न बनेका कानुनअनुसारका निकायमा दिनुपर्ने व्यवःथा छ।
 
करदाताको गोप्यता कायम गर्नुपर्ने कानुनी व्यवःथा भएपनि अनुसन्धानका लागि विवरण संकलन गर्न सकिने प्रावधानमा टेकेर सूचना आदान(प्रदानसम्बन्धी व्यवःथा कार्यान्वयनको तयारी गरिएको आन्तरिक राजःव विभागका एक अधिकारीले जानकारी दिए।
 
’गलत मनसायका व्यवसायीलाई गाह्रो हुन्छ’
नेपाल उद्योग वाणिज्य महासंघका एक पूर्व अध्यक्षले असल नियतले व्यवसाय गरिरहेकालाई यसले केही फरक नपर्ने भन्दै दुईथरी वासलात बनाउनेहरुलाई गाह्रो हुने बताए।
 
’कतिले गलत मनसायले दुईथरी वासलात बनाएका छन्, कतिले बैंकको रिक्वायरमेन्ट पूरा गर्न पनि त्यःतो विवरण बनाएका छन्,’ ती व्यवसायीले भने, ’घाटाको वासलातमा बैंकले कि धेरै ब्याज लिन्छ, कि ऋण नै दिँदैन। ऋण लिन पनि दुईथरी बनाउनुपर्ने बाध्यता स–साना व्यवसायीलाई धेरै छ।’
 
सानो आकारको व्यवसाय धितोमा ठूलो ऋण नपाइने भएकाले पनि व्यवसायीले दुईथरी विवरण पेश गर्ने गरेको महासंघका ती पूर्व अध्यक्षले बताए।यद्यपि दुईथरी वासलात बनाउनु अनुचित भएको उनको तर्क छ । 



More Specials



शेयरमा गुम्यो ७ खर्ब २२ अर्ब, अव के होला ?

सुनाखरी न्युज/ काठमाडौं - पछिल्लो २८ महिनामा शेयर बजार लगातार ओरालो लागिरहेको छ । शेयर बजार परिसूचक (नेप्से) ४० प्रतिशतको हाराहारीमा घटेको छ र लगानीकर्ताले ७ खर्ब २२ अर्ब रुपैयाँ गुमाएका छन् । २०७३ साउन १३ गते हालसम्मकै उच्च २० खर्ब ७० अर्ब रुपैयाँ रहेको नेप्से १३ खर्ब ४८ अर्ब रुपैयाँमा झरेको छ । कारोबारले नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षमा ६ खर्ब ३७ अर्ब रुपैयाँ लगानी गर्ने ‘कर्पोरेट योजना’ तयार पारेको छ । यसमा ४ खर्ब ३७ अर्ब दाता र वित्तीय संस्थाको हुनेछ । ऊर्जाका विषयमा नेपाल र बंगलादेशबीच आज छलफल हुँदैछ । कारोबारले प्रदेश सरकार मातहतका १० करोड रुपैयाँ भन्दा माथिका आयोजनालाई र स्थानीय सरकार मातहतका ५० लाख रुपैयाँ भन्दा माथिका आयोजनालाई समपूरक र विशेष अनुदान दिइने गरी कार्य्विधि कार्यान्वयनमा आएको छ । ...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम अघि बढ्यो

सुनाखरी न्युज/ काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रिह्याबिलिटेसन’को प्रक्रिया अघि बढेको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पोरेसनसँग भोलि सोमबार निर्माण सम्झौता हुने भएको हो । उक्त आयोजनाबारे आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) उच्च अधिकारीबीच प्रस्तुतीकरण गरिएको थियो । मन्त्री अधिकारीसहित सञ्चारकर्मीको टोलीले क्यानअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले गरिरहेको कामको स्थलगत अवलोकनसमेत गरेको थियो । ...


शिभम् सिमेन्ट उद्योगको प्रदुषणविरुद्ध जाग्दै स्थानिय जनता

सुनाखरी न्युज/ काठमाडौं- शिभम् सिमेन्ट उद्योग विरुद्ध स्थानिय वासी जाग्न थालेका छन् । सो उद्योगले स्थानियवासिको स्वास्थ्यमा समेत कुनै ख्यालनगरी जथाभावीरुपमा प्रदुषण गरेको भन्दै स्थानिय जनता उद्योग विरुद्ध उत्रन लागेका हुन् । शिवम् सिमेन्ट उद्योगको हेटौडाको हटियामा विशाल फैक्ट्री छ, जसमा सिमेन्टको क्लीङ्कर तयार गर्ने तथा पिध्ने काम हुन्छ । सिमेन्ट उत्पादनको लागि यी दुई महत्वपूर्ण काम समेत हुन् । अब आफै विचार गर्नुहोला । दैनिक बार्षिक करोड बोराभन्दा बढि सिमेन्ट बिक्री गर्ने शिवम् सिमेन्टको हटियास्थित सो उद्योगमा दैनिक २५ हजार बोरा भन्दा बढि सिमेन्ट उत्पादन हुँदै आएको छ ।...


घोराही सिमेन्टको उत्पादन बन्द

सुनाखरी न्युज/ दाङ - घोराही सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ। गोग्लीस्थित घोराही सिमेन्ट उद्योगबाट उत्पादित ओपिसी सिमेन्ट ‘गुणस्तरहीन’ रहेको आरोप लागेपछि अध्ययनका लागि स्थानीय प्रशासनले उद्योगको उत्पादन बन्द गराएको हो। उत्पादित सिमेन्ट ‘गुणस्तरहीन’ रहेको भन्दै साउन १६ गते बिक्री बितरण रोक्न आग्रह गरी बर्दिया जिल्ला प्रशासन कार्यालयले दाङलाई पत्राचार गरेको थियो। जिल्ला प्रशासन कार्यालय दाङका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले तीन÷चार दिनदेखि उत्पादन रोकेको जानकारी उद्योगले दिएको बताए। गुणस्तर तथा नापतौल विभागका पदाधिकारी घोराही (सगरमाथा) सिमेन्टमा बुधवार आउने भएपछि उद्योगले मंगलबार मात्रै उत्पादन बन्द गरेको स्रोतले बताएको छ।...


वर्तमान सत्ता हिंसात्मक र घृणात्मक प्रवृत्तिप्रति नरम अनि स्वतन्त्रता र सत्याग्रहीहरुप्रति क्रूर बन्दै गएको छ 

कृष्ण पहाडी/ काठमाडौँ — कुनै एक विख्यात विद्वानसँग सुन्दर स्त्रीले विवाह प्रस्ताव राखिन् । विद्वानले कारण जान्न खोजे । ‘मेरो कोखबाट तपाईँजस्तो विद्वान र मजस्तो सुन्दर सन्तान जन्मिनेछ,’ सुन्दरीको यस्तो तर्क सुनेर विद्वानले अर्को सम्भावना औंल्याए । तर मेरोजस्तो रूप र तपाईको जस्तो विचार भएको सन्तान जन्मियो भने के गर्ने ? सन्दर्भ दुइटा कम्युनिष्ट पार्टीहरू एमाले र माओवादी केन्द्रको एकतापश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मूल चरित्रको हो । एकता पश्चात कसै–कसैले ठानेका थिए, एकीकृत पार्टी एमालेजस्तो लोकतान्त्रिक र माओवादीको जस्तो ऊर्जाले भरिभराउ हुनेछ ।...


Advertisements