विशेष

एनसेलमा अख्तियारले छानबिन शुरु, सुनकाण्डमा जस्तै उच्च सरकारी अधिकारीहरु नै छानविनको घेरामा

 
 
सुनाखरी न्युज/
काठमाडौं-
टेलिकम सेवा प्रदायक कम्पनी एनसेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । विभिन्न वहानामा सेवाग्राहीलाई ठगेको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन थालेको हो । लाभकर विवादमा अदालतबाट आफ्नो पक्षमा फैसला गराएको, डाटा प्याकमा ठगेको भन्दै सेवाग्राहीबाट उजुरी परेको हो ।
 
 
 
 
 
 
 
अख्तियारका स्रोतका अनुसार एनसेलले विभिन्न सेवा तथा सुविधाको नाममा लाखौँ नेपाली नागरिकलाई ठगी गरेको किटानी गर्दै उजुरी पर्न थालेपछि अनुसन्धान थालिएको हो । एनसेलको सापटीसेवामा २० रुपैयाँ सापटी उपलब्ध गराई रिचार्जपछि सापटी २० रुपैयाँ र अर्को २ रुपैयाँ ५० पैसा गरेर कुल २२ रुपैयाँ ५० पैसा काटेर उपभोक्ता एवं सेवा कर्ताहरूलाई ठगी रहेको भन्दै अख्तियारमा उजुरी परेको थियो । हाल एनसेलले ४० रुपया सापटी दिँदै सोही शुल्क २ रुपैयाँ ५० पैसा लिदैँ आएको छ ।
 
सापटीको नाममा एनसेल काट्ने २ रुपयाँ ५० पैसाले दैनिक लाखौँ ग्राहकबाट करोडौँ उपभोक्तालाई वैधानिक रूपमा ठगी गरिरहेको दाबी उजुरीकर्ताको छ । सापटी भन्दै अनावश्यक पैसा कटाउनु जघन्य आर्थिक अपराध र भ्रष्टाचार भन्दै उजुरी परेपछि छानबिन गर्न अख्तियारले विशेष चासो राखेर पनि छानबिन थालेको हो ।
 
 
 
अख्तियारमा परेको उजुरीमा एनसेलले सञ्चालन गरेको विभिन्न इन्टरनेट डाटा प्याक सेवामा पनि ठगी गरिरहेको बताइएको छ । एनसेलको दैनिक, त्रिदैनिक, साप्ताहिक, मासिक लगायतका डाटा अफरहरू दिदैँ ठगी गरिरहेको उपभोक्ताको गुनासो छ ।
उच्च सुनकाण्डमा जस्तै उच्च सरकारी अधिकारीहरु नै छानविनको घेरामा परेको स्रोतले बतायो । 
 
 
‘डाटाहरूको नाममा पनि लाखौँ ग्राहकहरूबाट करोडौँ रुपैयाँ ठगिरहेको छ । ऐनसेलको ३० दिने अनलिमिटेड डाटा प्याक भनी ७ सय ८९ रुपैयाँ शुल्क काट्ने गरेको छ, तर अनलिमिटेड भनिए पनि एनसेलले एक जिबी (एक हजार एमबी) कायम रहँदासम्म राम्रोसँग चल्ने तर हजार एमबी सकिएपछि इन्टरनेटको गतिमा ८० देखि ८५ प्रतिशत कमी आउने गरेको छ,’ अख्तियारमा परेको उजुरीमा भनिएको छ, ‘कुनै पनि भिडियोहरू नखुल्ने, नचल्ने आदि भएका छन् ।
 
‘एनसेलले व्यापार गरेर राजस्व नतिर्ने, सेवाग्राहीलाई पनि अनेक योजनामा ठग्ने काम बढेको उजुरी पटकपटक आएपछि आयोग गम्भीर बनेको हो, उजुरीकर्ता आफै एनसेलको प्रयोगकर्ता रहेको भन्दै ठगीका थुप्रै तथ्य राखेपछि छानबिन अघि बढेको हो, अहिले अत्यन्तै प्रारम्भिक छानबिनमै आयोग रहेको छ,’ एक अधिकारीले भने ।
 
 
 
स्रोतका अनुसार एनसेल पदाधिकारी भने उजुरीमाथि छानबिन नगराउन आयोगका कार्यबहाक प्रमुख आयुक्त नविन घिमिरेसँग भेटवार्ता गर्न चाहिरहेका छन् । तर, घिमिरेले ठगीको काम गर्नै पदाधिकारीसँग भेटन नै अस्वीकार गर्दै निर्ममतापूर्वक छानविन गर्ने पक्षमा उभिएको स्रोतले बतायो ।



More Specials



१ वर्षमा ८६ अर्ब बढीको गाडी आयात, अधिांस गाडीको न्युन विजिकरण

सुनाखरी न्युज/काठमाडौँ — आर्थिक वर्ष २०७४-७५ मा ८६ अर्ब रुपैयाँ बढीको गाडी तथा स्पेयर पार्टस् अयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो आर्थिक वर्षमा ८६ अर्ब २९ करोड ७९ लाख ५४ हजारको गाडी र स्पेयर पार्टस् अयात भएको छ। यो आँकडा अघिल्लो वर्ष भन्दा ६ अर्ब ७९ करोड ५७ लाख ४४ हजारले बढी हो। आर्थिक वर्ष २०७३र७४ मा ७९ अर्ब ५० करोड २२ लाख १० हजारको गाडी तथा स्पेयर पार्टस् आयात भएको थियो। त्यस्तै आर्थिक वर्ष २०७२र७३ मा ६६ अर्ब २० करोड ५० लाख ८० हजारको आयात भएको थियो। तथ्याङक हेर्दा वर्षे्नि सवारी साधनको अयातमा जाने रकम बढ्दै गएको देखिएको छ।...


घोराही सिमेन्टको उत्पादन बन्द

सुनाखरी न्युज/ दाङ - घोराही सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ। गोग्लीस्थित घोराही सिमेन्ट उद्योगबाट उत्पादित ओपिसी सिमेन्ट ‘गुणस्तरहीन’ रहेको आरोप लागेपछि अध्ययनका लागि स्थानीय प्रशासनले उद्योगको उत्पादन बन्द गराएको हो। उत्पादित सिमेन्ट ‘गुणस्तरहीन’ रहेको भन्दै साउन १६ गते बिक्री बितरण रोक्न आग्रह गरी बर्दिया जिल्ला प्रशासन कार्यालयले दाङलाई पत्राचार गरेको थियो। जिल्ला प्रशासन कार्यालय दाङका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले तीन÷चार दिनदेखि उत्पादन रोकेको जानकारी उद्योगले दिएको बताए। गुणस्तर तथा नापतौल विभागका पदाधिकारी घोराही (सगरमाथा) सिमेन्टमा बुधवार आउने भएपछि उद्योगले मंगलबार मात्रै उत्पादन बन्द गरेको स्रोतले बताएको छ।...


वर्तमान सत्ता हिंसात्मक र घृणात्मक प्रवृत्तिप्रति नरम अनि स्वतन्त्रता र सत्याग्रहीहरुप्रति क्रूर बन्दै गएको छ 

कृष्ण पहाडी/ काठमाडौँ — कुनै एक विख्यात विद्वानसँग सुन्दर स्त्रीले विवाह प्रस्ताव राखिन् । विद्वानले कारण जान्न खोजे । ‘मेरो कोखबाट तपाईँजस्तो विद्वान र मजस्तो सुन्दर सन्तान जन्मिनेछ,’ सुन्दरीको यस्तो तर्क सुनेर विद्वानले अर्को सम्भावना औंल्याए । तर मेरोजस्तो रूप र तपाईको जस्तो विचार भएको सन्तान जन्मियो भने के गर्ने ? सन्दर्भ दुइटा कम्युनिष्ट पार्टीहरू एमाले र माओवादी केन्द्रको एकतापश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मूल चरित्रको हो । एकता पश्चात कसै–कसैले ठानेका थिए, एकीकृत पार्टी एमालेजस्तो लोकतान्त्रिक र माओवादीको जस्तो ऊर्जाले भरिभराउ हुनेछ ।...


कतै तपाँइँकोपनि दुईथरी ब्यालेन्स सीट त छैन ? शंकास्पद करदाताको यसरी गर्दैछ सरकारले अनुसन्धान !

सुनाखरी न्युज/ काठमाडौं- नेपाल राष्ट्र बैंकको संयोजनमा कर कार्यालय र वित्तीय संस्थाबीच सूचना आदान प्रदान गर्ने ःवचालित संयन्त्र बनाउने योजना अर्थमन्त्री खतिवडाले अघि सारेका छन् । यसरी सूचना आदान(प्रदान गर्दा कम आकारको वासलातलाई बढाएर ठूलो बनाएर ऋण दिइने जोखिम न्यूनीकरण हुने र कर कार्यालयमा कमजोर वासलात देखाएर राजःव छली गर्ने प्रवृत्ति एकैपटक अन्त्य गर्ने गरी खतिवडाले अस्त्र चलाएका हुन्। केही साताअगाडि पोस्ट बजेट डिस्कसन’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध एक व्यवसायीले भने, ’कर कार्यालय र बैंकबीच सूचना आदान-प्रदान गर्ने व्यवस्थाले व्यवसायीलाई अफ्ठ्यारोमा पार्छ। यो व्यवःथा हुन भएन।’...


कुमारी बैंकको नबिकेको साढे ११ लाख कित्ता हकप्रद लिलामीमा, बैंकले चुक्ता पूँजी कसरी पुर्याउला?

सुनाखरी न्युज/ काठमाडौं- कुमारी बैंकले नबिकेको ११ लाख ४१ हजार कित्ता हकप्रद शेयर बोलकबोलमार्फत लिलाम गर्ने भएको छ।बैंकले असार २२ गतेदेखि २९ गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरेको छ। बैंकले वैशाख २८ देखि जेठ ३१ गतेसम्म चुक्ता पूँजीको २० प्रतिशत अर्थात एक करोड १९ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो। जसमा संस्थापक तर्फ ५ लाख एक हजार र सर्वसाधारण तर्फ ६ लाख ३९ हजार कित्ता हकप्रद बिक्री भएको थिएन। यो लिलामीपछि बैंकको चुक्ता पूँजी ७ अर्ब १६ करोड रुपैयाँ पुग्नेछ। नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ पुर्याउन अझै ८४ करोड रुपैयाँ आवश्यक पर्नेछ।...


Advertisements