विशेष

एनसेलको सप्तरंगी विज्ञापनको लोभमा कतै तपाइँपनि झुक्किइरहनु भएको छ छैन

 
सुनाखरी न्युज/
काठमाडौं-
एनसेलको सप्तरंगी विज्ञापनको लोभमा कतै तपाइँपनि झुक्किइरहनुभएको छ छैन
? एनसेलले टेलिभिजन, रेडियोलगायतका सञ्चार माध्यममा सम्प्रेषण गर्ने सप्तरंगी विज्ञापन र ती विज्ञापनमा प्रस्तुत गरिने विभिन्न सुविधाले हर कोही ग्राहकको मन लोभ्याउँछ । एनसेलका केही अफरहरु त यस्ता पनि छन् जो रात–रातभर आफ्ना प्रेमी–प्रेमिकासँग फोनमा बिताउनेहरुका लागि लक्ष्यित छन् । बोनस प्याक दिएर एनसेलले मध्यरातमा गफ गर्न हौस्याउँछ । ‘३ रुपैँयामा १०० वटा मेसेज होस या विदेशमा भएका आफन्तसँग कुरा गर्न । फरक फरक अफरहरु एनसेलले बजारमा र्पुयाएको छ । त्यस्ता केही अफरहरु सुन्दा राम्रा र सस्ता लाग्छन् । तर वास्तविकतामा एनसेलले दाबी गरेजस्तो कुनै पनि अफर सस्तो भने छैन ।  
एनसेलप्रति ग्राहकहरुमा परेको भ्रम यति शक्तिशाली भएको छ कि उनीहरु ठगी हुन सक्छ भन्ने सोच्दा पनि सोच्दैनन् । सामान्यतः एक–दुई रुपैयाँको हिसाब गडबड हुँदा त्यसको खोजीनीति गर्दै हिँड्ने धेरैको बानी हुँदैन । भए पनि फुर्सद हुँदैन ।एनसेलले ग्राहकले पत्तै नपाउने गरी त्यस्ता एक–दुई रुपैयाँ बिना कारण काटिदिन्छ । उसका करिब १ करोड ४० लाख मध्ये दैनिक ५० लाख ग्राहकको ब्यालेन्स एनसेलले यसरी काट्ने गरेको बताइन्छ । 
एनसेलले नेपालीलाई उत्कृष्ट सेवा प्रदान गर्ने नाममा ग्राहकहरु ठग्ने तथा राज्यलाई पनि कर छल्ने गरेको रहस्य पर्दाफास भएको छ । एनसेलले विभिन्न बहानामा ग्राहकहरुलाई ठग्ने तथा राज्य संयन्त्रलाई प्रभावमा पारेर अर्बौँ रुपैयाँ कर नतिर्ने कर्तुतहरु यस्ता छन् ।बिलिङमै हिनामिना धरैजसो उपभोक्ताहरु मोबाइलमा भएको ब्यालेन्स र त्यसको खपतबारे धेरै सचेत हुँदैनन् । उनीहरुलाई आफूले प्रयोग गरिरहेको मोबाइल सेवा प्रदायक कम्पनीमाथि विश्वास हुन्छ । आफ्नो ब्यालेन्स कति थियो र फोन गरेपछि कति पैसा काट्यो भनेर ख्याल गर्ने मानिस कम हुन्छन् । त्यसमाथि पनि ‘एनसेलले कहाँ ठग्ला र ?’ भन्ने सोच राख्नेहरु धेरै हुन्छन् । किनभने अर्बौको व्यापार गर्ने कम्पनीले एक–दुई रुपैयाँमा र्याल चुहाउँदैन भन्ने आम बुझाई हुन्छ ।
तर ठगीको गणित आम मानिसको भावना भन्दा फरक हुन्छ । एक ग्राहक ठगीदा एक पल्टमा एक रुपैयाँ घाटा लाग्छ । तर एनसेलले एकपल्टमा ५० लाख ग्राहक ठग्न सक्छ । ५० लाख ग्राहकबाट दुई रुपैयाँ मात्रै ठग्ने हो भने पनि दिनकै एक करोड रुपैयाँ हुन्छ । नेट चलाउने डाटामा त बेहिसाब ठगी हुन्छ भन्ने गरिन्छ । आमरुपमा कतिपयले ‘एनसेलले बढी पैसा काट्यो, एनसेल महंगो छ.... ....’ भन्ने जस्ता गुनासो नगरेका पनि होइनन् । सामाजिक सञ्जालमा ‘एनसेल ठग्नकै लागि’ भन्नेजस्ता ट्रोल पनि धेरै बने । फेसबुकमा ‘एनसेल ठग्नकै लागि’ भन्ने पेज लोकप्रिय भएपछि एनसेलले उजुरी गरेर हटायो ।करिब १ करोड ४० लाख ग्राहक रहेको निजी मोबाइल सेवा प्रदायक एनसेलले दैनिक ५० लाख गाहकको बिलिङ तल माथि गर्ने गरेको स्रोतको दावी छ ।त्यसबाट दैनिक करोडौं रुपैयाँ ठग्ने गरेको छ । ग्राहकहरु दैनिक रुपमा आफू ठगिएको गुनासो लिएर एनसेलको कार्यालय धाउने गरेका छन् । ५० लाख ग्राहकलाई दैनिक दुई रुपैयाँ ठग्दा १ करोड रुपैयाँ त ठगीबाटै आउँछ । दुई रुपैयाँ ठगिएको धेरैजसाले चाल पाउँदैनन् । पाउनेहरु पनि ‘कन्फ्यूज’ हुन्छन् । ठगिएको निश्चित हो भन्ने थाहा पाएकाहरुसँग पनि २ रुपैयाँको हिसाब माग्न एनसेल कार्यालय जाने फुर्सद हुँदैन । 
एक्जियटा नेटवर्कमा एनसेलको एकलौटी शासन 
एक्जियटा ग्रुपको नाममा छ अहिले एनसेल । यो समूह मलेसियाको बहुराष्ट्रिय कम्पनी हो । यसको नेटवर्क नेपाल लगायत एशियाका १० देशहरुमा छ । भर्खरै एनसेललाई पनि यस कम्पनीले किनेको हो । छिमेकी राष्ट्र भारत, म्यानमार, बंगलादेश, श्रीलंका र पाकिस्तान तथा अन्य एशियाली राष्ट्रहरु मलेसिया, कम्बोडिया, सिंगापुर र इन्डोनेसियामा एक्जियटाको नेटवर्क छ ।एक्जियटा नेटवर्क भएको अधिकाश देशहरुमा नेपालीहरुको बसोबास रहेको छ । विदेशमा बस्ने धेरै नेपालीहरु एक्जियटा ग्रुपको मोबाइल प्रयोग गर्ने गर्छन । तर, यस नेटवर्कबाट नेपालको सरकारी मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नेटवर्कमा फोन लाग्दैन । 
एक्जियटाले नेपाल टेलिकम तथा अन्य नेपाली मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा फोन नलाग्ने सिस्टम बनाएको छ । यसमा नेपाल टेलिकमलाई पनि सामेल गराउने धेरै सम्झौता भएपनि कार्यन्वयन नभएको बताइन्छ । त्यसो हुनाले पनि विदेशमा भएका मानिसका आफन्त एनसेलको प्रयोग गर्न बाध्य छन् ।एक्जियटाको नेटवर्कमा अन्तर्रा्िष्ट्रय कल पनि सस्तो छ । यो कारणले धेरै ग्राहकहरुले एनसेलका सिम प्रयोग गर्छन् । तर विदेशमा एक्जियटा समूहको सिमबाट नेपालका अन्य टेलिफोन सेवा प्रदायकको सिममा कल नलाग्ने बनाइन्छ । झेल यहिँ छ । विदेशी कम्पनीको सिमबाट नेपालीे कम्पनीको सिममा कल गर्दा निश्चित शुल्क विदेशी कम्पनीले तिर्नु पर्छ । त्यसो गर्दा स्वदेशी कम्पनीको आय बढ्छ । आय बढेपछि सरकारलाई कर पनि बढी तिर्नु पर्छ । तर एनसेलले कर छली यहि विन्दुमा गरिदिन्छ । आफ्नो नेटवर्कबाट आफ्नै नेटवर्कमा कल गर्दा कति कल गरियो, कति मिनेट कुरा भयो, महिना र वर्षमा कति रुपैयाँको कारोबार भयो भन्ने हिसाब राख्ने नेपालमा निकाय नै छैन । भएको निकाय भनेको दुरसंचार प्राधिकरण हो । यो प्राधिकरणलाई यस्ता विषयमा सोच्ने फुर्सदै छैन । अनि एनसेलले जति रुपैयाँको कारोबार, नाफा देखाउँछ र स्वेच्छाले जति कर तिर्छ त्यति नै सरकारले लिँदै आएको छ ।
कर छल्ने गरेकोे अर्को तरिका एनसेलका सिममा एक्जियटा नेटवर्क्िभत्रबाट मात्रै कल आउँदैन । अमेरिका, अस्ट्रेलिया, युरोपलगायत विश्वभरका विभिन्न टेलिफोन सेवा प्रदायक कम्पनीबाट कल हुन्छ । त्यसरी विदेशबाट नेपालमा रहेको कम्पनीको मोबाइलमा कल आउँदा ति विदेशी कम्पनीले एनसेललाई निश्चित रकम बुझाउँछन् । त्यो रकम कसले कति बुझाए ? भन्ने एकीन विवरण राख्ने नेपालमा प्रविधि नै छैन । यस्तो हिसाब राख्नु पर्ने दायित्व दूरसञ्चार प्राधिकरणको हो । उसँग पनि कुनै प्रविधि छैन । यस विषयमा दूरसञ्चार, आन्तरिक राजश्व विभाग, राजश्व अनुशन्धान विभाग आदिको ध्यान तानिनु पर्ने हो । तर यी निकाय निकम्मा सरह भएका छन् एनसेलको मामिलामा । आफूसँग ठोक्किने सरकारी निकायलाई प्रभावमा राखेर एनसेलले करोडौं राजश्व छली गरेको स्रोतको दाबी छ । कर छलीबाट प्राप्त भएको ठूलो हिस्सा एनसेलले आफ्नो मातृ संस्था एक्जियटामा पठाउने गरेको छ । अत्यन्त सानो हिस्सा भने सरकारलाई करका रुपमा बुझाउने गर्दछ ।कम गुणस्तरिय सेवा र महंगो महसुल एनसेलले गुणस्तरीय सेवाको जति दावी गर्छ, त्यति छैन भन्दा फरक पर्दैन । एनसेल अहिले गुणस्तरका हिसाबले भन्दा पनि महंगो सेवाकालागि बद्नाम छ । गुणस्तरका नाममा चर्को शुल्क असुल्ने एनसेल कति महंगो छ भन्ने बुझ्न एनसेल र एनटिसी दुवैको डाटा प्रयोग गर्नेहरुलाई सोधे पुग्छ ।सामान्यतः एनसेलमा फोन नै नगरी पैसा कटिने, डाटा चाडैँ सकिने, सबै ठाउँमा नेटवर्क नटिप्ने समस्याहरु सामान्य जस्तै बनेका छन् ।नियामक संस्था, नेता र कर्मचारीलाई प्रभाव एनसेलले नियामक संस्था नेपाल दुरसंचार प्राधिकरण, कर कार्यालय, अर्थ मन्त्रालयलगायत विभिन्न राजनीतिक दल आदिलाई पैसा बाड्ने र प्रभावमा पार्ने गरेका बताइन्छ । यस्ता निकायलाई आफ्नो मुठीमै राखेर अवैध धन्दा सञ्चालन गर्न एनसेल अहिलेसम्म सफल रहेको नेपाल आजमा खबर छ । 
 



More Specials



शिभम् सिमेन्ट उद्योगको प्रदुषणविरुद्ध जाग्दै स्थानिय जनता

सुनाखरी न्युज/ काठमाडौं- शिभम् सिमेन्ट उद्योग विरुद्ध स्थानिय वासी जाग्न थालेका छन् । सो उद्योगले स्थानियवासिको स्वास्थ्यमा समेत कुनै ख्यालनगरी जथाभावीरुपमा प्रदुषण गरेको भन्दै स्थानिय जनता उद्योग विरुद्ध उत्रन लागेका हुन् । शिवम् सिमेन्ट उद्योगको हेटौडाको हटियामा विशाल फैक्ट्री छ, जसमा सिमेन्टको क्लीङ्कर तयार गर्ने तथा पिध्ने काम हुन्छ । सिमेन्ट उत्पादनको लागि यी दुई महत्वपूर्ण काम समेत हुन् । अब आफै विचार गर्नुहोला । दैनिक बार्षिक करोड बोराभन्दा बढि सिमेन्ट बिक्री गर्ने शिवम् सिमेन्टको हटियास्थित सो उद्योगमा दैनिक २५ हजार बोरा भन्दा बढि सिमेन्ट उत्पादन हुँदै आएको छ ।...


घोराही सिमेन्टको उत्पादन बन्द

सुनाखरी न्युज/ दाङ - घोराही सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ। गोग्लीस्थित घोराही सिमेन्ट उद्योगबाट उत्पादित ओपिसी सिमेन्ट ‘गुणस्तरहीन’ रहेको आरोप लागेपछि अध्ययनका लागि स्थानीय प्रशासनले उद्योगको उत्पादन बन्द गराएको हो। उत्पादित सिमेन्ट ‘गुणस्तरहीन’ रहेको भन्दै साउन १६ गते बिक्री बितरण रोक्न आग्रह गरी बर्दिया जिल्ला प्रशासन कार्यालयले दाङलाई पत्राचार गरेको थियो। जिल्ला प्रशासन कार्यालय दाङका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले तीन÷चार दिनदेखि उत्पादन रोकेको जानकारी उद्योगले दिएको बताए। गुणस्तर तथा नापतौल विभागका पदाधिकारी घोराही (सगरमाथा) सिमेन्टमा बुधवार आउने भएपछि उद्योगले मंगलबार मात्रै उत्पादन बन्द गरेको स्रोतले बताएको छ।...


वर्तमान सत्ता हिंसात्मक र घृणात्मक प्रवृत्तिप्रति नरम अनि स्वतन्त्रता र सत्याग्रहीहरुप्रति क्रूर बन्दै गएको छ 

कृष्ण पहाडी/ काठमाडौँ — कुनै एक विख्यात विद्वानसँग सुन्दर स्त्रीले विवाह प्रस्ताव राखिन् । विद्वानले कारण जान्न खोजे । ‘मेरो कोखबाट तपाईँजस्तो विद्वान र मजस्तो सुन्दर सन्तान जन्मिनेछ,’ सुन्दरीको यस्तो तर्क सुनेर विद्वानले अर्को सम्भावना औंल्याए । तर मेरोजस्तो रूप र तपाईको जस्तो विचार भएको सन्तान जन्मियो भने के गर्ने ? सन्दर्भ दुइटा कम्युनिष्ट पार्टीहरू एमाले र माओवादी केन्द्रको एकतापश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मूल चरित्रको हो । एकता पश्चात कसै–कसैले ठानेका थिए, एकीकृत पार्टी एमालेजस्तो लोकतान्त्रिक र माओवादीको जस्तो ऊर्जाले भरिभराउ हुनेछ ।...


कतै तपाँइँकोपनि दुईथरी ब्यालेन्स सीट त छैन ? शंकास्पद करदाताको यसरी गर्दैछ सरकारले अनुसन्धान !

सुनाखरी न्युज/ काठमाडौं- नेपाल राष्ट्र बैंकको संयोजनमा कर कार्यालय र वित्तीय संस्थाबीच सूचना आदान प्रदान गर्ने ःवचालित संयन्त्र बनाउने योजना अर्थमन्त्री खतिवडाले अघि सारेका छन् । यसरी सूचना आदान(प्रदान गर्दा कम आकारको वासलातलाई बढाएर ठूलो बनाएर ऋण दिइने जोखिम न्यूनीकरण हुने र कर कार्यालयमा कमजोर वासलात देखाएर राजःव छली गर्ने प्रवृत्ति एकैपटक अन्त्य गर्ने गरी खतिवडाले अस्त्र चलाएका हुन्। केही साताअगाडि पोस्ट बजेट डिस्कसन’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध एक व्यवसायीले भने, ’कर कार्यालय र बैंकबीच सूचना आदान-प्रदान गर्ने व्यवस्थाले व्यवसायीलाई अफ्ठ्यारोमा पार्छ। यो व्यवःथा हुन भएन।’...


कुमारी बैंकको नबिकेको साढे ११ लाख कित्ता हकप्रद लिलामीमा, बैंकले चुक्ता पूँजी कसरी पुर्याउला?

सुनाखरी न्युज/ काठमाडौं- कुमारी बैंकले नबिकेको ११ लाख ४१ हजार कित्ता हकप्रद शेयर बोलकबोलमार्फत लिलाम गर्ने भएको छ।बैंकले असार २२ गतेदेखि २९ गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरेको छ। बैंकले वैशाख २८ देखि जेठ ३१ गतेसम्म चुक्ता पूँजीको २० प्रतिशत अर्थात एक करोड १९ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो। जसमा संस्थापक तर्फ ५ लाख एक हजार र सर्वसाधारण तर्फ ६ लाख ३९ हजार कित्ता हकप्रद बिक्री भएको थिएन। यो लिलामीपछि बैंकको चुक्ता पूँजी ७ अर्ब १६ करोड रुपैयाँ पुग्नेछ। नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ पुर्याउन अझै ८४ करोड रुपैयाँ आवश्यक पर्नेछ।...


Advertisements