विशेष

प्रतिस्पर्धीको ‘फोन कनेक्सन’ किन विगा¥यो एनसेलले ? प्राधिकरणद्धारा थप छानविन शुरु, सेवा रोक्का

 
 
 
सुनाखरी न्युज/
 
काठमाडौँ-
 
ठूला टेलिकम कम्पनीले एकअर्काको नेटवर्कमा हुने कल आदानप्रदान (इन्टरकनेक्सन) मा चलखेल गर्ने गरेको पाइएको छ । टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गरेको अनुसन्धानबाट यस्तो तथ्य पत्तालागेको हो ।
 
ठूला टेलिकम कम्पनीले आफ्ना प्रतिस्पर्धी कम्पनीसँग हुने फोन कुराकानीलाई सहज नबनाउन चलखेल गर्ने गरेको भेटिएपछि प्राधिकरणले त्यस्ता कम्पनिलाई तत्काल इन्टरकनेक्सनको सहज कार्यान्वयनको ब्यवस्था मिलाउन निर्देशन दिँदै सो कार्य सस्म्पन्न नभएसम्म कम्पनिले पाउने कुनैपनि सुविधा उपलब्ध नगराउने निर्णय सहितको पत्र काटेको छ । प्राधिकरणले यसअघि पनि एनसेललाई यस्तै पत्र काटेको थियो तर एनसेलले यसको कार्यान्वयन गरेका छैन ।
 
एनसेलले अन्य साना कम्पनीको नेटवर्कबाट आफ्नो नेटवर्कमा हुने कललाई सहज नबनाएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार प्राधिकरणले यस्ता कम्पनीलाई सचेत गराउन पत्र काटेको छ । ‘एनसेलको अन्य कम्पनिसँगको इन्टरकनेक्सनमा समस्या छ,’ उनले भने, ‘यसबारे थप अध्ययन गर्दै छौं । अध्ययनपछि आवश्यक परे थप कारवाही हुन्छ ।’
 
आफ्नो नेटवर्कबाट ठूला कम्पनीको नेटवर्कमा कल गर्दा समस्या आउने गरेको गुनासो साना टेलिकम कम्पनीबाट आएपछि  ठूला सेवा प्रदायकबारे अनुसन्धान गरिएको प्राधिकरणले जनाएको छ ।
 
यूटीएल, स्मार्ट टेलिकमजस्ता साना कम्पनीका ग्राहकले नेपाल टेलिकम र एनसेलको नम्बरमा फोन गर्दा फोन नलाग्ने समस्या आएको गुनासो गरेपछि प्राधिकरणले यसको अनुसन्धान गरेको हो । अनुसन्धानको क्रममा एनसेल र नेपाल टेलिकमको नम्बरमा आपसमा हुने कल आदानप्रदानमा पनि यस्ता समस्या देखिएको प्राधिकरणले जनाएको छ ।
 
‘प्वाइन्ट अफ इन्टरकनेक्सनको सहज कार्यान्वयनका लागि पत्र काटेका छौं,’ प्रवक्ता अर्यालले भने, ‘यसअघि पनि कार्यान्वयनका लागि पत्र काटेका थियौं । कार्यान्वयन भएको रहेनछ ।’
 
प्राधिकरणको इन्टरकनेक्सन निर्देशिकाले टेलिकम नेटवर्किभित्र हुने कुराकानी अवरोधविहीन हुनुपर्ने प्रावधान राखेको छ । आन्तरिक टेलिकम कम्पनीबीच अवरोधरहित इन्टरकनेक्सन हुनुपर्ने निर्देशिकाको प्रावधान छ । निर्देशिकामा प्वाइन्ट अफ इन्टरकनेक्सनमा क्षमताको ७५ प्रतिशत ट्राफिक वृद्धि भएपछि त्यसको स्तरोन्नति गर्नुपर्ने प्रावधान छ ।
 
निर्देशिकाले अन्तर्रा्ष्ट्रिय कलका लागि पनि मापदण्ड तोकेको छ । कुल बजारको १० प्रतिशतभन्दा बढी ग्राहक भएका टेलिकम कम्पनीले अन्तर्रा्ष्ट्रिय कलको इन्टरकनेक्सन पनि अवरोधविहीन बनाउनुपर्ने प्रावधान तोकेको छ । यस्तै आधारभूत, ग्रामीण र लिमिटेड टेलिफोन सेवाको अनुमतिपत्र पाएका कम्पनीले मासिक कम्तीमा ५ लाख मिनेटसम्मको अन्तर्रा्ष्ट्रिय कलको इन्टरकनेक्सन गर्नुपर्ने प्रावधान छ ।
 
निर्देशिकाले क्षमता वृद्धिका लागि दिएको निर्देशन १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गर्न सक्ने प्रावधान तोकेको छ ।
 
ठूला टेलिकम प्रदायकले अरूको नेटवर्कबाट आफ्नो नेटवर्कमा आउजाउ हुने कल र एसएमएस ट्राफिक बढी भएर नभई नियतवश रोकेका हुन सक्छन्, किनकि इन्टरकनेक्सनसम्बन्धी निर्दे्शिकामा प्वाइन्ट अफ इन्टरकनेक्सनको क्षमताअनुसार ७५ प्रतिशत ट्राफिक कटेपछि यसको क्षमता वृद्धि गर्नुपर्ने प्रावधान छ ।
 
इन्टरकनेक्सनबाट एकैपटक धेरै ट्राफिक (कल आदानप्रदान) बढदा फोन नलाग्ने समस्या हुन्छ । तर, सामान्य अवस्थामै पनि प्रतिस्पर्धी कम्पनीको नेटवर्कबाट आएको फोन नलाग्नेजस्ता समस्या नियमित रूपमा भएपछि प्राधिकरणले अनुसन्धान गरेको हो ।
 
के हो इन्टरकनेक्सन ?
 
इन्टरकनेक्सनले एउटा कम्पनीबाट अर्को कम्पनीको सिममा जाने फोन वा एसएमएसलाई सञ्चार गर्छ । नेपाल टेलिकमको सिम बोक्नेले एनसेलको नम्बरमा फोन गर्दा इन्टरकनेक्सनकै कारण सञ्चार हुन्छ । टेलिकम कम्पनीबीच एक आपसमा सेवा सञ्चार गर्न इन्टरकनेक्सन हुन्छ । यसलाई सामान्य भाषामा प्वाइन्ट अफ इन्टरकनेक्सन (पीओआई) भनिन्छ । जस्तो एनसेलको नम्बरबाट नेपाल टेलिकमको नम्बरमा कल हुँदा पीओआई भएर जान्छ । यसैलाई इन्टरकनेक्सन भनिन्छ ।



More Specials



पूरक बजेटको कुरै छैनः अर्थमन्त्री खतिवडा

सुनाखरी न्युज/ काठमाडौ– अर्थमन्त्री डा। युवराज खतिवडाले पूरक बजेटल्याउने विषयमा कुनै पनि छलफल नभएको बताएका छन्। अर्थमन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा खतिवडाले चालु बजेटको अर्धवार्षिक समीक्षा नभएसम्मका लागि पूरक बजेट आउने संभावना नरहेको स्पस्ट पारेका हुन्। केही दिन पहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पूरक बजेट ल्याएरै भएपनि सामाजिक सुरक्षाभत्तालगायतका लोकप्रिय कार्यक्रम ल्याउनुपर्ने धारणा सार्वजनिक गरेका थिए। ‘बजेटको अर्धवार्षिक समीक्षा गर्दा कुनै क्षेत्रमा खर्चगर्न पुगेन वा राजस्व संकलन उच्चभएर नयाँ क्षेत्रमा खर्चगर्नु पर्ने अवस्था आएमा पूरक बजेट ल्याउने हो’ खतिवडाले भने, यस विषयमा सरकारले अहिले छलफल नै गरेको छैन।’ ...


नयाँ सरकार आएपछि राष्ट्र बैंकसँग व्यापारीको विवरण माग गर्ने ग्राफ किन बढ्यो ?

सुनाखरी न्युज/ काठमाडौं- पछिल्लो समयमा ‘अपरेशन डिपार्टमेन्ट’ मा काम गर्ने बैंकका कर्मचारीलाई दैनिक १२र१५ वटा ‘सर्कुलर’ उच्च व्यवस्थापनले पठाउने गरेका छन्। नेपाल राष्ट्र बैंकबाट आएका सर्कुलरमा उदृत नामका खाताहरु आफ्नो बैंकमा छन् कि छैनन् भनेर उच्च ब्यवस्थापनले ‘मेमो’ पठाउने गरेको हो। राष्ट्र बैंकले आफूले ती सर्कुलर सम्बन्धित ब्यक्ति तथा संस्थामा कैफियत भेटेर भने पठाएको होइन। अर्थमन्त्रालय र ती मातहतका कार्यालय तथा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट विवरण माग्न थालिएपछि राष्ट्र बैंकले आफू मातहतका बैंक तथा वित्तीय संस्थालाई सर्कुलर फरवार्ड गरिदिएको हो।...


१ वर्षमा ८६ अर्ब बढीको गाडी आयात, अधिांस गाडीको न्युन विजिकरण

सुनाखरी न्युज/काठमाडौँ — आर्थिक वर्ष २०७४-७५ मा ८६ अर्ब रुपैयाँ बढीको गाडी तथा स्पेयर पार्टस् अयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो आर्थिक वर्षमा ८६ अर्ब २९ करोड ७९ लाख ५४ हजारको गाडी र स्पेयर पार्टस् अयात भएको छ। यो आँकडा अघिल्लो वर्ष भन्दा ६ अर्ब ७९ करोड ५७ लाख ४४ हजारले बढी हो। आर्थिक वर्ष २०७३र७४ मा ७९ अर्ब ५० करोड २२ लाख १० हजारको गाडी तथा स्पेयर पार्टस् आयात भएको थियो। त्यस्तै आर्थिक वर्ष २०७२र७३ मा ६६ अर्ब २० करोड ५० लाख ८० हजारको आयात भएको थियो। तथ्याङक हेर्दा वर्षे्नि सवारी साधनको अयातमा जाने रकम बढ्दै गएको देखिएको छ।...


घोराही सिमेन्टको उत्पादन बन्द

सुनाखरी न्युज/ दाङ - घोराही सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ। गोग्लीस्थित घोराही सिमेन्ट उद्योगबाट उत्पादित ओपिसी सिमेन्ट ‘गुणस्तरहीन’ रहेको आरोप लागेपछि अध्ययनका लागि स्थानीय प्रशासनले उद्योगको उत्पादन बन्द गराएको हो। उत्पादित सिमेन्ट ‘गुणस्तरहीन’ रहेको भन्दै साउन १६ गते बिक्री बितरण रोक्न आग्रह गरी बर्दिया जिल्ला प्रशासन कार्यालयले दाङलाई पत्राचार गरेको थियो। जिल्ला प्रशासन कार्यालय दाङका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले तीन÷चार दिनदेखि उत्पादन रोकेको जानकारी उद्योगले दिएको बताए। गुणस्तर तथा नापतौल विभागका पदाधिकारी घोराही (सगरमाथा) सिमेन्टमा बुधवार आउने भएपछि उद्योगले मंगलबार मात्रै उत्पादन बन्द गरेको स्रोतले बताएको छ।...


वर्तमान सत्ता हिंसात्मक र घृणात्मक प्रवृत्तिप्रति नरम अनि स्वतन्त्रता र सत्याग्रहीहरुप्रति क्रूर बन्दै गएको छ 

कृष्ण पहाडी/ काठमाडौँ — कुनै एक विख्यात विद्वानसँग सुन्दर स्त्रीले विवाह प्रस्ताव राखिन् । विद्वानले कारण जान्न खोजे । ‘मेरो कोखबाट तपाईँजस्तो विद्वान र मजस्तो सुन्दर सन्तान जन्मिनेछ,’ सुन्दरीको यस्तो तर्क सुनेर विद्वानले अर्को सम्भावना औंल्याए । तर मेरोजस्तो रूप र तपाईको जस्तो विचार भएको सन्तान जन्मियो भने के गर्ने ? सन्दर्भ दुइटा कम्युनिष्ट पार्टीहरू एमाले र माओवादी केन्द्रको एकतापश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मूल चरित्रको हो । एकता पश्चात कसै–कसैले ठानेका थिए, एकीकृत पार्टी एमालेजस्तो लोकतान्त्रिक र माओवादीको जस्तो ऊर्जाले भरिभराउ हुनेछ ।...


Advertisements