समाचार

कैलाली, काठमाडौं, मोरङ, रोल्पा र भोजपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

Posted: 2018-10-12 13:14:36

सुनाखरी न्युज/ काठमाडौं -   काठमाडौं, कैलाली, मोरङ, रोल्पा र भोजपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका ८ स्थित सडकमा बा.३ ख ५२२५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी हाल नाम, थर, वतन नखुलेकी ५० वर्षीया महिला पैदलयात्रीको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । बस नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ । 
 
कैलाली गोदावरी नगरपालिका १ वनखेतस्थित सडकमा ना. ५ ख ८०४९ नम्बरको बस र से. ५ ख ७५३६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका(६ बस्ने २८ वर्षीय हेमन्त साउद र मोटरइकलमा सवार सोही ठाउँ बस्ने २६ बर्षीय विक्रम खड्कालाई पदमा अस्पताल अत्तरिया हुँदै थप उपचारको लागि भारतको बरेली लैजाने क्रममा बिहीबार बाटोमै मृत्यु भएको हो । बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 
मोरङ बेलबारी नगरपालिका ४ स्थित सडकमा ना. ५ ख १९२० नम्बरको ट्रकले को १२. प ९६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका ११ बस्ने ४५ वर्षीय मनकुमार राई र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५० वर्षीय वर्ण राईको धरान घोपा अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो ।  दुवै सवारी साधन र ट्रक चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।
 
यसैगरी मोरङ कानेपोखरी गाउँपालिका ७ स्थित सडकमा ना. ५ ख २१४१ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा गम्भीर घाईते भएका पैदलयात्री सोही गाउँपालिका(७ बस्ने ५० बर्षीय बिष्णु भेटवालको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 
रोल्पा लुंग्री गाउँपालिका १ स्थित सडकमा ना.५ त ५५८२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सोही गाउँपालिका(१ सिउदर बस्ने सुके बिष्टको १४ बर्षीय छोरा मन्जित बिष्टको बिहीबार घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 
भोजपुर ट्याम्के मैयुम गाउँपालिका ९ स्थित सडकमा को.२ त ४६१८ नम्बरको ट्याक्टरको ट्रलीमा सवार खोटाङ खोटेहाङ गाँउपालिका २ बस्ने ३२ वर्षीया निङल्हामु शेर्पाको ट्याक्टरबाट ओर्लने क्रममा ढुङगामा ठोक्किन गई शुक्रबार मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



More News



दसैं, शुभकामना सबैलाई

Posted: 2018-10-17 09:27:24

सुनाखरी न्युज/ काठमाडौँ — दसैं प्राय सबै जातजाति र समुदायले मनाउँछन्  । त्यसैले यसलाई ‘बडादसैं’ भनिएको हो  । दसैं प्रायस् सबै जातजाति र समुदायले मनाउँछन् । त्यसैले यसलाई ‘बडादसैं’ भनिएको हो । नेपाली समाज बहुल छ । बडादसैं बहुल समाजको प्रतिबिम्ब । धार्मिक, सामाजिक, सांस्कृतिक चाड । शरद ऋतुले हामीलाई साथ दिन्छ । न झरी न हिलो न वर्षा न धूलो, सबतिर खुलेको मौसम । हराभरा धरा । चाँदीझैं टल्केका हिमाच्छादित हिमशैल । मनोहारी शरद पर्व । हर्ष र आनन्द ।...


यस्तो छ राजनीतिक दलको दशैं

Posted: 2018-10-17 06:20:52

सुनाखरी न्युज/ काठमाडौं –यतिबेला देश नै वडादशैंको रमझममा छ । सर्वसाधारण नागरिकदेखि राजनीतिज्ञ, कर्मचारी, कलाकार, पत्रकार लगायत विभिन्न पेशा व्यवसायमा आवद्ध सबैलाई दशैं लागेको छ । सार्वजनिक कार्यक्रम, भेटघाट र सामाजिक सञ्जालमा शुभकामना दिन भ्याइँनभ्याइँ छ । गृहजिल्ला बाहिर रहेकाहरू घर फर्किने क्रम जारी छ । काठमाडौं उपत्यकाबाट २५ लाखमा बढी मानिस बाहिरिए...


राति ९ बजेपछि चितवनमा मदिरा बिक्री वितरणमा रोक

Posted: 2018-10-16 13:47:40

सुनाखरी न्युज/ चितवन - जिल्ला प्रशासन कार्यालय चितवनले राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमति प्राप्त पसलले मात्र मदिरा बिक्री गर्न पाउने जनाएको छ। ...


पर्वत प्रहरिको सवारी साधन चेक जाँचमा तिव्रता

Posted: 2018-10-16 10:04:54

सुनाखरी न्युज/ पर्वत - पर्वत प्रहरिले सवारी चेकजाँच तिव्रता दिएको छ । हिन्दुहरुको महान पर्व विजया दशमीको अवसरमा जिल्ला भित्रने र वाहिरिने सार्वजनिक सवारी साधनहरुमा कायम भएको भाडादर भन्दा वढी भाडा असुल्ने, क्षमता भन्दा वढी यात्रु राख्ने तथा सवारी ऐन विपरित ...


फूलपातीदेखि एकादशी सम्म राजधानीको फोहोर नउठाइने

Posted: 2018-10-15 09:49:35

सुनाखरी न्युज/ काठमाडौं - सिसडोल ल्यान्डफिल साइट दशैँको पाँच दिन बन्द हुने भएको छ । स्थानीय जनताको आग्रह र काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच ...


Advertisements