समाचार

दशैंका लागि दैनिक उपत्यकाबाट एक लाखभन्दा बढी यात्रु बाहिरिँदै

Posted: 2018-10-12 12:57:59

सुनाखरी न्युज/ काठमाडौं - दशैं नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन् ।उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने गरेका छन् । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार असोज २३ गते घटस्थापनाका दिन एक लाख ३० हजार, २४ गते एक लाख ४४ हजार र २५ गते एक लाख १० हजार यात्रु बाहिरिएका छन ।
 
 
दसैं लागेसँगै निजी सवारी साधनदेखि सार्वजनिक सवारीसाधनमा यात्रु बाहिरिने गरेका छन्, उनले भने । असोज २३ गते १२ हजार ६५५, २४ गते १३ हजार पाँच सय ५१ र २५ मा १३ हजार एक सय ४७ सवारीसाधन उपत्यकाबाट बाहिरिएका थिए । बिहीबारसम्म एक लाख ३२ हजार व्यक्तिले टिकट बुकिङ गरेका छन। महाशाखाले दशैं, तिहार र छठ पर्वलाई लक्ष्य गरी उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उपत्यकाको कलंकी, स्वयम्भू, नयाँ बसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
 



More News



भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवस मनाउँदै

Posted: 2018-12-09 10:40:19

सुनाखरी न्युज/ काठमाडौ - भ्रष्टाचारविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् २००३ डिसेम्बर ९ तारिखमा भ्रष्टाचारविरुद्धको अन्तर्रा्ष्ट्रिय महासन्धि पारित गरेको थियो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।...


जनकपुरमा रामजानकी विवाह पञ्चमी महोत्सव शुरु

Posted: 2018-12-07 13:59:15

सुनाखरी न्युज/ काठमाडौ - रामजानकी विवाह पञ्चमी महोत्सव आज देखि जनकपुरमा शुरु भएको छ । राजर्षि जनक,जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनी मार्ग महिनाको शुक्ल पक्ष ...


१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Posted: 2018-12-06 14:22:13

सुनाखरी न्युज/ ललितपुर - ललितपुर महानगरपालिका २८ हरिसिद्धि बस्ने उदयपुरकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सातदोबाटो बस्ने दोलखाका २१ वर्षीय राजेन्द्र नेपाली र सोही ठाउँ बस्ने २७ वर्षीय ...


दिवंगत पितृको नाममा बत्ती बालि बालाचतुर्दशी पर्व मानाईदै

Posted: 2018-12-05 12:29:22

सुनाखरी न्युज/ काठमाडौ - पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवंगत पितृका नाममा दीपदान गरिँदैछ । आज दीपदान गरी बिहीबार बिहानै पितृको सम्झनामा ...


सुनाखरी न्युजको प्रधान सम्पादकमा शिव दुवाडी

Posted: 2018-12-03 11:46:24

काठमाडौं - सुनाखरी न्युज डट कमको प्रधान सम्पादकमा शिव दुवाडी नियुक्त भएका छन् । सुनाखरी न्युज प्रा. लि. ले आइतबार आयोजित एक समारोहबीच दुवाडीलाई प्रधान सम्पादक नियुक्त गरेको हो । २०५९ सालदेखि निरन्तररुपमा आर्थिक पत्रकारितामा संलग्न दुवाडीले...


Advertisements