समाचार

नुवाकोटमा बस दुर्घटना, दुई जनाको मृत्यु, ३० जना घाइते

Posted: 2018-10-12 11:59:30

सुनाखरी न्युज/ नुवाकोट - नुवाकोटको दुप्चेश्वर समुन्टारबाट त्रिशुली जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी ३० यात्रू घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। यात्रु बोकेर त्रिशुलीतर्फ आउँदै गरेको बा १ ख ६३५६ नम्बरको बस दुर्घटना भएको हो। 
 
घाइतेलाई उपचारका लागि अस्पताल लैजाने क्रम जारी छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।  



More News



भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवस मनाउँदै

Posted: 2018-12-09 10:40:19

सुनाखरी न्युज/ काठमाडौ - भ्रष्टाचारविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् २००३ डिसेम्बर ९ तारिखमा भ्रष्टाचारविरुद्धको अन्तर्रा्ष्ट्रिय महासन्धि पारित गरेको थियो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।...


जनकपुरमा रामजानकी विवाह पञ्चमी महोत्सव शुरु

Posted: 2018-12-07 13:59:15

सुनाखरी न्युज/ काठमाडौ - रामजानकी विवाह पञ्चमी महोत्सव आज देखि जनकपुरमा शुरु भएको छ । राजर्षि जनक,जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनी मार्ग महिनाको शुक्ल पक्ष ...


१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Posted: 2018-12-06 14:22:13

सुनाखरी न्युज/ ललितपुर - ललितपुर महानगरपालिका २८ हरिसिद्धि बस्ने उदयपुरकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सातदोबाटो बस्ने दोलखाका २१ वर्षीय राजेन्द्र नेपाली र सोही ठाउँ बस्ने २७ वर्षीय ...


दिवंगत पितृको नाममा बत्ती बालि बालाचतुर्दशी पर्व मानाईदै

Posted: 2018-12-05 12:29:22

सुनाखरी न्युज/ काठमाडौ - पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवंगत पितृका नाममा दीपदान गरिँदैछ । आज दीपदान गरी बिहीबार बिहानै पितृको सम्झनामा ...


सुनाखरी न्युजको प्रधान सम्पादकमा शिव दुवाडी

Posted: 2018-12-03 11:46:24

काठमाडौं - सुनाखरी न्युज डट कमको प्रधान सम्पादकमा शिव दुवाडी नियुक्त भएका छन् । सुनाखरी न्युज प्रा. लि. ले आइतबार आयोजित एक समारोहबीच दुवाडीलाई प्रधान सम्पादक नियुक्त गरेको हो । २०५९ सालदेखि निरन्तररुपमा आर्थिक पत्रकारितामा संलग्न दुवाडीले...


Advertisements