समाचार

दशैंका लागि खसि बोका र च्याङ्ग्राको मूल्य निर्धारण, खसिबोका प्रतिकेजी ५०० र च्याङ्ग्रा ७००

Posted: 2018-10-12 10:38:45

सुनाखरी न्युज/ काठमाडौं - सरकारी स्वामित्वको खाद्य संस्थानले दशैंका लागि खसि बोकाको मूल्य निर्धारण गरेको छ। गत वर्षको तुलनामा मूल्य वृद्धि गरी विहीबार निर्धारण गरिएको हो। सुनाखरी न्युजर काठमाडौं  संस्थानका अनुसार यो पटक खसीबोका प्रतिकिलो ५ सय र च्याङ्ग्रा प्रतिकिलो ७०० मा उपभोक्ताले पाउँने गरी मूल्य निर्धारण गरिएको हो। संस्थानका प्रवक्ता शंकर सापकोटाकाअनुसार संस्थानले निर्धारण गरेको खसीको ५१० र च्याङ्ग्राको ७१० रुपैयाँ प्रतिकिलोको मूल्यमा १० रुपैयाँ उपभोक्तालाई छुट दिइएको छ।   संस्थानले गत वर्ष खसीबोका प्रतिकिलो ४५५ रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ६७५ रुपैयाँ मुल्य तोकेको थियो। 
 
 
गतवर्षको तुलनामा यो बर्ष खसीबोकामा प्रतिकिलो ४५ र च्याङ्ग्रामा २५ रुपैयाँ मूल्य बढेको छ।संस्थानले कार्यालय परिसर थापाथलिबाट दसैंका लागि काठमाडौमा १ हजार खसी र १ हजार च्याङ्ग्रा बिक्री गर्ने जनाएको छ।
 



More News



दसैं, शुभकामना सबैलाई

Posted: 2018-10-17 09:27:24

सुनाखरी न्युज/ काठमाडौँ — दसैं प्राय सबै जातजाति र समुदायले मनाउँछन्  । त्यसैले यसलाई ‘बडादसैं’ भनिएको हो  । दसैं प्रायस् सबै जातजाति र समुदायले मनाउँछन् । त्यसैले यसलाई ‘बडादसैं’ भनिएको हो । नेपाली समाज बहुल छ । बडादसैं बहुल समाजको प्रतिबिम्ब । धार्मिक, सामाजिक, सांस्कृतिक चाड । शरद ऋतुले हामीलाई साथ दिन्छ । न झरी न हिलो न वर्षा न धूलो, सबतिर खुलेको मौसम । हराभरा धरा । चाँदीझैं टल्केका हिमाच्छादित हिमशैल । मनोहारी शरद पर्व । हर्ष र आनन्द ।...


यस्तो छ राजनीतिक दलको दशैं

Posted: 2018-10-17 06:20:52

सुनाखरी न्युज/ काठमाडौं –यतिबेला देश नै वडादशैंको रमझममा छ । सर्वसाधारण नागरिकदेखि राजनीतिज्ञ, कर्मचारी, कलाकार, पत्रकार लगायत विभिन्न पेशा व्यवसायमा आवद्ध सबैलाई दशैं लागेको छ । सार्वजनिक कार्यक्रम, भेटघाट र सामाजिक सञ्जालमा शुभकामना दिन भ्याइँनभ्याइँ छ । गृहजिल्ला बाहिर रहेकाहरू घर फर्किने क्रम जारी छ । काठमाडौं उपत्यकाबाट २५ लाखमा बढी मानिस बाहिरिए...


राति ९ बजेपछि चितवनमा मदिरा बिक्री वितरणमा रोक

Posted: 2018-10-16 13:47:40

सुनाखरी न्युज/ चितवन - जिल्ला प्रशासन कार्यालय चितवनले राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमति प्राप्त पसलले मात्र मदिरा बिक्री गर्न पाउने जनाएको छ। ...


पर्वत प्रहरिको सवारी साधन चेक जाँचमा तिव्रता

Posted: 2018-10-16 10:04:54

सुनाखरी न्युज/ पर्वत - पर्वत प्रहरिले सवारी चेकजाँच तिव्रता दिएको छ । हिन्दुहरुको महान पर्व विजया दशमीको अवसरमा जिल्ला भित्रने र वाहिरिने सार्वजनिक सवारी साधनहरुमा कायम भएको भाडादर भन्दा वढी भाडा असुल्ने, क्षमता भन्दा वढी यात्रु राख्ने तथा सवारी ऐन विपरित ...


फूलपातीदेखि एकादशी सम्म राजधानीको फोहोर नउठाइने

Posted: 2018-10-15 09:49:35

सुनाखरी न्युज/ काठमाडौं - सिसडोल ल्यान्डफिल साइट दशैँको पाँच दिन बन्द हुने भएको छ । स्थानीय जनताको आग्रह र काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच ...


Advertisements