समाचार

पर्वतमा ६३ औ प्रहरी दिवस सम्पन्न, अमर प्रहरी परिवार संग अन्तक्रिया तथा पुनर्मिलन

Posted: 2018-10-12 15:13:06

सुनाखरी न्युज/ पर्वत - ६३ औ प्रहरी दिवस सम्पन्न “कानुन र न्याय नै हुन्छ सवै भन्दा माथि, शान्ति सुरक्षा कायम गर्न प्रहरी हो सवको साथी “ भन्ने मुल नाराका साथ कर्तव्य पालनाको सिलसिलामा देश र जनताका लागी आफ्नो प्राणको आहुति दिई विरगती प्राप्त गरेका अमर प्रहरीको सम्झना गर्दै ६३ औ प्रहरी दिवस भव्यताका साथ सम्पन्न भएको छ । यस कार्यालयको प्राङगणमा रहेको अमर प्रहरी स्मारिकामा आगन्तुक सम्पुर्ण अतिथि महानुभावहरुले विर अमर प्रहरीहरू को सम्झनामा पुष्प गुच्छा तथा माल्यार्पण गर्नू भएको थियो । जिल्ला प्रहरी कार्यालय, पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीको अध्यक्षता, जिल्ला समन्वय समिति संयोजक मनोहर वि. पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिको रुपमा कुस्मा नगरपालिका उप प्रमुख सिता काफ्ले लामिछाने, जलजला गाउपालिका अध्यक्ष याम वहादुर मल्ल,  प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल लगायत अन्य सुरक्षा निकायका प्रतिनिधिहरु, जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, जिल्लामा कृयाशिल विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उधोग वाणिज्य संघका अध्यक्ष तथा अन्य व्यवसायीहरु, जिल्लामा क्रियाशिल संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुहरु, सामुदायिक प्रहरी सेवा कुश्माका अध्यक्ष, नि. वर्तमान अघ्यक्षहरु, कुश्मा नगरपालिका स्थित विभिन्न वडाहरुका वडाअध्यक्षहरु, पुर्व प्रहरी कर्मचारीहरू, अमर प्रहरीका आश्रित परिवारहरू, जिल्ला स्थित विभिन्न विधालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्र.अ. हरु, जिल्ला स्थित विभिन्न क्लवका अध्यक्ष तथा प्रतिनिधिहरु, समाजसेवी, वुद्दीजिवी, सञ्चारकर्मी तथा जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । 
 
 
उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठले नेपाल प्रहरीको स्थापना र प्रहरी दिवसको महत्वको बारेमा प्रष्ट पार्दै उपस्थित सवैमा हार्दिक स्वागत गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो । पुर्व प्रहरीको तर्फवाट पुर्व प्रहरी संघ पर्वतका सचिव हरि नारायण गिरीले पुर्व प्रहरी कर्मचारीहरुले संगठनमा पुर्याथएको योगदानको स्मरण गर्दै आगामी दिनहरुमा समेत प्रहरीको काम कर्तव्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो भने अमर प्रहरीको तर्फवाट अमर प्रहरी संघ पर्वतका अध्यक्ष  मेनका लामगादेले देश र जनताको लागी अमर प्रहरीले आफ्नो प्राणको आहुती दिएकाले राज्यले पनि अमर प्रहरी परिवारलाई उचित सम्मान गर्नु पर्ने धारणा राख्नु भएको थियो । पत्रकार महासंघ पर्वतका छविलाल तिवारीले शान्ति सुरक्षा स्थापनमा प्रहरीको भुमिका महत्वपुर्ण रहेको र लुकेको अपराधलाई बाहिर ल्याउन तथा जनचेतना फैलाउन प्रहरी र पत्रकार मिलेर अघि वढ्नु पर्ने वताउनु भयो ।
 
 
उक्त कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल ज्यूले समाजमा घट्ने अपराध नियन्त्रण तथा सफल अनुसन्धान गरी शान्ति सुरक्षा स्थापना गर्न नेपाल प्रहरीले खेलेको भुमिकाको प्रंशसा गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतले शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न अपनाएको रणनितिको मुक्त कण्ठले प्रशंसा गर्दै सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो । कुनपा का उप प्रमुख सिता काफ्ले लामिछाने ज्यूले जनसंख्या वृद्धि संगै समाजमा बिभिन्न किसीमका अपराधहरु देखा परेकाले अपराध मुक्त समाज निर्माणको लागी नेपाल प्रहरीको स्थापना भएको र स्थापना पश्चात नेपाल प्रहरीले खेलेको भुमिका प्रशंसा योग्य रहेको वताउनु भयो । साथै उहांले अमर प्रहरीका परिवारलाई सहासका साथ अघि वढ्न समेत सुल्झाउनु भयो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति संयोजक मनोहर वि पौडेल ज्यूले अपराध रोकथाम तथा अनुसन्धानमा नेपाल प्रहरी विश्वमा नै उत्कृष्ठ रहेको बताउदै अमर प्रहरी परिवारलाई आवश्यक सहयोग गर्न उपस्थित सम्पुर्णमा आग्रह गर्नु भएको थियो । 
 
कार्यक्रमको अध्यक्ष तथा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले अमर प्रहरी तथा पुर्व प्रहरी कर्मचारीले पुर्यारएको योगदानको सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय परिवार अपराध विरुद्ध शुन्य सहनशिलताको नितिमा अघि वढेको स्पष्ट पार्नु भयो साथै उहाँले नजिकिदै आएको हिन्दुहरुको महान पर्व विजया दशमि तथा शुभदिपावलीको अवसरमा हुन सक्ने खतरालाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना बनाई सोही वमोजिम प्रहरी परिचालन गरि सुरक्षा अवस्था सामान्य राख्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा प्रहरी चौकी लेखफांट पर्वतको भवन निर्माण समितिको अध्यक्षको रुपमा रही बिशेष योगदान पुर्यााउनु हुने जलजला गाउपालिका वडा न.५ निवासी डण्डपाणी सुवेदीलाई कार्यक्रममा प्रमुख अतिथी ज्यूवाट कदर पत्र प्रदान गरिएको थियो । साथै जिल्ला प्रहरी कार्यालय पर्वत र मातहत प्रहरी युनिटहरुमा कार्यरत उत्कृष्ट ८ जना प्रहरी कर्मचारीहरुलाई समेत नगद पुरस्कारद्धारा पुरस्कृत गरिएको कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरीक्षक पुर्णिमा थापाले गर्नुभएको थियो । 
 
 
अमर प्रहरी सन्ततिलाई नि : शुल्क शिक्षा 
६३ औ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा वोल्दै नमुना आवाशिय मा.बि.का विधालय व्यवस्थापन समितिका अध्यक्ष याम प्रसाद शर्मा ज्यूले  अमर प्रहरीले देश र जनताको खातिर आफ्नो प्राणको आहुति दिएको स्मरण गर्दै उनै विर अमर प्रहरी परिवारका कुनै एक जना सन्तानलाई कुश्मा नगरपालिका वडा नम्वर ६ स्थितमा रहेको नमुना आवाशिय मा.बि.ले कक्षा नर्सरी देखी कक्षा १२ सम्म निशुल्क अध्ययनको व्यवस्था मिलाउने घोषणा गर्नुभयो ।
 
 
पुर्व प्रहरी कर्मचारी तथा अमर प्रहरी परिवार संग अन्तक्रिया तथा पुनर्मिलन कार्यक्रम 
६३ औ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रम समापन पश्चात जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारी ज्यूको  प्रमुख उपस्थितिमा पुर्व प्रहरी कर्मचारी तथा अमर प्रहरी परिवारसंग छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा पुर्व प्रहरी संघ पर्वतका अध्यक्ष थम नारायण क्षेत्रीले प्रहरी सेवावाट निवृत्त  भए पनि प्रहरी संगठनको एक सदस्य भएको नाताले अझै पनि प्रहरीको काम कार्यमा सहयोग गर्ने वताउनु भयो भने अमर प्रहरी परिवार संघ पर्वतको अध्यक्ष मेनका लामगादेले अमर प्रहरीले देश र जनताको लागी पुर्यााएको योगदानको राज्यले पनि उचित सम्मान गर्दै अमर प्रहरी सन्तानको निस्शुल्क उच्च शिक्षाको व्यवस्था गर्नु पर्ने माग गर्नु भयो ।
 
उक्त कार्यक्रममा उठेका गुनासो तथा जिज्ञासाको सम्वोधन गर्दै प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले पुर्व प्रहरी कर्मचारी तथा अमर प्रहरीले पुर्यााएको योगदान जिवन्त रहने, अमर प्रहरी परिवार प्रति आफु ज्यादै संवेदनशिल रहेको र उहाँहरुको गुनासो व्यवस्थापनको लागी मजकुर कार्यालय तथा अन्य निकायहरुसंग समेत समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
 
 
सीमित श्रोत साधनका बाबजुद नेपाल प्रहरीले आन्तरिक सुरक्षा कायम राख्न प्रदर्शन गरेको ढृढता, कर्तव्यनिष्ठा र वीरताको प्रशंसा र नेपाल सरकारले अंगिकार गरेको “समृद्ध नेपाल सुखी नेपाली” निर्माणको लक्ष्य प्राप्तिको लागि नेपाल प्रहरीले थप जिम्मेवार र सक्रिय हुनु आवश्यक रहेको छ ।६३ औं प्रहरी दिवस २०७५ का अवसरमा देशभरका प्रहरी कार्यालयहरुमा समेत विविध कार्यक्रमहरु गरी  प्रहरी दिवस मनाइएको छ ।



More News



आगलागीमा परि दाङमा एकैघरका तीन जनाको मृत्यु

Posted: 2018-12-14 10:46:14

सुनाखरी न्युज/ दाङ - दाङमा आगलागीमा परि एकै घरका तीनजनाको मृत्यु भएको छ । खरले छाएको घरमा आगलागी हुँदा बंगलाचुली गाउँपालिका वडा नं. ८ गुराँसे निवासी नबराज पुनका एक छोरा र दुई छोरीको मृत्यु भएको जिल्ला प्रहरी ...


अवैध लागूऔषध सहित पक्राउ

Posted: 2018-12-13 14:20:22

सुनाखरी न्युज/ काठमाडौ - काठमाडौं नागार्जुन नगरपालिका ६ रामकोट सल्लाघारी बस्ने रामकुमार तामाङलाई ५ किलो अवैध लागूऔषध गाँजा सहित बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । उनले लुकाई छिपाई विक्रि वितरणको ...


सवारी चालक अनुमतिपत्र बनाईदिन्छु भनि ठगी गर्ने पक्राउ

Posted: 2018-12-13 10:38:48

सुनाखरी न्युज/ कास्की - सवारी चालक अनुमतिपत्र बनाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा पर्वत मोदी गाउँपालिका २ देउपुरका २२ वर्षीय सरोज चपाईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । यातायत व्यावस्था कार्यालयको फेसबुक पेज तथा ग्रुप बनाई सजिलै लाईसेन्स फर्म भर्ने र ट्रायल दिने तथा लाईसेन्स निकाल्न ...


आज विवाह पञ्चमी, जानकी मन्दिरमा भव्य मेला

Posted: 2018-12-12 13:34:48

सुनाखरी न्युज/ काठमाडौ - मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको ...


४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Posted: 2018-12-12 13:05:51

सुनाखरी न्युज/ धनकुटा - चौबिसे गाउँपालिका ५ हमेलावस्ने ४ वर्षीया बालिकालाई मंङसिर २४ गते बेलुकी जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ४१ वर्षीय धन बहादुर तामाङलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । ...


Advertisements