समाचार

शुक्रबारबाट खाद्य संस्थानले दशैँका लागि खसीबोका बेच्ने

Posted: 2018-10-11 15:45:20

सुनाखरी न्युज/ काठमाडौं -  नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दशैँका लागि खसी, बोका र च्याङग्रा विक्रीवितरण सूरु गर्ने भएको छ । नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा विक्रीवितरण गर्ने जानकारी गराएको हो । संस्थानका लागि बागमती अञ्चल कार्यालय प्रमुख सुरेन्द्रराज विष्टले बिक्रीका लागि बिहिबार बिहान सम्म ९० वटा खसी, बोका र ५ सय ५० वटा च्याङग्रा काठमाडौं आईपुगेको जानकारी दिए । शुक्रबारसम्म मुस्ताङबाट १ हजार वटा च्याङग्रा काठमाडौं ल्याउने संस्थानको योजना छ ।
 
 
त्यस्तै हेटौडाबाट ९ सय १० वटा खसी, बोका काठमाडौं ल्याउने योजना रहेको बताइएको छ । शुक्रबार विहान ८ बजेबाट खसी, बोका र च्याङ्ग्रा विक्री वितरण हुनेछन् ।बजार भाउलाई हेरेर सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गर्ने पनि संस्थानले जनाएको छ । संस्थानका बागमती अञ्चल कार्यालयका प्रमुख विष्टले बजारको भन्दा सस्तो मूल्यमा मासुको विक्री वितरण हुने बताए ।बिहिबार बेलुकासम्म संस्थानले मासुको मूल्य निर्धारण हुने पनि स्पष्ट पारेको छ । संस्थानले हरेक वर्ष थापाथलीस्थित बागमती अञ्चल कार्यालय परिसरबाट दसैंका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्रा विक्री वितरण गर्दै आएको छ । यस वर्ष बाटो अप्ठयारो भएका कारण मुस्ताङबाट च्याङग्रा ल्याउँन कठिनाई भईरहेको संस्थानको भनाई छ ।



More News



दसैं, शुभकामना सबैलाई

Posted: 2018-10-17 09:27:24

सुनाखरी न्युज/ काठमाडौँ — दसैं प्राय सबै जातजाति र समुदायले मनाउँछन्  । त्यसैले यसलाई ‘बडादसैं’ भनिएको हो  । दसैं प्रायस् सबै जातजाति र समुदायले मनाउँछन् । त्यसैले यसलाई ‘बडादसैं’ भनिएको हो । नेपाली समाज बहुल छ । बडादसैं बहुल समाजको प्रतिबिम्ब । धार्मिक, सामाजिक, सांस्कृतिक चाड । शरद ऋतुले हामीलाई साथ दिन्छ । न झरी न हिलो न वर्षा न धूलो, सबतिर खुलेको मौसम । हराभरा धरा । चाँदीझैं टल्केका हिमाच्छादित हिमशैल । मनोहारी शरद पर्व । हर्ष र आनन्द ।...


यस्तो छ राजनीतिक दलको दशैं

Posted: 2018-10-17 06:20:52

सुनाखरी न्युज/ काठमाडौं –यतिबेला देश नै वडादशैंको रमझममा छ । सर्वसाधारण नागरिकदेखि राजनीतिज्ञ, कर्मचारी, कलाकार, पत्रकार लगायत विभिन्न पेशा व्यवसायमा आवद्ध सबैलाई दशैं लागेको छ । सार्वजनिक कार्यक्रम, भेटघाट र सामाजिक सञ्जालमा शुभकामना दिन भ्याइँनभ्याइँ छ । गृहजिल्ला बाहिर रहेकाहरू घर फर्किने क्रम जारी छ । काठमाडौं उपत्यकाबाट २५ लाखमा बढी मानिस बाहिरिए...


राति ९ बजेपछि चितवनमा मदिरा बिक्री वितरणमा रोक

Posted: 2018-10-16 13:47:40

सुनाखरी न्युज/ चितवन - जिल्ला प्रशासन कार्यालय चितवनले राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमति प्राप्त पसलले मात्र मदिरा बिक्री गर्न पाउने जनाएको छ। ...


पर्वत प्रहरिको सवारी साधन चेक जाँचमा तिव्रता

Posted: 2018-10-16 10:04:54

सुनाखरी न्युज/ पर्वत - पर्वत प्रहरिले सवारी चेकजाँच तिव्रता दिएको छ । हिन्दुहरुको महान पर्व विजया दशमीको अवसरमा जिल्ला भित्रने र वाहिरिने सार्वजनिक सवारी साधनहरुमा कायम भएको भाडादर भन्दा वढी भाडा असुल्ने, क्षमता भन्दा वढी यात्रु राख्ने तथा सवारी ऐन विपरित ...


फूलपातीदेखि एकादशी सम्म राजधानीको फोहोर नउठाइने

Posted: 2018-10-15 09:49:35

सुनाखरी न्युज/ काठमाडौं - सिसडोल ल्यान्डफिल साइट दशैँको पाँच दिन बन्द हुने भएको छ । स्थानीय जनताको आग्रह र काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच ...


Advertisements