समाचार

एपीएफ टोलीद्वारा चोरीपैठारीको विभिन्न सामाग्री र लत्ताकपडा बरामद

Posted: 2018-10-11 13:05:29

सुनाखरी न्युज/ पर्सा - पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १० स्थित ईदगाहा चोकबाट असोज २३ गते एपीएफ टोलीले करीव २ लाख २१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिर्सियाबाट सशस्त्र प्रहरी नायव निरीक्षक रामशरण सिलवालको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
 
 
पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका २५ बाट असोज २२ गते एपीएफ टोलीले करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामाग्री बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, खेलौना तथा मोटरसाइकलको पार्टस सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी सोही गुल्मबाट खटिएको एपीएफ टोलीले असोज २३ गते पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १० बाट करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामाग्री बरामद गरेको छ । गस्तीमा खटिएको एपीएफ टोलीले भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा जुत्ता बरामद गरेको हो ।
   



More News



आगलागीमा परि दाङमा एकैघरका तीन जनाको मृत्यु

Posted: 2018-12-14 10:46:14

सुनाखरी न्युज/ दाङ - दाङमा आगलागीमा परि एकै घरका तीनजनाको मृत्यु भएको छ । खरले छाएको घरमा आगलागी हुँदा बंगलाचुली गाउँपालिका वडा नं. ८ गुराँसे निवासी नबराज पुनका एक छोरा र दुई छोरीको मृत्यु भएको जिल्ला प्रहरी ...


अवैध लागूऔषध सहित पक्राउ

Posted: 2018-12-13 14:20:22

सुनाखरी न्युज/ काठमाडौ - काठमाडौं नागार्जुन नगरपालिका ६ रामकोट सल्लाघारी बस्ने रामकुमार तामाङलाई ५ किलो अवैध लागूऔषध गाँजा सहित बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । उनले लुकाई छिपाई विक्रि वितरणको ...


सवारी चालक अनुमतिपत्र बनाईदिन्छु भनि ठगी गर्ने पक्राउ

Posted: 2018-12-13 10:38:48

सुनाखरी न्युज/ कास्की - सवारी चालक अनुमतिपत्र बनाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा पर्वत मोदी गाउँपालिका २ देउपुरका २२ वर्षीय सरोज चपाईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । यातायत व्यावस्था कार्यालयको फेसबुक पेज तथा ग्रुप बनाई सजिलै लाईसेन्स फर्म भर्ने र ट्रायल दिने तथा लाईसेन्स निकाल्न ...


आज विवाह पञ्चमी, जानकी मन्दिरमा भव्य मेला

Posted: 2018-12-12 13:34:48

सुनाखरी न्युज/ काठमाडौ - मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको ...


४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Posted: 2018-12-12 13:05:51

सुनाखरी न्युज/ धनकुटा - चौबिसे गाउँपालिका ५ हमेलावस्ने ४ वर्षीया बालिकालाई मंङसिर २४ गते बेलुकी जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ४१ वर्षीय धन बहादुर तामाङलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । ...


Advertisements