समाचार

यातायात समिति खारेजपछि १५ हजार श्रमिक कर्मचारीको रोजगारी गुम्यो

Posted: 2018-08-19 13:25:48

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णय सँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ ।
 
 
बैठकले मुलुकको संरचना अनुसार गत महाधिवेशनले सङ्घको विधान परिमार्जन गरेकाले सोअनुसारको संरचनाका लागि देशभर अभियान थाल्ने, नयाँ स्थानमा सङ्गठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदुरमा लागू गराउने, सामाजिक सुरक्षा ऐन लागू गराउन पहल गर्ने, विषयगत विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ । सङ्घ आबद्ध महासङ्घ नेपाल ट्रेड युनियन काङ्ग्रेससँग छलफल गर्दै यातायात मजदुरका हकहित अधिकारका लागि सङ्घ देशभर पुग्ने अध्यक्ष भण्डारीले बताए ।
रासस



More News



राष्ट्रिय जनमोर्चाले संघीयताको विपक्षमा संसदमा संशोधन प्रस्ताव दर्ता गर्ने : चित्रबहादुर केसी

Posted: 2018-10-29 15:28:03

सुनाखरी न्युज/ काठमाडौं - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले संघीयताका विपक्षमा संसदमा संशोधन प्रस्ताव दर्ता गर्न लागेको बताएका छन । नेपालमा संघीय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको ...


जुवा खालबाट पैसा असुल्ने प्रहरी सहायक निरीक्षक (असई) निलम्बित

Posted: 2018-10-29 14:26:52

सुनाखरी न्युज/ काठमाडौं - म्हैपी अस्थायी प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) विचित्र थापा मगरलाई जुवा खालको पैसा खाएको आरोपमा निलम्बन गरिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको सिफारिसमा ...


अस्पतालले विज्ञप्ति जारी गर्दै भन्यो प्रधानमन्त्रीको छातीमा संक्रमण, केही दिन अस्पतालमै राखिने

Posted: 2018-10-29 11:33:51

सुनाखरी न्युज/ काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ। केहीबेरअघि विज्ञप्ति जारी ...


मुलुकभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ८

Posted: 2018-10-28 20:17:31

सुनाखरी न्युज/ काठमाडौँ — काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ । दसैंअघिसम्म मुलुकका अधिकांश भागमा गर्मी महसुस भएपनि दसैंलगत्तै तापक्रम घटेर चिसो हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार काठमाडौंको न्यूनतम तापक्रम ८ र अधिकतम तापक्रम २५.५ डिग्री सेल्सियस छ। आइतबार सबभन्दा कम जुम्लामा न्यूनतम तापक्रम ०.७ र अधिकतम तापक्रम १९.६ डिग्री सेल्सियस तथा सबभन्दा बढी विराटनगरमा न्यूनतम तापक्रम १८ डिग्री र अधिकतम तापक्रम ३२.५ डिग्री सेल्सियस छ।...


राष्ट्रपतिको कतार भ्रमण स्वीकृत, गोरखापत्रका महाप्रबन्धक हटाइए

Posted: 2018-10-28 17:44:03

सुनाखरी न्युज/ काठमाडौं - सरकारले राष्ट्रपति विद्या भण्डारीको कतार भ्रमण स्वीकृत गरेको छ। आइतबार बसेको मन्त्रीपरिषद् बैठकले सोमबार देखि हुने राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको भूमिसुधार मन्त्री पद्मा अर्यालले जानकारी दिइन ।राष्ट्रपतिको कतार भ्रमण चार दिनको हुने छ। मन्त्री अर्यालले दिएको जानकारी ...


Advertisements