समाचार

यातायात समिति खारेजपछि १५ हजार श्रमिक कर्मचारीको रोजगारी गुम्यो

Posted: 2018-08-19 13:25:48

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णय सँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ ।
 
 
बैठकले मुलुकको संरचना अनुसार गत महाधिवेशनले सङ्घको विधान परिमार्जन गरेकाले सोअनुसारको संरचनाका लागि देशभर अभियान थाल्ने, नयाँ स्थानमा सङ्गठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदुरमा लागू गराउने, सामाजिक सुरक्षा ऐन लागू गराउन पहल गर्ने, विषयगत विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ । सङ्घ आबद्ध महासङ्घ नेपाल ट्रेड युनियन काङ्ग्रेससँग छलफल गर्दै यातायात मजदुरका हकहित अधिकारका लागि सङ्घ देशभर पुग्ने अध्यक्ष भण्डारीले बताए ।
रासस



More News



नवलपरासी र बाँके बाट नियन्त्रित लागूऔषध सहित पक्राउ

Posted: 2018-10-31 10:53:18

सुनाखरी न्युज/ काठमाडौँ - नवलपरासी (सुस्ता पश्चिम) र बाँकेबाट नियन्त्रित लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी सुस्ता पश्चिम बर्दघाट नगरपालिका ८ भानुनगरस्थित सडकबाट सरावल गाउँपालिका २ बस्ने २३ ...


आजदेखि काठमाडौं उपत्यकामा ११ बजेदेखि दिउँसो ३ बजे सम्म टिपर चल्दै

Posted: 2018-10-31 09:45:10

सुनाखरी न्युज/ काठमाडौँ - आज (बुधबार)देखि काठमाडौं उपत्यकामा दिउँसो पनि टिपर चल्ने भएका छन्। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म टिपर चल्ने भएका हुन । टिपरबाट धेरै दुर्घटना हुन थालेपछि यसअघि उपत्यकामा राति ८ बजेदेखि ...


मुलुक सकरी गयो यति डरलाग्लोगरी साँढे २५ अर्ब घाटामा

Posted: 2018-10-30 15:30:04

सुनाखरी न्युज/ काठमाडौँ — चालु आर्थिक वर्षको दोस्रो महिनामा पनि मुलुक करिब साढे २५ अर्ब रुपैयाँले घाटामा छ । मुलुकबाट बाहिरिने र भित्रिने रकमबीचको अन्तर देखाउने शोधनान्तर (भुक्तानी सन्तुलन) गत भदौमा पनि २५ अर्ब ४५ करोड रुपैयाँले घाटामा गएको हो । तीब्र गतिमा आयात बढ्दै गएको र मुलुकको बाह्य क्षेत्र अपेक्षित रुपमा सुधार नहुँदा मुलुकको भुक्तानी सन्तुलन ऋणात्मक बनेको हो । ...


टोखा नगरपालिकाको २ पानी उद्योगमा शिलबन्दी

Posted: 2018-10-30 12:46:22

सुनाखरी न्युज/ काठमाडौं - सरकारी अनुगमन टोलीले सोमबार टोखा नगरपालिकाका दुई पानी प्रशोधन उद्योगमा शिलबन्दी गरेको छ। उद्योग सरकारी मापदण्ड अनुरूप नरहेको, फोहोर जार प्रयोग गरिएको र फोहोर व्यवस्थापन नगरेको लगायतका कारण ति उद्योगलाई शिलबन्दी गरिएको खाद्य ...


घरेलु मदीरा बिरुद्ध पर्वत प्रहरी आक्रामक रुपमा प्रस्तुत

Posted: 2018-10-30 09:59:09

सुनाखरी न्युज/ पर्वत - चाडपर्वहरुलाई ध्यानमा राखेर घरेलु मदीरा नियन्त्रणमा बिशेष निगरानी गरेको पर्वत प्रहरीले सोमबार स्थानीय नागरिकहरु संगको सहकार्यमा प्रहरीले पर्वत सदरमुकाम कुश्मा बजार क्षेत्रका बिभिन्न स्थानमा रहेका ...


Advertisements