समाचार

यातायात समिति खारेजपछि १५ हजार श्रमिक कर्मचारीको रोजगारी गुम्यो

Posted: 2018-08-19 13:25:48

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णय सँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ ।
 
 
बैठकले मुलुकको संरचना अनुसार गत महाधिवेशनले सङ्घको विधान परिमार्जन गरेकाले सोअनुसारको संरचनाका लागि देशभर अभियान थाल्ने, नयाँ स्थानमा सङ्गठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदुरमा लागू गराउने, सामाजिक सुरक्षा ऐन लागू गराउन पहल गर्ने, विषयगत विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ । सङ्घ आबद्ध महासङ्घ नेपाल ट्रेड युनियन काङ्ग्रेससँग छलफल गर्दै यातायात मजदुरका हकहित अधिकारका लागि सङ्घ देशभर पुग्ने अध्यक्ष भण्डारीले बताए ।
रासस



More News



राष्ट्रपति निर्वाचन २९ गते, आयोगको बिहीबार बसेको बैठकले निर्वाचनको मिति तोकेको

Posted: 2018-02-22 20:33:26

सुनाखरी न्युज- राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोकेको हो । आयोगले निर्वाचनको कार्यक्रम समेत तय गरेको छ । जसअनुसार २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।...


फागुन २० गते प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ

Posted: 2018-02-21 20:39:08

सुनाखरी न्युज- संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ अधिवेशन सुरु हुने अघिल्लो दिन फागुन २० मा गराउने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ का निम्ति संघीय संसद्‍को अधिवेशन आहवान गरिसकेकी छन् । सचिवालयका प्रवक्ता भरत गौतमले एकै दिन फरक–फरक समयमा दुवै सभाको शपथ कार्यक्रम तय गरिएको बताए ।...


‘इन्काउन्टर’मा मारिए मनोज पुन

Posted: 2018-02-21 10:57:29

सुनाखरी न्युज- हत्या र चन्दा आतंक मच्चाउँदै आएका गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । बुधबार बिहान रुपन्देहीको देवदह नगरपालिका भवानीपुरमा उनी प्रहरीको गोलीबाट मारिएका हुन् । पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपछि प्रहरीको गोली लागेर उनी मारिएको प्रहरीले जनाएको छ । ...


राष्ट्रियसभा सदस्य नियुक्तिको निर्णय उल्टियो, राष्ट्रपतिद्वारा राष्ट्रियसभामा तीन सदस्य मनोनित

Posted: 2018-02-20 13:33:21

सुनाखरी न्युज- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसअनुसार संविधानको धारा ८६ को उपधारा ९२० को खण्ड ९ख० बमोजिम तीनजनालाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी छन् । मंगलबार उनले झापाका डा युवराज खतिवडा, मकवानपुरका रामनारायण बिडारी र मोरङकी डा विमला पौड्याललाई मनोनित गरेकी हुन् । मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले तीनजनालाई सिफारिस गर्ने निर्णय गरेको थियो । ...


समृद्धिको सपना साकार पार्ने युग सुरु- प्रधानमन्त्री

Posted: 2018-02-19 15:00:40

सुनाखरी न्युज- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माणको ऐतिहासिक अवसर सुरु भएको बताएका छन् । ६८ औं प्रजातन्त्र दिवसलाई राजधानीको टुँडिखेलमा सोमबार सम्बोधन गर्दै ओलीले लामो समयदेखि अपेक्षा गरेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको सुरुवात भएको बताएका हुन। ...


Advertisements