समाचार

यातायात समिति खारेजपछि १५ हजार श्रमिक कर्मचारीको रोजगारी गुम्यो

Posted: 2018-08-19 13:25:48

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णय सँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ ।
 
 
बैठकले मुलुकको संरचना अनुसार गत महाधिवेशनले सङ्घको विधान परिमार्जन गरेकाले सोअनुसारको संरचनाका लागि देशभर अभियान थाल्ने, नयाँ स्थानमा सङ्गठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदुरमा लागू गराउने, सामाजिक सुरक्षा ऐन लागू गराउन पहल गर्ने, विषयगत विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ । सङ्घ आबद्ध महासङ्घ नेपाल ट्रेड युनियन काङ्ग्रेससँग छलफल गर्दै यातायात मजदुरका हकहित अधिकारका लागि सङ्घ देशभर पुग्ने अध्यक्ष भण्डारीले बताए ।
रासस



More News



संघीय संसदको दुवै सदनको बैठक बस्दै, के के छन् कार्यसूची

Posted: 2018-03-06 14:49:28

सुनाखरी न्युज- संघीय संसद् र राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । हिजोबाट सुरु भएको संसद बैठक विभिन्न कार्यसूचीहरुमा छलफल गर्न आज पुनः बस्न लागेको हो । संसद् सचिवालयले बिहान ११ बजे दुवै सदनको बैठक बस्न लागेको जानकारी दिएको छ । ...


विश्वकै खराब सूचीको सातौ नम्बरमा नेपालको पासपोर्ट

Posted: 2018-03-05 13:05:49

सुनाखरी न्युज- नेपालको पासपोर्ट विश्वकै खराब पासपोर्टको सूचीको सातौँ नंम्बरमा परेको छ। हेन्ले पासपोर्ट सूचकांकमा नेपाल अन्तिमबाट सातौँ स्थानमा परेको हो। विभिन्न देशले जारी गर्ने पासपोर्टको विश्वव्यापी हैसियतको आधारमा २०१८ को फेब्रुअरी महिनामा प्राप्त तथ्यांकका आधारमा हेन्ले एण्ड पार्टनरले गरेको सर्भेक्षणमा नेपाल ९९ औँ स्थानमा परेको हो। नेपालसँगै समान ३६ अंक पाएर लिविया पनि ९९ औँ स्थानमा रहेको छ। ...


संघीय संसद्को प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा

Posted: 2018-03-04 15:27:34

रमेश लम्साल — संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको संघीय संसद्को पहिलो बैठक आइतबार अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्न लागेको हो । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण अपराह्न १६:०० बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण १७:०० बजेका लागि तय भएको छ । ...


बल्ल बने भूकम्पपिडितका एक लाख घर, ७ लाख घर निर्माणगर्न बाँकी

Posted: 2018-03-03 14:28:43

सुनाखरी न्युज- विनासकारी भूकम्पले भत्काएका घरको पुननिर्माण कार्य पछिल्लो समयमा तिव्रगतिमा हुन थालेको छ । भूकम्प गएको झण्डै तीनबर्ष लामो समयवित्नलागेको विद्यमान अवस्थामा बल्ल घर निर्माणकार्यले गति लिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिरकणका अनुसार शुक्रबारसम्ममा एक लाख सात सय ८३ घरको पुननिर्माण कार्य सम्पन्न भएको छ । पुननिर्माण प्रकृया शुरु भएका अन्य घरहरु माधन बन्ने क्रममा रहेको प्राधिकरणका प्रमूख कार्यकारी अधिकृत युवराज भुषालले बताए । ...


मन्त्रीमण्डल विस्तारमा ढिलाइ, मन्त्रालय भागवण्डामा अड्कियो फोरमसँगको वार्ता

Posted: 2018-03-02 14:57:20

सुनाखरी न्युज- सरकार र संघीय समाजवादी फोरमबीचको वार्ता पछिल्लो समय मन्त्रालय भागवन्डामा अड्किएको छ । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त गठबन्धनले दुई तिहाईसहितको सरकार बनाउन उपेन्द्र यादव नेतृत्वको फोरमलाई सरकारमा ल्याउन प्रयास गरिरहेको छ । फोरम सरकारमा सहभागी हुन तयार भए पनि मन्त्रालय भागवन्डामा कुरा मिलेको छैन । ...


Advertisements