समाचार

यातायात समिति खारेजपछि १५ हजार श्रमिक कर्मचारीको रोजगारी गुम्यो

Posted: 2018-08-19 13:25:48

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णय सँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ ।
 
 
बैठकले मुलुकको संरचना अनुसार गत महाधिवेशनले सङ्घको विधान परिमार्जन गरेकाले सोअनुसारको संरचनाका लागि देशभर अभियान थाल्ने, नयाँ स्थानमा सङ्गठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदुरमा लागू गराउने, सामाजिक सुरक्षा ऐन लागू गराउन पहल गर्ने, विषयगत विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ । सङ्घ आबद्ध महासङ्घ नेपाल ट्रेड युनियन काङ्ग्रेससँग छलफल गर्दै यातायात मजदुरका हकहित अधिकारका लागि सङ्घ देशभर पुग्ने अध्यक्ष भण्डारीले बताए ।
रासस



More News



विश्वकपको पहिलो गोलकर्ता वने गाजिन्सीकी

Posted: 2018-06-14 21:42:08

सुनाखरी न्युज/ रसिया- सन् २०१८ विश्वकपको पहिलो गोलकर्ता रसियाका युरी गाजिन्सीकी बनेका छन् । गाजिन्सीकीले खेलको १२ औ मिनेटमा एलेक्जेडरको पास मार्फत हेडिङ् गर्दै बललाई जाली चुमाए।...


पूर्वराजाको जन्मोत्सव मनाउन मूल समारोह समिति गठन , समितिमा ३ हजार ५ सय ७२ जना सदस्य

Posted: 2018-06-14 13:13:20

असार २३ गतेको पूर्वराजा शाहको जन्मोत्सव परेको छ । पूर्वराजा शाहको जन्मोत्सव मनाउन मूल समारोह समिति गठन भएको छ । समितिमा ३ हजार ५ सय ७२ सदस्य छन् । पूर्वराजसभा स्थायी समितिका सदस्य यज्ञप्रसाद आचार्यको अध्यक्षतामा गठित समितिले असार २१ देखि २७ गतेसम्म देशव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गर्नेछ ।


प्रधानमन्त्रीको असार ५ गते चीनको औपचारिक भ्रमण तय , को को छन् जम्बो टोलीमा ।

Posted: 2018-06-13 17:58:18

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले चीनका वरिष्ठ नेताहरुसँग भेटवार्ता गर्नेछन् ........


दुघ खाँदै हुनुहुनछ ? यासगर्नुस दूधमा युरिया र नुनसमेत मिसाएर बजारमा आएको छ

Posted: 2018-06-13 09:18:42

सुनाखरी न्युज/ काठमाडौँ — खाने दूधमा कपडा धुने सोडा र साबुनमा प्रयोग हुने रसायनसमेत मिसाइने गरेको पाइएको छ । गर्मीयाममा दूध फाट्नबाट जोगाउन दूध संकलन गर्ने सहकारीका व्यवस्थापक र ठेकेदारले यस्ता हानिकारक वस्तु मिसाउने गरेको पाइएको हो ।...


कर छल्नेहरु फन्दामा पर्दै, यसरी गर्दैछ सरकारले दोहोरो खाता परीक्षण

Posted: 2018-06-13 08:47:28

सुनाखरी न्युज/ काठमाडौं- दोहोरो मुल्य कायमगरी कर छली गर्नेहरु अव फन्दामा पर्ने भएका छन् । आफ्नो आन्तकि हिसाव एउटा कर कार्यालयमा अर्को हिसावको फायल वनाएर वुझाउने करदाताहरु अव फस्ने भएका हुन् । सरकारले दोहोरो फायल वनाउने ब्यवसायीहरुको छानविन गर्ने र दोहोरो फायल नै आपसमा भिडाउने नीति लिएप्छि अहिले त्यता ब्यवसायीहरु आत्तिएका छन् । ...


Advertisements