समाचार

यातायात समिति खारेजपछि १५ हजार श्रमिक कर्मचारीको रोजगारी गुम्यो

Posted: 2018-08-19 13:25:48

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णय सँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ ।
 
 
बैठकले मुलुकको संरचना अनुसार गत महाधिवेशनले सङ्घको विधान परिमार्जन गरेकाले सोअनुसारको संरचनाका लागि देशभर अभियान थाल्ने, नयाँ स्थानमा सङ्गठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदुरमा लागू गराउने, सामाजिक सुरक्षा ऐन लागू गराउन पहल गर्ने, विषयगत विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ । सङ्घ आबद्ध महासङ्घ नेपाल ट्रेड युनियन काङ्ग्रेससँग छलफल गर्दै यातायात मजदुरका हकहित अधिकारका लागि सङ्घ देशभर पुग्ने अध्यक्ष भण्डारीले बताए ।
रासस



More News



बीमा कम्पनीहरुलाई ‘फोर्सफुल मर्जर’ मा लैजाने तयारी, ६ महिनापछि पूँजी नपुर्याउने र एकै समूहका कम्पनी निसानामा

Posted: 2018-07-10 07:25:51

सुनाखरी न्युज / काठमाडौं- बीमा समितिले चुक्ता पूँजी नपुर्याउने कम्पनीहरुलाई ’फोर्स मर्जर’ मा लैजाने भएको छ। एकाघर वा समूहको स्वामित्वमा रहेका कम्पनीहरुलाई पहिलो चरणमा फोर्स मर्जरमा लैजाने योजना समितिको हो। ’चुक्ता पूँजी बृद्धिको कोर्ष पुरा हुने वित्तिकै हामी फोर्सफुल मर्जरमा जान्छौं’ समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले भने, ’मर्जरका लागि हामी धेरै लामो समय दिने पक्षमा छैनौं।’...


प्रधानमन्त्रीलाई डाक्टर केसीको जवाफ फोनमा कुरा नगरौं, माग पूरा गर्नेतिर लाग्नुस् : डा केसी

Posted: 2018-07-09 14:58:24

सुनाखरी न्युज/ काठमाडौं - १० दिनदेखि जुम्लामा अनसनरत डा गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीसँग फोनमा वार्ता गर्न अस्वीकार गरेका छन। आफ्ना मागका विषयमा थप बोल्न नपर्ने भन्दै उनले कुरा गर्न अस्वीकार गरेका हुन । आफू स्पष्ट रुपमा ७ बुँदे माग राखेर अनसन बसेको बताउँदै ती पूरा नहुन्जेल कुरा ...


सहमति कार्यान्वयनको सुनिश्चितता नगरे सम्म अनशन नतोड्ने गंगामायाको अडान

Posted: 2018-07-09 13:42:34

सुनाखरी न्युज/ काठमाडौं - ४१ दिनदेखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीले सरकारले आफूसँग विगतमा गरेको सहमति कार्यान्वयनको सुनिश्चितता नगरे सम्म अनशन नतोड्ने अडान लिएकी छन । उनले सरकारले आफुसँग तपाईले न्याय पाउनुभयो भनेर जानकारी गराएपछि मात्र अनशन ...


मजदुरको न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० कायम

Posted: 2018-07-09 13:03:50

सुनाखरी न्युज/ काठमाडौं - मजदुरको न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० हुने भएको छ। रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधिहरू बीच भएको छलफलमा मजदुरको न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० पुर्‍याउने सहमति भएको ट्रेड युनियन कांग्रेसकी उपाध्यक्ष आशासिंह राठौरले जानकारी दिए । ...


सरकारले राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि भट्टराईलाई फिर्ता बोलायो, हेर्नुस मन्त्रिपरिषदमा अरु निर्णय के के भए ?

Posted: 2018-07-09 06:57:17

सुनाखरी न्युज/ काठमाडौं -सरकारले संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले भट्टराईलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उनलाई साउन १५ गतेभित्र नेपाल आउन निर्देशन दिइएको सञ्चारमन्त्री गोकुल बाःकोटोले जानकारी दिए । ...


Advertisements