समाचार

यातायात समिति खारेजपछि १५ हजार श्रमिक कर्मचारीको रोजगारी गुम्यो

Posted: 2018-08-19 13:25:48

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णय सँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ ।
 
 
बैठकले मुलुकको संरचना अनुसार गत महाधिवेशनले सङ्घको विधान परिमार्जन गरेकाले सोअनुसारको संरचनाका लागि देशभर अभियान थाल्ने, नयाँ स्थानमा सङ्गठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदुरमा लागू गराउने, सामाजिक सुरक्षा ऐन लागू गराउन पहल गर्ने, विषयगत विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ । सङ्घ आबद्ध महासङ्घ नेपाल ट्रेड युनियन काङ्ग्रेससँग छलफल गर्दै यातायात मजदुरका हकहित अधिकारका लागि सङ्घ देशभर पुग्ने अध्यक्ष भण्डारीले बताए ।
रासस



More News



निर्वाचनमा एक खर्ब ३१ अर्ब खर्चकसले कति खर्चगरे ?

Posted: 2018-07-17 07:23:44

सुनाखरी न्युज/ काठमाडौँ- नेपालको संविधानअनुसार गत वर्ष सम्पन्न स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सरकारी र उम्मेदवारको गरी कुल रु एक खर्ब ३१ अर्ब ६३ करोड खर्च भएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपालले आज सार्वजनिक गरेको तीनै तहको निर्वाचन अभियानको सिलसिलामा भएको खर्चसम्बन्धी अनुसन्धान अध्ययन प्रतिवेदनअनुसार निर्वाचनका लागि सरकारले ३४ अर्ब ७२ करोड र बाँकी ९६ अर्ब ९१ करोड उम्मेदवार तथा उनीहरूका शुभेच्छुकबाट खर्च गरिएको देखिन आएको छ । ...


फोहोरमाडौं बन्यो काठमाडौं

Posted: 2018-07-16 21:39:04

सुनाखरी न्युज/ काठमाडौँ — काठमाडौं उपत्यकाको फोहोर एक महिनादेखि उठाउन छाडेपछि सडक, चोक तथा गल्लीहरुमा फोहोरको डंगुर, दुर्गन्ध र फोहोरमैला बढेको छ । फोहोर फाल्न नहुने भनि सूचना टाँसिएकै स्थानमा घर, पसल र व्यवसायबाट निस्कने फोहोर असरल्ल फ्यालिएको छन् ।...


सवारी दुर्घटना न्यूनीकरण गर्न साउन १ देखि टाइमकार्ड

Posted: 2018-07-16 10:52:47

सुनाखरी न्युज/ काठमाडौं - उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौंको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिेने भएको छ । भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका ...


नक्कली स्मार्ट लाइसेन्सको बिगबिगी, ट्राफिक सँग छैन जाँच्ने मेसिन

Posted: 2018-07-15 11:55:11

सुनाखरी न्युजर काठमाडौं - कागजी सवारी चालक अनुमति पत्र लाइसेन्स लाई विस्थापित गर्दै नेपाल सरकारले स्मार्ट लाइसेन्सको व्यवस्था लागु गरेको छ ।कम्प्युटराइज्ड प्रवधिसहितको यो लाइसेन्स लागू गरेपछि ट्राफिक नियमनमा सहज हुने सरकारले विश्वास लिएको थियो । ...


अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद

Posted: 2018-07-15 07:21:22

सुनाखरी न्युज/ काठमाडौं- के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ ? जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ? यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्, तपाईंले आफै सम्बन्ध विच्छेदको निवेदन दिन पाउनुहुनेछ । ...


Advertisements