समाचार

यातायात समिति खारेजपछि १५ हजार श्रमिक कर्मचारीको रोजगारी गुम्यो

Posted: 2018-08-19 13:25:48

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णय सँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ ।
 
 
बैठकले मुलुकको संरचना अनुसार गत महाधिवेशनले सङ्घको विधान परिमार्जन गरेकाले सोअनुसारको संरचनाका लागि देशभर अभियान थाल्ने, नयाँ स्थानमा सङ्गठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदुरमा लागू गराउने, सामाजिक सुरक्षा ऐन लागू गराउन पहल गर्ने, विषयगत विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ । सङ्घ आबद्ध महासङ्घ नेपाल ट्रेड युनियन काङ्ग्रेससँग छलफल गर्दै यातायात मजदुरका हकहित अधिकारका लागि सङ्घ देशभर पुग्ने अध्यक्ष भण्डारीले बताए ।
रासस



More News



नयाँ सरकार बनेपछि चारपटक मूल्य वृद्धि, अर्थतन्त्रमा चौतर्फि नकारात्मक प्रभाव

Posted: 2018-05-19 08:01:00

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीको सरकार बनेपछि इन्धनको मूल्य चारपटक वृद्धि भएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै आयल निगमले चारपटक मूल्य बढाएको हो । निगमका अनुसार २०७४ चैत १९ गते पेट्रोलमा एक रुपैयाँ र डिजेलरमटितेलमा २र२ रुपैयाँ बढेको थियो ।...


ट्राफिक नियम मिच्ने प्रवृत्ती निरुत्साहित गर्न ट्राफिक जरिवानामा बृदी हुँदै

Posted: 2018-05-18 11:32:36


कृषियोग्य जमिन प्लटिङ नगर्न सर्बोच्चको आदेश

Posted: 2018-05-17 13:59:14

सुनाखरी न्यज/ काठमाडौं- सर्वोच्च अदालतले कृषियोग्य जमिन प्लटिङ नगर्न आदेश दिएको छ। सर्वोच्चको यो आदेशसँगै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले नौ महिनाअघि गरेको प्लटिङ रोक्ने निर्णय कार्यान्वयन हुने भएको छ। न्यायाधीशद्वय केदारप्रसाद चालिसे र तेजबहादुर केसीको संयुक्त इजलासले खेतीयोग्य जमिन टुक्राटुक्रा पारेर प्लटिङ नगर्न आदेश दिएको हो।


दुई करोड ५२ लाख रुपैया बराबरको नक्कली नोट भेटियो, नक्कली नोट कारोबार अभियोगमा माधव वाग्ले सहित ६ जना पक्राउ

Posted: 2018-05-17 08:39:22

सुनाखरी न्यज/ काठमाडौँ — नेपाली नक्कली नोट सहित फिल्म निर्माता माधव वाग्ले पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले उपत्यकाका तीन विभिन्न स्थानबाट वाग्लेसहित महेन्द्र बोगटी, सुजित तामांग, साजन तामांगलाई नक्कली नेपाली नोट सहित पक्राउ गरेको हो । र,दुई प्रेस सञ्चालक प्रकाश सुवेदी र विकेश नापीतलाई पनि पक्राउ गरेको छ ।...


तलब बढाउन कर्मचारी संगठनको दबाब, देशव्यापी आन्दोलन गर्ने चेतावनी

Posted: 2018-05-16 15:21:14

सुनाखरी न्युज/ काठमाडौं– निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले कर्मचारीको तलब वृद्धि नगरे र स्वेच्छिक अवकाश कार्यक्रम अघि नबढाए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ। बुधबार पत्रकार सम्मेलन गरी संगठनले यस्तो चेतावनी दिएको हो। ...


Advertisements