समाचार

यातायात समिति खारेजपछि १५ हजार श्रमिक कर्मचारीको रोजगारी गुम्यो

Posted: 2018-08-19 13:25:48

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णय सँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ ।
 
 
बैठकले मुलुकको संरचना अनुसार गत महाधिवेशनले सङ्घको विधान परिमार्जन गरेकाले सोअनुसारको संरचनाका लागि देशभर अभियान थाल्ने, नयाँ स्थानमा सङ्गठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदुरमा लागू गराउने, सामाजिक सुरक्षा ऐन लागू गराउन पहल गर्ने, विषयगत विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ । सङ्घ आबद्ध महासङ्घ नेपाल ट्रेड युनियन काङ्ग्रेससँग छलफल गर्दै यातायात मजदुरका हकहित अधिकारका लागि सङ्घ देशभर पुग्ने अध्यक्ष भण्डारीले बताए ।
रासस



More News



निर्मलाका बाबु आमा आजदेखि धर्ना बस्ने

Posted: 2018-11-11 10:08:24

सुनाखरी न्युज/ कञ्चनपुर - तीन महिनाअघि बलात्कारपछि हत्या गरिएकी गरिएकी निर्मला पन्तका आमाबुवा आइतवारदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेट अगाडि धर्नामा बस्ने भएका छन। छोरीका हत्यारा पत्ता लगाई ...


तीन राप्रपा एक महिनाभित्रै एक हुन्छ : डा. प्रकाशचन्द्र लोहनी

Posted: 2018-11-09 09:29:33

सुनाखरी न्युज/ काठमाडौं - एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीन वटै राप्रपाबीचको एकता प्रक्रियाको काम ९० प्रतिशत सम्पन्न भैसकेकोले अब एक महिनाभित्र एकता हुने घोषणा गरेका छन । बिहीबार रिपोर्टर्स ...


प्रधानमन्त्री बाट तिहारको शुभकामना व्यक्त, हरेक नेपालीको मुहारमा खुशी ल्याउन सकोस

Posted: 2018-11-09 08:14:46

सुनाखरी न्युज/ काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सर्वोपरी राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको बताउनुभएको छ । तिहारका अवसरमा आज एक शुभकामना सन्देश दिंदै ...


नेपाल संवत्‌को अवसरमा राष्ट्रपतिको शुभकामना : सामाजिक एकता र भाइचारा कायम होओस्

Posted: 2018-11-08 11:40:49

सुनाखरी न्युज/ काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको शुभकामना व्यक्त गरेकी छन। नयाँ वर्षले सबैमा नयाँ जोस, जाँगर, ...


देशका छुट्टाछुट्टै भुभागमा आगलागीबाट करडौको धनमालमा क्षति

Posted: 2018-11-08 09:44:30

सुनाखरी न्युज/ काठमाडौं - ओखलढुंगा, सुनसरी, ललितपुर, पर्सा, बाग्लुङ र मकवानपुरमा आगलागी हुदाँ करिब १ करोड ४० लाख ८० हजार रुपैयाँ बराबरको विभिन्न धनमाल क्षति भएको छ । ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका २ ...


Advertisements