समाचार

यातायात समिति खारेजपछि १५ हजार श्रमिक कर्मचारीको रोजगारी गुम्यो

Posted: 2018-08-19 13:25:48

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णय सँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ ।
 
 
बैठकले मुलुकको संरचना अनुसार गत महाधिवेशनले सङ्घको विधान परिमार्जन गरेकाले सोअनुसारको संरचनाका लागि देशभर अभियान थाल्ने, नयाँ स्थानमा सङ्गठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदुरमा लागू गराउने, सामाजिक सुरक्षा ऐन लागू गराउन पहल गर्ने, विषयगत विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ । सङ्घ आबद्ध महासङ्घ नेपाल ट्रेड युनियन काङ्ग्रेससँग छलफल गर्दै यातायात मजदुरका हकहित अधिकारका लागि सङ्घ देशभर पुग्ने अध्यक्ष भण्डारीले बताए ।
रासस



More News



कसैले कसैलाई झुठा उजुरी दिए उजुरीकर्ताले नै क्षतिपूर्ति तिर्नुपर्ने

Posted: 2018-08-15 12:53:10

सुनाखरी न्युज/ काठमाडौं - भदौ १ बाट लागु हुन लागेको नयाँ मुलुकी ९देवानी० संहिता ऐन २०७४ ले कसैले कसैलाई झुठा उजुरी दिए उजुरी कर्ताले नै क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाले अब जो कसैले प्रमाण विना कसैमाथि ...


जवरजस्ती तस्वीर खिचे १ बर्ष कैद वा १० हजार रुपियाँ जरिवाना हुने

Posted: 2018-08-14 12:13:18

सुनाखरी न्युज/ काठमाडौं - भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्वीर खिच्नेलाई १ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । साथै अनुमतिविना कुनै व्यक्तिको तस्वीर अर्को व्यक्तिको भाग सँग ...


काठमाडौंको एउटै रुटमा थपिए १७ ठूला बस, ६१ माइक्रो र टेम्पो विस्थापित

Posted: 2018-08-14 09:30:49

सुनाखरी न्युज/ काठमाडौं - तपाई गोंगबु गल्कोपाखा लैनचौर रत्नपार्क डिल्लीबजार मैतीदेवी पुरानो बानेश्वर र सिनामंगल रुटमा यात्रा गर्नुहुन्छ यदि गर्नुहुन्छ भने खुसीको खबर छ सानो माइक्रो र टेम्पोमा अटी नअटी यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । ...


यातायात व्यवस्था कार्यालय बुटवलका इन्जिनियर २० हजार घुस सहित पक्राउ

Posted: 2018-08-13 15:35:22

सुनाखरी न्युज/ बुटवल - यातायात व्यवस्था कार्यालय, बुटवलका इन्जिनियर २० हजार घुससहित पक्राउ परेका छन ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले इन्जिनियर सरोजकुमार शाह पक्राउ परेका हुन ।


जिल्ला मालपोत कार्यालय नुवाकोटले अनलाइन मार्फत सेवा दिन शुरु

Posted: 2018-08-13 09:16:07

सुनाखरी न्युज/ नुवाकोट - जिल्ला मालपोत कार्यालय नुवाकोटले अनलाइनमार्फत सेवा दिन शुरु गरेको छ । कार्यालयबाट हुने गरेका सबै किसिमको कामलाई छिटोछरितो र सहज रुपमा सञ्चालन गर्न अनलाइन सेवा थालिएको हो । सेवा आरम्भ गर्दै ...


Advertisements