समाचार

यातायात समिति खारेजपछि १५ हजार श्रमिक कर्मचारीको रोजगारी गुम्यो

Posted: 2018-08-19 13:25:48

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णय सँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ ।
 
 
बैठकले मुलुकको संरचना अनुसार गत महाधिवेशनले सङ्घको विधान परिमार्जन गरेकाले सोअनुसारको संरचनाका लागि देशभर अभियान थाल्ने, नयाँ स्थानमा सङ्गठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदुरमा लागू गराउने, सामाजिक सुरक्षा ऐन लागू गराउन पहल गर्ने, विषयगत विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ । सङ्घ आबद्ध महासङ्घ नेपाल ट्रेड युनियन काङ्ग्रेससँग छलफल गर्दै यातायात मजदुरका हकहित अधिकारका लागि सङ्घ देशभर पुग्ने अध्यक्ष भण्डारीले बताए ।
रासस



More News



बजेटको ६० प्रतिशत रकम तलवभत्तामा

Posted: 2018-09-19 05:47:06

सुनाखरी न्युज/ काठमाडौं- राष्ट्रले सङ्घीय शासन पद्धति अवलम्बन गरेसँगै वित्तीय सङ्घीयताको अभ्यास पनि प्रारम्भ गरेको छ । वित्तीय सङ्घीयतामा केन्द्रित रहेर आज राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले वित्तीय सङ्घीयता चुनौतीपूर्ण भए पनि व्यवस्थापन गर्न कठिन नभएको बताउनुभयो ।...


निर्माण व्यवसायी महासङ्घमा चारको उम्मेदवारी

Posted: 2018-09-19 05:22:15

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासङ्घको नयाँ नेतृत्वका लागि चार जनाले उम्मेदवारी घोषणा गरेका छन् । महासङ्घको २०औँ साधारणसभा भदौ ४ गते बिहीबार राजधानीमा शुरु हुँदैछ । साधारणसभामा महासङ्घका अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव रामशरण देउजा, पूर्वअध्यक्ष यक्षध्वज कार्की, व्यवसायी हुमनाथ कोइरालालगायतले उम्मेदवारी घोषणा गर्नुभएको हो । ...


समुदाय र प्रहरी साझेदारी अवधारणा सम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न

Posted: 2018-09-18 09:35:43

सुनाखरी न्युज/ काठमाडौं - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयद्वारा संचालित समुदाय(प्रहरी साझेदारी अवधारणा सम्बन्धी एकदिने अनुशिक्षण सोमबार प्रहरी प्रधान कार्यालयमा ...


दक्षिण सुडानमा खटिएका नेपाली सैनिक माथि गोली

Posted: 2018-09-17 12:14:31

सुनाखरी न्युज/ काठमाडौ - संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा दक्षिण सुडान पुगेका नेपाली सेनाका एक जवान गोली लागेर घाइते भएका छन । युएनमिस मिसनमा गएका सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत ती सैनिक जवानमाथि आइतबार स्थानीय समयअनुसार बिहान साढे ८ बजे गोली प्रहार भएको हो।


सातै प्रदेशमा एसपीको नेतृत्वमा ट्राफिक प्रहरी कार्यालय स्थापना

Posted: 2018-09-17 11:06:31

सुनाखरी न्युज/ काठमाडौ - नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सात वटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ। प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश ...


Advertisements