समाचार

यातायात समिति खारेजपछि १५ हजार श्रमिक कर्मचारीको रोजगारी गुम्यो

Posted: 2018-08-19 13:25:48

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णय सँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ ।
 
 
बैठकले मुलुकको संरचना अनुसार गत महाधिवेशनले सङ्घको विधान परिमार्जन गरेकाले सोअनुसारको संरचनाका लागि देशभर अभियान थाल्ने, नयाँ स्थानमा सङ्गठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदुरमा लागू गराउने, सामाजिक सुरक्षा ऐन लागू गराउन पहल गर्ने, विषयगत विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ । सङ्घ आबद्ध महासङ्घ नेपाल ट्रेड युनियन काङ्ग्रेससँग छलफल गर्दै यातायात मजदुरका हकहित अधिकारका लागि सङ्घ देशभर पुग्ने अध्यक्ष भण्डारीले बताए ।
रासस



More News



पर्सिदेखि साझाका डिलक्स बसले दसैँका यात्रु ओसार्ने

Posted: 2018-10-01 13:27:07

सुनाखरी न्युज/ काठमाडौं - साझा यातायातका डिलक्स बसले मंगलबारदेखि दसैँका यात्रु ओसार्ने भएका छन्। मंगलबारबाट दैनिक २ डिलक्स बसले काठमाडौं देखि बागलुङ र काठमाडौं देखि सुनौली सम्म रात्रिकालीन सेवा दिने भएको ...


भ्रष्टलाई एकछिन पनि पदमा रहने अधिकार छैन : जनार्दन शर्मा

Posted: 2018-09-30 13:49:36

सुनाखरी न्युज/ रुकुम - रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आधुनिक ल्याब तथा एक्स - रे सेवा सञ्चालनमा ल्याएको छ । सो ल्याब र एक्स - रे सेवाको प्रतिनिधिसभाका सांसद एवं नेकपाका नेता जनार्दन शर्माले एक कार्यक्रमबीच ...


जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको यात्रु सहायता कक्ष संचालनमा

Posted: 2018-09-30 10:26:04

सुनाखरी न्युज/ पर्वत - जिल्ला प्रहरी कार्यालय पर्वत, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्त रुपमा सहायकता कक्षा स्थाना गरेका छन । चाडवाडको आवागमनसँगै सवारी साधनमा यात्रुको चाप बढ्ने ...


‘आर्थिक प्रलोभनमा बूढीगण्डकी गेजुवालाई’ दिएको सांसदहरूको आरोप

Posted: 2018-09-29 16:57:39

सुनाखरी न्युज/ काठमाडौँ — राष्ट्रियसभाका सदस्यहरूले बूढीगण्डकी जलविद्युत् आयोजना आर्थिक प्रलोभनमा परी चिनियाँ कम्पनी गेजुवालाई बिनाप्रतिस्पर्धा दिएको आरोप लगाएका छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शुक्रबार ऊर्जा मन्त्रालयअन्तर्गत राष्ट्रिय गौरवका आयोजनामाथि गरेको छलफलमा सदस्यहरूले यस्तो आरोप लगाएका हुन् ।...


उपत्यका सहित देशैभर सुपथमूल्य पसल सञ्चालन, केमा कति छुट हेर्नुस

Posted: 2018-09-28 10:29:53

सुनाखरी न्युज/ काठमाडौ - सरकारी संस्थानहरूले आजदेखि ४७ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदै छन । स - स्थानहरुले काठमाडौं उपत्यकाभित्र र बाहिर गरी ४७ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेका हुन । दसैं, तिहार ...


Advertisements