समाचार

यातायात समिति खारेजपछि १५ हजार श्रमिक कर्मचारीको रोजगारी गुम्यो

Posted: 2018-08-19 13:25:48

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णय सँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ ।
 
 
बैठकले मुलुकको संरचना अनुसार गत महाधिवेशनले सङ्घको विधान परिमार्जन गरेकाले सोअनुसारको संरचनाका लागि देशभर अभियान थाल्ने, नयाँ स्थानमा सङ्गठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदुरमा लागू गराउने, सामाजिक सुरक्षा ऐन लागू गराउन पहल गर्ने, विषयगत विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ । सङ्घ आबद्ध महासङ्घ नेपाल ट्रेड युनियन काङ्ग्रेससँग छलफल गर्दै यातायात मजदुरका हकहित अधिकारका लागि सङ्घ देशभर पुग्ने अध्यक्ष भण्डारीले बताए ।
रासस



More News



यसरी सिमाइन्छ खाद्यान्नमा अखाद्य वस्तु, कुन खाद्य वस्तुमा के मिसाएर बेच्छन् कालोबजारीयाले ?

Posted: 2018-10-14 07:06:41

सुनाखरी न्युज/ काठमाडौं -व्यापारी तथा उद्योगीहरुले मानव स्वास्थमा खेलवाड गर्दै खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट गर्ने गरेका छन् । दसैं तिहारजस्ता चाडबाडमा झनै बढी उपभोक्ताहरु ठगिन सक्छन् ।


दशैं बिदालाई यसरी उपयोग गर्न सकिन्छ

Posted: 2018-10-13 07:11:52

सुनाखरी न्युज/ काठमाडौं- दशैं आयो । दशैँमा थुप्रै दिन बिदा हुन्छ, कसैलाई त घटस्थापनादेखि तिहारसम्मै एक एक महिना । बिदाको समय दशैंको नित्य कर्म पूजापाठ र टीकाबाहेकका समय ब्यतित गर्न गाह्रो हुन सक्छ । यहाँ समयलाई दिक्क नलाग्ने गरी कसरी बिताउने भन्ने बिषयमा छलफल गरिन्छ । सबैजानाले एउटै कुरा वा एकै जनाले उल्लेखित सबैकुरा गर्नुपर्छ भन्ने छैन, एकजनाले कम्तिमा कुनै एक कुरा गरे काफी हुन्छ ।...


दशैंका लागि दैनिक उपत्यकाबाट एक लाखभन्दा बढी यात्रु बाहिरिँदै

Posted: 2018-10-12 12:57:59

सुनाखरी न्युज/ काठमाडौं - काठमाडौं स् दशैं नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने ...


दशैंका लागि खसि बोका र च्याङ्ग्राको मूल्य निर्धारण, खसिबोका प्रतिकेजी ५०० र च्याङ्ग्रा ७००

Posted: 2018-10-12 10:38:45

सुनाखरी न्युज/ काठमाडौं - सरकारी स्वामित्वको खाद्य संस्थानले दशैंका लागि खसि बोकाको मूल्य निर्धारण गरेको छ। गत वर्षको तुलनामा मूल्य वृद्धि गरी विहीबार निर्धारण गरिएको हो। सुनाखरी न्युजर काठमाडौं संस्थानका अनुसार यो ...


शुक्रबारबाट खाद्य संस्थानले दशैँका लागि खसीबोका बेच्ने

Posted: 2018-10-11 15:45:20

सुनाखरी न्युज/ काठमाडौं - नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दशैँका लागि खसी, बोका र च्याङग्रा विक्रीवितरण सूरु गर्ने भएको छ । नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबारदेखि ...


Advertisements