समाचार

यातायात समिति खारेजपछि १५ हजार श्रमिक कर्मचारीको रोजगारी गुम्यो

Posted: 2018-08-19 13:25:48

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णय सँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ ।
 
 
बैठकले मुलुकको संरचना अनुसार गत महाधिवेशनले सङ्घको विधान परिमार्जन गरेकाले सोअनुसारको संरचनाका लागि देशभर अभियान थाल्ने, नयाँ स्थानमा सङ्गठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदुरमा लागू गराउने, सामाजिक सुरक्षा ऐन लागू गराउन पहल गर्ने, विषयगत विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ । सङ्घ आबद्ध महासङ्घ नेपाल ट्रेड युनियन काङ्ग्रेससँग छलफल गर्दै यातायात मजदुरका हकहित अधिकारका लागि सङ्घ देशभर पुग्ने अध्यक्ष भण्डारीले बताए ।
रासस



More News



भारतीय नेता सिताराम यचुरी आज नेपाल आँउदै...

Posted: 2018-10-25 09:14:57

सुनाखरी न्युज/ काठमाडौं - भारतीय कम्युनिष्ट नेता सिताराम यचुरी आज नेपाल आँउदै छन् । नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी आज काठमाडौँ आँउने भएका हुन् । ...


छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु, १२ जना घाइते

Posted: 2018-10-24 15:22:32

सुनाखरी न्युज/ काठमाडौं - स्याङ्जा, सर्लाही, ईलाम, अर्घाखाँची, काठमाडौंमा भएका छुटाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन। स्याङ्जा गल्याङ नगरपालिका १ मालुङ्गास्थित सिद्धार्थ राजमार्गमा लु.१ च ७२५६ ...


नेकपाको चियापान कार्यक्रममा ५० हजारलाई निम्ता

Posted: 2018-10-24 15:02:03

सुनाखरी न्युज/ काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आगामी शनिबार हुन गइरहेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ । पार्टी एकतापछि पहिलोपटक विजया शमी, दीपावली, नेपाल संवत् र छठका अवसरमा हुन गइरहेको ...


प्रहरी प्रधान कार्यालयले गर्यो डिआईजीको सरुवाः मेट्रोमा थापा, सिआइबीमा शाही र अख्तियारमा ज्ञवाली

Posted: 2018-10-24 08:25:23

सुनाखरी न्युज/ काठमाडौं– प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुको सरुवा तथा पदस्थापन गरेको छ । महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी डिआइजी शैलेस थापाले पाएका छन्। थापा यसअघि प्रहरी प्रवक्ता थिए। एसएसपीबाट भर्खरै डिआइजीमा बढुवा भएका थापाले मेट्रोको जिम्मेवारी पाएका हुन्।...


साझा यातायातको कार्यालय देखी सिंहदरवार सम्म विद्युतीय बसमा प्रधानमन्त्रीको यात्रा

Posted: 2018-10-23 14:20:08

सुनाखरी न्युज/ ललितपुर - साझा यातायात प्रा. लि. ले राजधानीमा विद्युतीय बस सेवा शुरु गरेको छ । ललितपुरको पुलचोकस्थित साझाको कार्यालयमा मंगलबार ...


Advertisements