समाचार

छोरी जन्माएको भन्दै घर निकाला

Posted: 2018-07-19 11:18:22

सुनाखरी न्युज/ सुनसरी - सुनसरी जिल्लाको दुहबी नगरपालिका ६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित भएकी छिन । सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर साहले आफू छोरी जन्माएकै कारण घरबाट निकाला भएको र अपहेलित समेत भएको बताउनुभयो । उहाँले छोरी जन्मिएका कारण श्रीमान् र घरपरिवार बाट अपहेलित हुँदै अहिले माइतमा बस्न बाध्य भएको बताउनुभयो । साहले २०७२ सालमा २० वर्षको उमेरमा रामधुनी नगरपालिका ३, प्रिपाहका २४ वर्षीय गोपाल साह सँग विवाह गर्नुभएको थियो । विवाहपछि छोरी जन्मिएको भन्दै श्रीमान्ले कुटपिट गर्ने गरेको र घरबाट निकालेको पीडित साहले पत्रकार सम्मेलनमा बताउनुभयो । दुई वर्षदेखि दुहबीमा रहेकी आमाको घरमा बस्दै आएको बताउनुहँदै साहले घर फिर्ता आएर रु १० लाख लिएर आउनुपर्ने माग श्रीमान्ले गरेको बताउनुभयो । 
 
 
आफू पीडित भएर पनि सम्बन्धित निकायले न्याय र चासो नदिएका कारण बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको पीडित साहले बताउनुभयो । दुई वर्षकी छोरीसहित पत्रकार सम्मेलनमा उपस्थित भएकी साहले आफू अन्यायमा परेको भन्दै दुहबी नगरपालिकाको न्यायिक समितिमा निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । आफू छोरी जन्माएकै कारण श्रीमान् र घरपरिवार बाट अलग भएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । उहाँले श्रीमान्सहित ससुरा ललित साह तथा सासु छिनादेवी साहले घरबाट निकालेको र घरमा फिर्ता आए रु १० लाख ल्याउन पटक पटक दबाब दिएको बताउनुभयो । पीडित साहले श्रीमान्कै घरमा बस्न पाउनुपर्ने माग समेत गरेकी छिन । 



More News



प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध उजुरी गर्ने समय तोकियो

Posted: 2018-08-27 09:37:50


उपत्यकामा ३ दिन जोर र विजोर प्रणाली लागू हुने , कुन नम्बरको सवारी कहिले चलाउने

Posted: 2018-08-26 13:55:13

सुनाखरी न्युज/ काठमाडौँ - यही भदौ १४ र १५ गते हुन लागेको चौथो बिमस्टेक शिखर सम्मेलनलाई लक्षित गरी सरकारले ३ दिन काठमाडौंका सडकमा आधा सवारीसाधन चल्न नदिने निर्णय गरेको छ । भाद्र १४ र १५ गते हुन गईरहेको चौथो बिमस्टेक ...


प्रहरीको गोली लागेर मुत्यु भएका सन्नी खुनाको अन्त्येष्टि, राष्ट्रिय झण्डा ओढाएर सम्मान

Posted: 2018-08-26 13:36:44

सुनाखरी न्युज/ कञ्चनपुर - १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारबाही माग सहित प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट मारिएका किशोर सन्नी खुनालाई अन्त्येष्टि गरिएको छ । आज बिहान महाकाली किनारमा राष्ट्रिय झण्डा ओढाएर सन्नी खुनाको अन्त्येष्ठि गरिएको हो । ...


महेन्द्रनगरमा बिहान ५ बजेदेखि १० बजे सम्मका लागि हटाइएको कर्फ्यु पुनः सुरु

Posted: 2018-08-26 10:30:32

सुनाखरी न्युज/ कञ्चनपुर - कञ्चनपुरको महेन्द्रनगरमा बिहान ५ बजेदेखि १० बजेसम्मका लागि हटाइएको कर्फ्यु पुनः सुरु भएको छ । शनिबार साँझ बसेको जिल्ला सुरक्षा समिति कञ्चनपुरको बैठकले रक्षाबन्धनलाई मध्य नजर गर्दै पाँच ...


जनै पूर्णिमाको अवसरमा हाम्रा सवै पाठक, शुभेच्छुक र विज्ञापनदातामा हार्दिक शुभकामना !

Posted: 2018-08-26 07:01:39


Advertisements