समाचार

नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेटर शक्ति गौचनद्वारा संन्यासको घोषणा

Posted: 2018-07-18 14:24:49

सुनाखरी न्युज/ काठमाडौँ - नेपाली राष्ट्रिय टीमका स्पीनर शक्ति गौचनले क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेट खेलबाट सन्सास लिने घोषणा गरेका हुन्। नेपाली टीमले साउन १३ मा बेलायतको लर्डसमा एमसीसी र नेदरल्याण्ड्ससँग टि ट्वान्टी क्रिकेट खेल्ने छ। त्यसपछि नेपाली टीम लगत्तै नेदरल्याण्ड्समा जानेछ। नेदरल्याण्ड्समा साउन १६ र १८ गते एक दिवसीय खेल हुने छ। सोही एक दिवसीय खेलपछि शक्ति क्रिकेट खेल्ने छैनन्। तर उनले नेपाल फर्किएर एक पटक नेपाली समर्थकको सम्मानका लागि खेल्ने सोच बनाएका छन्। युरोप जानु अघि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यो समय नै आफ्ना लागि सबैभन्दा उत्तम समय भएको बताए। ‘सन्दीप लामिछाने जस्ता खेलाडि आइसकेको अवस्थामा यो नै मेरो लागि सन्यासको उत्तम समय हो,’ गौचनले भने। 
 
 
नेपाली टिममा को - को
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल 
 
वैकल्पिक खेलाडी : विनोद भण्डारी, प्रदीप ऐरी, सुनील धमला र सुसन भारी
 
 
शक्ति गौचन नेपाली राष्ट्रिय क्रिकेट टिमबाट निरन्तर लामो समय खेल्ने खेलाडी हुन । सन् २००२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ३४ वर्षीय उनी नेपालका सबैभन्दा फिट खेलाडीमा पर्छन । राष्ट्रिय टिमबाट १६ वर्ष खेल्दा उनी चोटबाट टाढै रहे। टिमका सिनियर क्रिकेटर रहेका उनी सामान्य बिरामी पर्नुबाहेक अस्पताल भर्ना हुनुपरेको छैन। उनी हाल न्यु होराइजन स्कुलका प्रशिक्षक हुन्। ३ सय ६५ दिनमा ३ सय दिन मेरो हातमा ब्याट र बल नै हुन्छ। ब्याट र बल हातमा भएपछि म ग्राउन्डमै हुन्छु उनी सुनाउँछन । खेल भएको बेला मात्र प्रशिक्षण लिने अरु बेला वास्ता नगर्ने अनि घरमा सुतेर मनोरन्जन गर्नाले फिटनेसमा समस्या आउने उनले अनुभव सुनाए ।
 
 
नेपाली टिमबाट खेल्दा अहिले सम्म चोटको समस्या भोग्नु परेको छैन। तर बाल्यकालमा भारतमा रहँदा औंलामा चोट लागेको थियो त्यो चोटले डेढ वर्ष क्रिकेटबाट टाढा हुनुपरेको भन्दै उनी सुनाउँछन् त्यो बेला ब्याटिङ गरे पनि बलिङ गर्न मिल्दैन थियो।
 



More News



काठमाडौंमा जाडो बढ्यो, चिसोले मुलुक भर समस्या, चिसो अझै बढ्न सक्ने

Posted: 2018-01-07 13:53:46

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको तापक्रम शून्य डिग्री सेल्सियससम्म झर्नसक्ने जनाएको छ । काठमाडौंलगायत मुलुकभर चिसोको प्रभाव बढिरहेका बेला महाशाखाले चिसो थप बढ्न सक्ने जनाएको हो । महाशाखाका मौसमविद् वरुण पौडेलले काठमाडौं उपत्यकामा अबका केही दिन चिसो अझै बढ्ने बताए । ‘अझै एकदुई दिनसम्म तापक्रम अझै घट्ने सम्भावना छ,’ पौडेलले भने । उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म झर्न सक्ने सम्भावना रहेको उनले जनाए । महाशाखाका अनुसार देशभर चलिरहेको चिसो हावाको प्रभावले तापक्रम निरन्तर घटिरहेको हो । चिसोको प्रभाव काठमाडौं उपत्यका, पहाडी क्षेत्र तथा तराईमा समेत परिरहेको महाशाखाले जनाएको छ । यस वर्ष काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम गत बिहीबार १.४ डिग्री सेल्सियससम्म पुगेको थियो । शनिबार उपत्यकाको न्यूनतम तापक्रम १.६ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।


एकै वर्षमा १२ देशसँग कूटनीतिक सम्बन्ध विस्तार, १५६ देशसँग जोडियो नेपालको सम्बन्ध

Posted: 2018-01-05 15:47:07

काठमाडौं । अंग्रेजी वर्ष सन् २०१७ मा नेपालले विश्वसँगको आफ्नो साइनोलाई इतिहासमै धेरै देशसँग विस्तार गरेको छ । एकै वर्षमा १२ देशसँग सम्बन्ध विस्तार गरेर नेपालले २०१७ मा कूटनीतिक सम्बन्ध विस्तारका क्षेत्रमा नयाँ इतिहास बनाएको हो । नेपालले गएको एक वर्षमा अफ्रिकी तथा युरोपियन मुलुकका अधिकांश भूपेरिवेष्ठित तथा असंलग्न राष्ट्रहरूसँग सम्बन्ध स्थापना गरेको छ । अब नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएका देशको संख्या १ सय ५६ पुगेको छ । ...


प्रदेश प्रमुखहरुको नियुक्तिमा विलम्ब भइरहेका बेला निर्वाचन आयोगका पदाधिकारीहरु राष्ट्रपति कहाँ गए

Posted: 2018-01-04 19:41:42

काठमाडौं- निर्वाचन आयोगका पदाधिकारीहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवास भेट्न पुगेका छन् । प्रदेश प्रमुखहरुको नियुक्तिमा विलम्ब भइरहेका बेला आयोगका पदाधिकारीहरु राष्ट्रपति कहाँ गएका हुन् । प्रदेशसभा निर्वाचनको अन्तिम परीणाम आएको सातदिनभित्र प्रदेश प्रमुखलाई बुझाउनु पर्ने संवैधानिक व्यवस्था छ । तर, सरकारले अझै प्रदेश प्रमुख नियुक्त गरेको छैन । यसबारे सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार ५ दलको बैठक बोलाएका थिए । वाम गठबन्धनका नेताहरुले भने यो सरकारको काम हो भन्दै सहमति दिएनन् ।...


प्रतिनिधिसभामा आकाशे निलो र राष्ट्रियसभामा रातो रङका कुर्सी हुने, वार्षिक सञ्चालन खर्च एक अर्ब ७० करोड

Posted: 2018-01-03 13:26:56

काठमाडौँ — व्यवस्थापिका–संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभा हलको छुट्टै पहिचान झल्कियोस् भन्नाका लागि त्यहाँ प्रयोग हुने कार्पेट र सिट कभर बेग्ला बेग्लै रंगको तय गरेको छ । सचिवालयका प्रवक्ता भरतराज गौतमका अनुसार आगामी प्रतिनिधिसभाको हलमा आकाशे निलो र राष्ट्रियसभाको बैठक कक्षमा रातो कलरको सिटकभर र कार्पेट प्रयोग हुनेछ । उनले भने( ’हामीले अन्तर्रा्िष्ट्रय अभ्यासमा धेरैजसो उपल्लो सदनमा रातो र तल्लो सदनमा हरियो रंग प्रयोग भएको देख्छौँ ।...


प्रतिनिधिसभामा १० र राष्ट्रियसभामा ३ समिति प्रस्ताव,

Posted: 2018-01-02 12:40:48

काठमाडौं- प्रतिनिधिसभा र राष्ट्रियसभामा विषयगत र विशेष गरी १३ वटा समिति प्रस्ताव गरिएको छ । संंघीय संसद् सचिवालयले संसद्को प्रारम्भिक नियमावली मस्यौदा तयार गर्ने क्रममा समितिको संख्या प्रस्ताव गरेको हो । प्रतिनिधिसभाको संख्या घटेको र प्रदेशसभामा पनि समितिहरू रहने भएपछि समितिको संख्या बढाउने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सदस्य रहनेछन् । यसअघि ६ सय १ सदस्य रहेको व्यवस्थापिका संसद्मा १२ विषयगत समिति र ३ विशेष समिति थिए । प्रस्तावित नियमावली मस्यौदामा प्रतिनिधिसभातर्फ विषयगत ७ र विशेष समिति ३ गरी १० वटा समिति राख्ने प्रस्ताव गरिएको छ । राष्ट्रियसभामा भने ३ समिति राख्ने प्रस्ताव छ ।...


Advertisements