समाचार

नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेटर शक्ति गौचनद्वारा संन्यासको घोषणा

Posted: 2018-07-18 14:24:49

सुनाखरी न्युज/ काठमाडौँ - नेपाली राष्ट्रिय टीमका स्पीनर शक्ति गौचनले क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेट खेलबाट सन्सास लिने घोषणा गरेका हुन्। नेपाली टीमले साउन १३ मा बेलायतको लर्डसमा एमसीसी र नेदरल्याण्ड्ससँग टि ट्वान्टी क्रिकेट खेल्ने छ। त्यसपछि नेपाली टीम लगत्तै नेदरल्याण्ड्समा जानेछ। नेदरल्याण्ड्समा साउन १६ र १८ गते एक दिवसीय खेल हुने छ। सोही एक दिवसीय खेलपछि शक्ति क्रिकेट खेल्ने छैनन्। तर उनले नेपाल फर्किएर एक पटक नेपाली समर्थकको सम्मानका लागि खेल्ने सोच बनाएका छन्। युरोप जानु अघि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यो समय नै आफ्ना लागि सबैभन्दा उत्तम समय भएको बताए। ‘सन्दीप लामिछाने जस्ता खेलाडि आइसकेको अवस्थामा यो नै मेरो लागि सन्यासको उत्तम समय हो,’ गौचनले भने। 
 
 
नेपाली टिममा को - को
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल 
 
वैकल्पिक खेलाडी : विनोद भण्डारी, प्रदीप ऐरी, सुनील धमला र सुसन भारी
 
 
शक्ति गौचन नेपाली राष्ट्रिय क्रिकेट टिमबाट निरन्तर लामो समय खेल्ने खेलाडी हुन । सन् २००२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ३४ वर्षीय उनी नेपालका सबैभन्दा फिट खेलाडीमा पर्छन । राष्ट्रिय टिमबाट १६ वर्ष खेल्दा उनी चोटबाट टाढै रहे। टिमका सिनियर क्रिकेटर रहेका उनी सामान्य बिरामी पर्नुबाहेक अस्पताल भर्ना हुनुपरेको छैन। उनी हाल न्यु होराइजन स्कुलका प्रशिक्षक हुन्। ३ सय ६५ दिनमा ३ सय दिन मेरो हातमा ब्याट र बल नै हुन्छ। ब्याट र बल हातमा भएपछि म ग्राउन्डमै हुन्छु उनी सुनाउँछन । खेल भएको बेला मात्र प्रशिक्षण लिने अरु बेला वास्ता नगर्ने अनि घरमा सुतेर मनोरन्जन गर्नाले फिटनेसमा समस्या आउने उनले अनुभव सुनाए ।
 
 
नेपाली टिमबाट खेल्दा अहिले सम्म चोटको समस्या भोग्नु परेको छैन। तर बाल्यकालमा भारतमा रहँदा औंलामा चोट लागेको थियो त्यो चोटले डेढ वर्ष क्रिकेटबाट टाढा हुनुपरेको भन्दै उनी सुनाउँछन् त्यो बेला ब्याटिङ गरे पनि बलिङ गर्न मिल्दैन थियो।
 



More News



आइजिपी खनालले भने हत्यारा पत्ता लाग्छ, धैर्य गर्नुस

Posted: 2018-09-07 10:17:34

सुनाखरी न्युज/ कंचनपुर - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तका हत्यारालाई कानुनी दायरामा ल्याइ छाड्ने बताएका छन । निर्मला पन्तको घरमा नै पुगेर उनका आमाबाबुलाई भेटेर खनालले दुख ब्यक्त गर्दै हत्यारालाई कानुनी ...


यस्तो निर्णय गर्यो गुप्तचर भेलाले

Posted: 2018-09-06 15:56:06

सुनाखरी न्युज/ काठमाडौ - काठमाडौंमा जारी एसिया प्यासिफिक क्षेत्रका राष्ट्रहरुका गुप्तचर प्रमुखहरुको भेला बुधबार सम्पन्न भएको छ। नेपाली सेनाका बलाध्यक्ष रथी हेमन्त राज कुँवरले होटल हायतमा एक समारोहका बीच भेला समापन ...


बिम्स्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैन : परराष्ट्रमन्त्री ज्ञवाली

Posted: 2018-09-05 15:21:23

सुनाखरी न्युज/ काठमाडौ - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौंथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय ...


विभिन्न बहानामा भारत लैजाँदै गरेको अवस्थामा महिला तथा बालबालिकाको उद्धार

Posted: 2018-09-05 09:24:13

सुनाखरी न्युज/ बैतडी - पछिल्लो तीन वर्षमा नेपाल - भारत सिमानाका झुलाघाटबाट २ सय १८ महिला तथा बालबालिकाको उद्धार गरिएको छ। विभिन्न बहानामा भारत लैजाँदै गरेको अवस्थामा महिला तथा बालबालिकाको उद्धार ...


तीन महिनामा ४७ बलात्कार, तीनको वलात्कारपछि हत्या

Posted: 2018-09-04 16:10:20

सुनाखरी न्युज/ धनगढी – साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२, की १३ वर्षीया निर्मला पन्तको बलात्कार गरेर हत्या गरेको घटनाका दोषी पत्ता लगाउनुपर्ने मागसहित एक महिनादेखि महेन्द्रनगरमा भइरहेको प्रदर्शन प्रदेशको अस्थायी राजधानी धनगढी, अत्तरिया र डडेल्धुरासम्म फैलियो। निर्मलाका हत्यारा पत्ता लगाउनुपर्ने आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर एक युवकको ज्यान गयो भने धेरै घाइते भए ।...


Advertisements