समाचार

नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेटर शक्ति गौचनद्वारा संन्यासको घोषणा

Posted: 2018-07-18 14:24:49

सुनाखरी न्युज/ काठमाडौँ - नेपाली राष्ट्रिय टीमका स्पीनर शक्ति गौचनले क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेट खेलबाट सन्सास लिने घोषणा गरेका हुन्। नेपाली टीमले साउन १३ मा बेलायतको लर्डसमा एमसीसी र नेदरल्याण्ड्ससँग टि ट्वान्टी क्रिकेट खेल्ने छ। त्यसपछि नेपाली टीम लगत्तै नेदरल्याण्ड्समा जानेछ। नेदरल्याण्ड्समा साउन १६ र १८ गते एक दिवसीय खेल हुने छ। सोही एक दिवसीय खेलपछि शक्ति क्रिकेट खेल्ने छैनन्। तर उनले नेपाल फर्किएर एक पटक नेपाली समर्थकको सम्मानका लागि खेल्ने सोच बनाएका छन्। युरोप जानु अघि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यो समय नै आफ्ना लागि सबैभन्दा उत्तम समय भएको बताए। ‘सन्दीप लामिछाने जस्ता खेलाडि आइसकेको अवस्थामा यो नै मेरो लागि सन्यासको उत्तम समय हो,’ गौचनले भने। 
 
 
नेपाली टिममा को - को
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल 
 
वैकल्पिक खेलाडी : विनोद भण्डारी, प्रदीप ऐरी, सुनील धमला र सुसन भारी
 
 
शक्ति गौचन नेपाली राष्ट्रिय क्रिकेट टिमबाट निरन्तर लामो समय खेल्ने खेलाडी हुन । सन् २००२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ३४ वर्षीय उनी नेपालका सबैभन्दा फिट खेलाडीमा पर्छन । राष्ट्रिय टिमबाट १६ वर्ष खेल्दा उनी चोटबाट टाढै रहे। टिमका सिनियर क्रिकेटर रहेका उनी सामान्य बिरामी पर्नुबाहेक अस्पताल भर्ना हुनुपरेको छैन। उनी हाल न्यु होराइजन स्कुलका प्रशिक्षक हुन्। ३ सय ६५ दिनमा ३ सय दिन मेरो हातमा ब्याट र बल नै हुन्छ। ब्याट र बल हातमा भएपछि म ग्राउन्डमै हुन्छु उनी सुनाउँछन । खेल भएको बेला मात्र प्रशिक्षण लिने अरु बेला वास्ता नगर्ने अनि घरमा सुतेर मनोरन्जन गर्नाले फिटनेसमा समस्या आउने उनले अनुभव सुनाए ।
 
 
नेपाली टिमबाट खेल्दा अहिले सम्म चोटको समस्या भोग्नु परेको छैन। तर बाल्यकालमा भारतमा रहँदा औंलामा चोट लागेको थियो त्यो चोटले डेढ वर्ष क्रिकेटबाट टाढा हुनुपरेको भन्दै उनी सुनाउँछन् त्यो बेला ब्याटिङ गरे पनि बलिङ गर्न मिल्दैन थियो।
 



More News



प्रधानन्यायाधीशमा जोशी र अख्तियार प्रमुखमा घिमिरेको नियुक्ति गर्ने सरकारको तयारी

Posted: 2018-05-29 07:17:03

सुनाखरी न्युज/ काठमाडौं–दुई साताअघि काठमाडौंमा एउटा जबर्जस्त खबर फैलियो – सरकारले प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको परम्परा तोड्दैछ । अनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा त्यहीँभित्रका वरिष्ठ आयुक्तलाई होइन, बाहिरबाट कुनै पूर्वप्रशासकलाई लगिँदैछ । ...


सेनाको निगरानीमा विप्लव र राउत समूह

Posted: 2018-05-28 20:40:52

सुनाखरी न्युज/ काठमाडौँ — नेपाली सेनाले मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे विश्लेषण गर्दै नेत्रविक्रम चन्द (विप्लव) र सीके राउत समूहलाई शान्तिसुरक्षामा चुनौतीका रूपमा चित्रण गरेको छ । सैनिक मुख्यालय, जंगी अड्डामा दुई दिन चलेको ‘पृतनापति समन्वयात्मक बैठक’ मा यस्तो विश्लेषण गरिएको हो ।...


नक्कली डाक्टरदेखि पाइलटसम्म समात्न संलग्न भई काम गरेका प्रहरी नै नक्कली शैक्षिक प्रमाणपत्र काण्डमा मुछिए

Posted: 2018-05-28 09:46:24

सुनाखरी न्युज/ काठमाडौं - नक्कली डाक्टर र पाइलटलाई पक्राउ गरी चर्चा कमाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) का प्रहरी नै नक्कली शैक्षिक प्रमाणपत्र काण्डमा मुछिएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिआईवीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) नकुलबहादुर वोगटीलाई विहार स्कुल इक्जामिनेसन बोर्ड पटनाबाट माध्यमिक तह पास गरेको झुट्टा एवं नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी बढुवा भई सेवामा बहाल रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । ...


मन्त्रिपरिषद् बैठक: अवकाशकालागि आवेदन दिएका कर्मचारीले चाहेमा नाम फिर्ता लिन पाउने

Posted: 2018-05-28 07:08:46

सुनाखरी न्युज/ काठमाडौँ- स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीमध्ये कुनै कर्मचारीले चाहेमा आवेदन फिर्ता लिन सक्ने भएकाछन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कर्मचारीले चाहेको अवस्थामा आवेदन फिर्ता लिन दिने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । ...


दाताको मनपरीः विकास सहायता गैरबजेटरी च्यानलबाट

Posted: 2018-05-27 20:37:46

सुनाखरी न्युज/ काठमाडौं -विकास साझेदारहरूले गैरबजेटरी च्यानलबाटै मनपरी ढंगले खर्च गर्ने प्रवृत्ति कम हुन सकेन । आइतबार सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४-७५ को आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार विगत पाँच वर्षको अवधिमा गैरबजेटरी संयन्त्रबाट परिचालन हुने विकास सहायताको हिस्सा वाषिर्क औसत ३३ प्रतिशत छ ।...


Advertisements