समाचार

नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेटर शक्ति गौचनद्वारा संन्यासको घोषणा

Posted: 2018-07-18 14:24:49

सुनाखरी न्युज/ काठमाडौँ - नेपाली राष्ट्रिय टीमका स्पीनर शक्ति गौचनले क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेट खेलबाट सन्सास लिने घोषणा गरेका हुन्। नेपाली टीमले साउन १३ मा बेलायतको लर्डसमा एमसीसी र नेदरल्याण्ड्ससँग टि ट्वान्टी क्रिकेट खेल्ने छ। त्यसपछि नेपाली टीम लगत्तै नेदरल्याण्ड्समा जानेछ। नेदरल्याण्ड्समा साउन १६ र १८ गते एक दिवसीय खेल हुने छ। सोही एक दिवसीय खेलपछि शक्ति क्रिकेट खेल्ने छैनन्। तर उनले नेपाल फर्किएर एक पटक नेपाली समर्थकको सम्मानका लागि खेल्ने सोच बनाएका छन्। युरोप जानु अघि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यो समय नै आफ्ना लागि सबैभन्दा उत्तम समय भएको बताए। ‘सन्दीप लामिछाने जस्ता खेलाडि आइसकेको अवस्थामा यो नै मेरो लागि सन्यासको उत्तम समय हो,’ गौचनले भने। 
 
 
नेपाली टिममा को - को
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल 
 
वैकल्पिक खेलाडी : विनोद भण्डारी, प्रदीप ऐरी, सुनील धमला र सुसन भारी
 
 
शक्ति गौचन नेपाली राष्ट्रिय क्रिकेट टिमबाट निरन्तर लामो समय खेल्ने खेलाडी हुन । सन् २००२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ३४ वर्षीय उनी नेपालका सबैभन्दा फिट खेलाडीमा पर्छन । राष्ट्रिय टिमबाट १६ वर्ष खेल्दा उनी चोटबाट टाढै रहे। टिमका सिनियर क्रिकेटर रहेका उनी सामान्य बिरामी पर्नुबाहेक अस्पताल भर्ना हुनुपरेको छैन। उनी हाल न्यु होराइजन स्कुलका प्रशिक्षक हुन्। ३ सय ६५ दिनमा ३ सय दिन मेरो हातमा ब्याट र बल नै हुन्छ। ब्याट र बल हातमा भएपछि म ग्राउन्डमै हुन्छु उनी सुनाउँछन । खेल भएको बेला मात्र प्रशिक्षण लिने अरु बेला वास्ता नगर्ने अनि घरमा सुतेर मनोरन्जन गर्नाले फिटनेसमा समस्या आउने उनले अनुभव सुनाए ।
 
 
नेपाली टिमबाट खेल्दा अहिले सम्म चोटको समस्या भोग्नु परेको छैन। तर बाल्यकालमा भारतमा रहँदा औंलामा चोट लागेको थियो त्यो चोटले डेढ वर्ष क्रिकेटबाट टाढा हुनुपरेको भन्दै उनी सुनाउँछन् त्यो बेला ब्याटिङ गरे पनि बलिङ गर्न मिल्दैन थियो।
 



More News



मंगलबारको सेयर कारोबार बन्द, अब सरकारले के गर्ला त...!

Posted: 2018-06-05 14:18:50

सुनाखरी न्युज/ काठमाडौं - मंगलबारको सेयर बजार खुलेपनि कारोबार भने बन्द भएको छ । सेयर लगानीकर्ता संघलगायत अन्य लगानीकर्ताका संस्थाले सेयर कारोबार नगर्न दवाव दिए पछि सो दिनको कारोबार बन्द भएको हो । सरकारले बोनस र हकप्रद सेयरमा लाभकर लगाउने भएपछि लगानीकर्ताहरुले लाभकर नहटाए सम्म कारोबार नगर्न ब्रोकरलाई दवाव दिएका हुन । सरकारको उक्त निर्णय फिर्ता नभएसम्म सेयर कारोबार नगर्न आम लगानीकर्ता तथा ब्रोकरलाई अनुरोध गरेका छन । ...


बाजुरा केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प

Posted: 2018-06-05 11:33:52

सुनाखरी न्युज/ काठमाडौं - मंगलबार बिहान बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा महसुश गरिएको छ । केन्द्रका अनुसार भूकम्प मंगलबार बिहान ७ बजेर १९ मिनेट जाँदा गएको थियो । भूकम्पको धक्का बाजुरा सहित, अछाम, डोटी, बझाङ, डडेल्धुरा र दार्चुलामा पनि महसुश गरिएको थियो । ...


सिंहदरबारमा कर्मचारी थोपर्न संघमा ५४ वटा विभाग राख्ने प्रस्ताव

Posted: 2018-06-05 08:52:11

काठमाडौं – सरकारले केन्द्रमा कर्मचारी थोपर्न संघमा ५४ वटा विभाग राख्ने प्रस्ताव गरेको छ। स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव भइरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको प्रस्तावमा संघीय प्रशासनमा ५४ वटा विभाग बनाउन सिफारिस गरिएको छ।...


जातीय छुवाछूत र भेदभाव विरुद्ध एक हुन प्रधानमन्त्रीको आह्वान

Posted: 2018-06-04 09:39:55

सुनाखरी न्युज/ काठमाडौ - सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईलाई आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना प्रदान गर्दै सबै नेपाली एक भएर लागेमा छुवाछूत प्रथा पनि विगतका दास प्रथा, सतीप्रथा, कमैया प्रथा सधैँको लागि समाप्त हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो । छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा हरेक नेपालीलाई जातीय छुवाछूत र भेदभावविरुद्व दृढतापूर्वक उभिन आह्वान गर्नु भएको छ । प्रधानमन्त्री ओलीले २०६३ जेठ २१ गते तत्कालीन संसद्ले नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको स्मरण गर्दै भन्नुभयो, राज्यको कानून सभ्य समाज, मानवता र आधुनिक राष्ट्रका लागि जातीय छुवाछूत गम्भीर चुनौती हो । ...


पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरे संसद चल्न नदिने प्रमुख प्रतिपक्षा दल कांग्रेसको चेतावनी

Posted: 2018-06-03 13:11:42

सुनाखरी न्युज/ काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्य फिर्ता नलिए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ । प्रतिनिधिसभाको आइतवार बसेको बैठकको शुरूमै सभामुख सँग समय लिएर नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले खाद्य वस्तुहरूको पनि मूल्य बढ्ने भन्दै गरीब र किसानहरूको पक्षमा सरकार नरहेको आरोप लगाएका थिए । ...


Advertisements