समाचार

नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेटर शक्ति गौचनद्वारा संन्यासको घोषणा

Posted: 2018-07-18 14:24:49

सुनाखरी न्युज/ काठमाडौँ - नेपाली राष्ट्रिय टीमका स्पीनर शक्ति गौचनले क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेट खेलबाट सन्सास लिने घोषणा गरेका हुन्। नेपाली टीमले साउन १३ मा बेलायतको लर्डसमा एमसीसी र नेदरल्याण्ड्ससँग टि ट्वान्टी क्रिकेट खेल्ने छ। त्यसपछि नेपाली टीम लगत्तै नेदरल्याण्ड्समा जानेछ। नेदरल्याण्ड्समा साउन १६ र १८ गते एक दिवसीय खेल हुने छ। सोही एक दिवसीय खेलपछि शक्ति क्रिकेट खेल्ने छैनन्। तर उनले नेपाल फर्किएर एक पटक नेपाली समर्थकको सम्मानका लागि खेल्ने सोच बनाएका छन्। युरोप जानु अघि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यो समय नै आफ्ना लागि सबैभन्दा उत्तम समय भएको बताए। ‘सन्दीप लामिछाने जस्ता खेलाडि आइसकेको अवस्थामा यो नै मेरो लागि सन्यासको उत्तम समय हो,’ गौचनले भने। 
 
 
नेपाली टिममा को - को
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल 
 
वैकल्पिक खेलाडी : विनोद भण्डारी, प्रदीप ऐरी, सुनील धमला र सुसन भारी
 
 
शक्ति गौचन नेपाली राष्ट्रिय क्रिकेट टिमबाट निरन्तर लामो समय खेल्ने खेलाडी हुन । सन् २००२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ३४ वर्षीय उनी नेपालका सबैभन्दा फिट खेलाडीमा पर्छन । राष्ट्रिय टिमबाट १६ वर्ष खेल्दा उनी चोटबाट टाढै रहे। टिमका सिनियर क्रिकेटर रहेका उनी सामान्य बिरामी पर्नुबाहेक अस्पताल भर्ना हुनुपरेको छैन। उनी हाल न्यु होराइजन स्कुलका प्रशिक्षक हुन्। ३ सय ६५ दिनमा ३ सय दिन मेरो हातमा ब्याट र बल नै हुन्छ। ब्याट र बल हातमा भएपछि म ग्राउन्डमै हुन्छु उनी सुनाउँछन । खेल भएको बेला मात्र प्रशिक्षण लिने अरु बेला वास्ता नगर्ने अनि घरमा सुतेर मनोरन्जन गर्नाले फिटनेसमा समस्या आउने उनले अनुभव सुनाए ।
 
 
नेपाली टिमबाट खेल्दा अहिले सम्म चोटको समस्या भोग्नु परेको छैन। तर बाल्यकालमा भारतमा रहँदा औंलामा चोट लागेको थियो त्यो चोटले डेढ वर्ष क्रिकेटबाट टाढा हुनुपरेको भन्दै उनी सुनाउँछन् त्यो बेला ब्याटिङ गरे पनि बलिङ गर्न मिल्दैन थियो।
 



More News



गोलाप्रथाबाट यसरी हुँदैछ ५९ सांसदको भाग्य फैसला

Posted: 2018-06-18 08:35:44

सुनाखरी न्युज/ काठमाडौं - राष्ट्रियसभाका ५९ जना सांसदको पदावधिको निर्वाचन सोमबार गोलाप्रथाबाट हुँदैछ । ५९ मध्ये १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष हुनेछ । कुन सांसदको पदावधि कति भनेर टुंगो भने गोलाप्रथाबाट तय हुनेछ ।...


अरुण तेस्रोको सुरुङमा पुरिएका ४ जनाको २ दिनपछि जीवितै उद्धार

Posted: 2018-06-17 12:36:27

सुनाखरी न्युज/ काठमाडौं- अरुण तेस्रोको सुरुङ खन्ने क्रममा मकालु गाउँपालिकाको फ्याक्सिन्दामा शुक्रबार राती पुरिएका ४ जनाको आईतबार सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन् । प्रदेश १ का प्रहरी प्रमुख डिआईजी केदार रिजालले संखुवासभामा रहेको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत चारजना कामदारलाई सकुशल उद्दार गरिएको जानकारी दिए । ...


दुई / चार दिन आकाशे पानी प्रयोग नगर्नू : मौसमविद्

Posted: 2018-06-17 10:12:44

सुनाखरी न्युज/ काठमाडौं - राजधानी काठमाडौंलगायत मुलुकका मध्यपहाडी र तराई भेगमा धमिलो वर्षा भएकाले दुईरचार दिन आकाशे पानीको प्रयोग नगर्न मौसमविद्ले आग्रह गरेका छन। आकाशबाट धूलोका कण मिसिएको धमिलो पानी परेकाले सफा पानी पर्न सुरू नहुञ्जेल आकाशे पानीको प्रयोग नगर्न मौसमविद्को आग्रह छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार खोलाकै बाढी जस्तो धमिलो पानी आकाशबाट बर्सेको हो । धूलो र धूँवा मिसावट भएको यस्तो पानीले नुहाउँदा शरीरमा एलर्जी हुनसक्छ । ...


चीनसँग पारवाहन तथा व्यापार प्रोटकोल सम्झौताको तयारी

Posted: 2018-06-16 07:21:14

सुनाखरी न्युज/ काठमाडौं - सरकारले चीनसँग पारवाहन तथा ब्यापार प्रोटकोल सम्झौताको तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असार ५ गतेबाट गर्ने चीन भ्रमणमा २०७२मा भएको ब्यापार तथा पारवाहनसम्बम्बधी समझदारीलाई कार्यान्वयन गर्ने गरी सम्झौताको तयारी गरिएको हो । ...


मुग्लिन मलेखु सडकखण्डमा ट्रक र माइक्रो बस ठोक्किँदा तीनजनाको मृत्यु, नौ घाइते

Posted: 2018-06-15 09:20:56

सुनाखरी न्युज/ चितवन - चितवन मुग्लिन मलेखु सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ३ स्थित चुम्लिङटारको पानी धारामा ट्रक र माइक्रो बस ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा नौ जना यात्रु घाइते भएका छन्। मृत्यु हुनेमा माइक्रोमा सवार एक महिला र दुई पुरुष रहेको र उनीहरुको सनाखत नभएको प्रहरीले जानकारी दिएको छ। कास्कीको पोखराबाट काठमाडौं जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रो बस र काठमाडौंबाट मुग्लिङ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रक बिहान ७ः३० बजे ठोक्किएको चितवनका प्रहरीले जनाएको छ । ...


Advertisements