समाचार

नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेटर शक्ति गौचनद्वारा संन्यासको घोषणा

Posted: 2018-07-18 14:24:49

सुनाखरी न्युज/ काठमाडौँ - नेपाली राष्ट्रिय टीमका स्पीनर शक्ति गौचनले क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्मा हुने एक दिवसीय खेल लगत्तै क्रिकेट खेलबाट सन्सास लिने घोषणा गरेका हुन्। नेपाली टीमले साउन १३ मा बेलायतको लर्डसमा एमसीसी र नेदरल्याण्ड्ससँग टि ट्वान्टी क्रिकेट खेल्ने छ। त्यसपछि नेपाली टीम लगत्तै नेदरल्याण्ड्समा जानेछ। नेदरल्याण्ड्समा साउन १६ र १८ गते एक दिवसीय खेल हुने छ। सोही एक दिवसीय खेलपछि शक्ति क्रिकेट खेल्ने छैनन्। तर उनले नेपाल फर्किएर एक पटक नेपाली समर्थकको सम्मानका लागि खेल्ने सोच बनाएका छन्। युरोप जानु अघि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यो समय नै आफ्ना लागि सबैभन्दा उत्तम समय भएको बताए। ‘सन्दीप लामिछाने जस्ता खेलाडि आइसकेको अवस्थामा यो नै मेरो लागि सन्यासको उत्तम समय हो,’ गौचनले भने। 
 
 
नेपाली टिममा को - को
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल 
 
वैकल्पिक खेलाडी : विनोद भण्डारी, प्रदीप ऐरी, सुनील धमला र सुसन भारी
 
 
शक्ति गौचन नेपाली राष्ट्रिय क्रिकेट टिमबाट निरन्तर लामो समय खेल्ने खेलाडी हुन । सन् २००२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ३४ वर्षीय उनी नेपालका सबैभन्दा फिट खेलाडीमा पर्छन । राष्ट्रिय टिमबाट १६ वर्ष खेल्दा उनी चोटबाट टाढै रहे। टिमका सिनियर क्रिकेटर रहेका उनी सामान्य बिरामी पर्नुबाहेक अस्पताल भर्ना हुनुपरेको छैन। उनी हाल न्यु होराइजन स्कुलका प्रशिक्षक हुन्। ३ सय ६५ दिनमा ३ सय दिन मेरो हातमा ब्याट र बल नै हुन्छ। ब्याट र बल हातमा भएपछि म ग्राउन्डमै हुन्छु उनी सुनाउँछन । खेल भएको बेला मात्र प्रशिक्षण लिने अरु बेला वास्ता नगर्ने अनि घरमा सुतेर मनोरन्जन गर्नाले फिटनेसमा समस्या आउने उनले अनुभव सुनाए ।
 
 
नेपाली टिमबाट खेल्दा अहिले सम्म चोटको समस्या भोग्नु परेको छैन। तर बाल्यकालमा भारतमा रहँदा औंलामा चोट लागेको थियो त्यो चोटले डेढ वर्ष क्रिकेटबाट टाढा हुनुपरेको भन्दै उनी सुनाउँछन् त्यो बेला ब्याटिङ गरे पनि बलिङ गर्न मिल्दैन थियो।
 



More News



अब ई–पासपोर्ट !

Posted: 2018-07-29 07:12:57

सुनाखरी न्युज/ काठमाडौं- सरकारले मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) लाई स्तरोन्नति गर्दै विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) मा लैजान परराष्ट्र मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ। केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले एमआरपीलाई थप सुरिक्षत बनाउन ई–पासपोर्टमा लैजान प्रक्रिया थाल्न परराष्ट्रलाई स्वीकृति दिएको हो।...


प्रधानमन्त्रीको निर्देशनमा रोकियो प्रस्तावित प्रधान न्यायाधीश जोशीको अनुमोदन

Posted: 2018-07-28 06:53:53

सुनाखरी न्युज/ काठमाडौं । प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशीको सुनुवाई रोक्नु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परामर्श गरेको खुलेको छ। प्रधानमन्त्री ओलीले सुनुवाई समितिका जेष्ठ सदस्य समेत एवम् सभापति लक्ष्मणलाल कर्ण, समिति सदस्य सांसद योगेश भट्टराई, स्वास्थ्य मन्त्री उपेन्द्र यादवका प्रतिनिधि, सुमनराज प्याकुरेलसँग छलफल गरेपछि सनुवाइ समितिको बैठक रोकिएको हो।...


बिम्स्टेक पूर्वसम्मेलन आगामी साता काठमाडौंमा

Posted: 2018-07-27 15:14:59

सुनाखरी न्युज/ काठमाडौं - समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्त रुपमा हासिल गर्ने उद्देश्यले स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ...


'समाजवादी कानून कार्यान्वयन गर्न अदालत तयार छ'

Posted: 2018-07-26 21:22:04

दीपकराज जोशी/ काठमाडौं- मेरो शैक्षिक योग्यताका प्रमाणपत्रको विषयमा सञ्चार माध्यममा आएका समाचार सत्य होइनन् । मैले प्रचलित व्यवस्था अनुसार नै आफ्नो अध्ययन पूरा गरेको हो । २०२८ सालसम्म एउटा विद्यालयबाट टेस्ट परीक्षा दिएर अर्कोबाट एसएलसी दिन पाइने व्यवस्था थियो । मेरो प्रमाण सभापतिज्यूलाई दिन चाहन्छु । मैले प्रस्तुत गरेको प्रगति विवरणलाई साथीहरूले अपूरो भन्नुभयो । अनुपयुक्त भन्नुभएन । त्यसलाई पूर्णता दिनेतर्फ मेरो प्रयास जारी रहनेछ ।...


डेढ महिनादेखि बन्द भएको सवारी चालक अनुमतिपत्र आइतबारदेखि आवेदन खुल्ने

Posted: 2018-07-25 15:32:38

सुनाखरी न्युज/ काठमाडौं - करिब डेढ महिनादेखि बन्द भएको सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवेदन आगामी आइतबारदेखि खुल्ने भएको छ। यातायात व्यवस्था विभागले साउन १३ गतेदेखि आवेदन खुला गर्ने निर्णय गरेको हो। विभागका निर्देशकका अनुसार उपत्यका सहित ...


Advertisements